
पूर्वी जापानमा हिजो नौ घन्टासम्म हिमपात भएपछि सबै प्रकारका यातायात सेवा अबरुद्ध भएका छन। टोकियो क्षेत्रमा हिजो आठ सेन्टिमिटर हिउँ परेको छ।
नागानो प्रान्तका एकजना बृद्ध मानिस आफ्नो घर अगाडि हिउँ पन्छाइरहेका बेला नालीमा खसेर मृत्यु भएको छ।

हिजो भएको अस्वाभाविक हिमपातका कारण असिवटा अन्तरिक उडान रद्द गरिएको र करिब तीन हजार चार सय यात्रीहरुले नारिता विमानस्थलमा रात बिताउनुपरेको अधिकारीहरुले जनाएका छन। त्यसरी अलपत्र परेका यात्रीहरुलाई पाखी र तातो खान उपलव्ध गराइएको ति अधिकारीहरुले जनाएका छन।
आज मंगलबार पनि कतिपय अन्तरिक उडानहरु रद्द गरिए तापनि अन्तर्राष्ट्रिय उडानहरु भने नराम्ररी प्रभावित नभएको बताइएको छ। तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment