
कसैलाई जवर्जस्ती निकाल्न लगाएर सहमति नहुने कुरा स्पष्ट पार्दै अध्यक्ष दाहालले यस वास्तविकतालाई बुझ्न लोकतन्त्रवादी दलहरुलाई आग्रह गर्नुभयो।
आगामी जेठ पन्ध्रभित्र कुनै पनि हालतमा निर्वाचन हुनुपर्ने विचार व्यक्त गर्दै दाहालले काठमाडौं जाने बित्तिकै आफूले निर्वाचनका विषयमा प्रमुख दलहरुसँग छलफल गर्ने जानकारी दिनुभयो।जेठ पन्ध्रभित्र निर्वाचन गराउन प्रतिबद्ध हुने कुनै पनि दलको उम्मेदवार नेकपा माओवादीलाई मान्य हुने कुरा स्पष्ट पर्दै एमाओवादी अध्यक्ष दाहालले 'यसका लागि कांग्रेस र एमाले पनि लचिलो हुनुपर्छ' भन्नुभयो।
दैलेख घटनाका सन्दर्भमा दुख व्यक्त गर्दै अध्यक्ष दाहालले 'दैलेखमा हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न व्यक्तिहरुलाई कारवाही नहोस् भन्ने हाम्रो चाहना होइन, तर द्वन्द्वकालका सबै घटनाका दोषीहरु त्यतिकै जिम्मेवार भएकाले द्वन्द्वकालमा भएका सम्पूर्ण घटनालाई बिस्तृत शान्ति सम्झौताको भावनाअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर छानविन गरिनुपर्ने बताउनुभयो।
No comments:
Post a Comment