
चीन र भारत बीचको सम्बन्धका सन्दर्भमा बोल्दै नेपालका लागि चिनियाँ राजदूत याङले नेपालको पछिल्लो राजनतिक स्थितिबारे चीन र भारतको धारणा समान रहेको बताउनुभयो। नेपालका सम्बन्धमा समान धारणा बनाउने बारे आफूले पटक-पटक भारतीय राजदूतसँग छलफल गर्नेगरेको जानकारी पनि उहाँले दिनुभयो।
चीन र भारत बीचको सम्बन्ध सुमधुर रहेको कुरा बताउंदै नेपालका लागि चिनियाँ राजदूत यांगले नेपालको राजनीतिक स्थायीत्व चीन र भारत दुवैका लागि हितकर हुने धारणा व्यक्त गर्नुभयो।
१९७० को दशकमा चीनले पनि नेपालको हालकोजस्तै अवस्थाबाट गुज्रिनुपरेको स्मरण गर्दै उहाँले नेपालको विकासमा चीनले आवश्यक सहयोग गर्ने आश्वासन पनि दिनुभयो ।
तस्विर सौजन्य:इकान्तिपुर डट कम
No comments:
Post a Comment