
न बाटो, न व्यवस्था; न विजुली, न पानी; यो कस्तो राजधानी!
यस्तो अव्यवस्थाको नमूना बनेको राजधानीको मियो- पुरानो वसपार्कमा अब काठमाडौ महानगरपालिकाले एक्काइस तल्ले 'काठमाडौ दृश्यावलोकन बुर्जा' निर्माण गर्ने रे।
अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण हुनलागेको भनिएको त्यस 'काठमाडौ दृश्यावलोकन बुर्जा'लाई कतै अलि टाढा लगिदिएकोभए त्यस ठाउँको विकास हुन्थ्यो, बस्ती त्यता सर्थ्यो, मानिसहरु त्यता जानेगर्थे, यहाँको चाप घट्थ्यो, प्रदूषण कम हुन्थ्यो।
तर असल नीति निर्मताहरुको कमी भएको देशमा यस्तै हुन्छ। ती बिचरा बसहरुलाई कोच्चिने व्यवस्था कता गरिदिएको छ, कुन्नि? मान्छे त भुसुना भैहाले!
तर असल नीति निर्मताहरुको कमी भएको देशमा यस्तै हुन्छ। ती बिचरा बसहरुलाई कोच्चिने व्यवस्था कता गरिदिएको छ, कुन्नि? मान्छे त भुसुना भैहाले!
No comments:
Post a Comment