
सो समाचार संस्थाद्वारा आज सार्बजनिक गरिएको विज्ञप्तिमा आफ्नो सबैभन्दा ठूलो शत्रु अमेरिकालाई लक्षित गरी उच्च स्तरको आणविक परीक्षण र लामो दूरीका रकेट प्रक्षेपण गर्ने योजना रहेको जानकारी मुलुकको सर्वोच्च सैनिक निकायले दिएको उल्लेख छ। तथापि, परीक्षणको समय सीमा भने तोकिएको छैन।
उत्तर कोरियाको यो घोषणा राष्ट्र संघीय सुरक्षा परिषदले उत्तर कोरियाको हालैको रकेट प्रक्षेपणको निन्दा प्रस्ताब पारित गरेको दुइ दिनपछि गरिएको छ।
उत्तर कोरियाले सन् दुइ हजार छ र नौमा दुइवटा आणविक परीक्षण गरिसकेको छ। तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment