वातावरणलाई नराम्ररी प्रदूषित पार्ने प्लास्टिकका झोलाको प्रयोगलाई घटाउनका लागि मेला अवधिभरि दुई लाख पचास हजार प्रदुषणमूक्त झोला बाँडिने जानकारी उक्त अभियानका आयोजक फोर्स नेपालले दिएको छ। सो सम्बन्धमा जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा फोर्सका अध्यक्ष प्रदिप खतिवडाले यो अभियान मेलामा आउने हजारौं भक्तजनहरुलाई लक्षित गरी शुरु गरिएको कुरा बताउनुभयो।
साँखु क्षेत्रलाई प्लास्टिकमुक्त बनाउँदा पुरातात्विक महत्वको धार्मिक क्षेत्रको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने विचार सह-आयोजक लकसः म्हालासाला पूचः का अध्यक्ष गणपतिलाल श्रेष्ठले व्यक्त गर्नुभयो। मेला अवधिभरि प्लास्टिकका झोलाको प्रयोगमा निषेध, वातावरण मैत्री झोला वितरण, प्रथामिक उपचार शिविर र सरसफाइको कार्यक्रम पनि रहेको जानकारी श्रेष्ठले दिनुभयो।
यस अभियानमा वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौँ महानगरपालिका र जिल्ला स्काउट काठमाडौंको सहकार्य हुनेछ। स्थानीय युवा स्काउट, विद्यालय र कलेजका विद्यार्थीहरुले स्वयंसेवकको भूमिका निर्वाह गर्ने यस अभियान आगामी फागुन चौध गतेसम्म सञ्चालन हुने कार्यक्रम छ।
मेलामा आकस्मिक उपचारका लागि काठमाडौं महानगरपालिकासँग रहेको विशेष सुविधायुक्त एम्बुलेन्सलाई तैनाथ राखिने बताइएको छ।
No comments:
Post a Comment