नेपाल कानून व्यवसायी संघ- नेपाल बार एशोसिएसनको अध्यक्ष पदमा प्रगतिशील समूहका उम्मेदवार अधिवक्ता हरिकृष्ण कार्की ३२५७ मत ल्याएर विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्ती प्रजातान्त्रिक पक्षका उम्मेदवार शेरबहादुर केसीले ३१८२ मत ल्याउनुभएको छ।

क्षेत्रीय हिसाबले, पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्य-पश्चिमाञ्चल र सुदर-पश्चिमाञ्चलमा क्रमशः जनक पाण्डे, टीकाराम भट्टराई, अनिता गुरुङ, पदमप्रसाद वैदिक र राजेन्द्रबहादुर साउद निर्वाचित हुनुभएकोमा पाण्डे प्रजातान्त्रिक पक्षधर हुनुहुन्छ भने बाँकी सबै प्रगतिशील पक्षका। त्यसैगरी, महासचिवमा निर्वाचित सुनिलकुमार पोखरेल र कोषाध्यक्षमा निर्वाचित मोहन इङनाम दुबैजना प्रजातान्त्रिक खेमाका हुनुहुन्छ।
विजयी सदस्यहरुमा गजेन्द्रशंकर तिमिला, गणेशप्रसाद अधिकारी, सागर विष्ट, प्रसन्नकृष्ण दास, विनिता कार्की तथा लक्ष्मीदेवी रावल प्रजातान्त्रिक समूहका र केदारप्रसाद चालिसे, सरस्वती श्रेष्ठ तथा राज्यलक्ष्मी बज्राचार्य प्रगतिशील पक्षका हुनुहुन्छ।
जोसुकै जेसुकै खेमाका भए पनि नयाँ कार्य-समितिका सबैले मिलेर कानून व्यवसायीहरुको हित र कानूनको सही व्याख्यामा आफ्नो ध्यान केन्द्रित गर्ने र सामर्थ्य खर्चिने अपेक्षा नेपालीहरुको छ।
तस्विर सौजन्य: इकान्तिपुर
तस्विर सौजन्य: इकान्तिपुर
No comments:
Post a Comment