इजिप्टले दुइ वर्ष नपुग्दै नयाँ संविधान बनाएर जारी गरेको सुन्दा कता कता चसक्क हुन्छ, हामी नेपालीहरुको अकर्मण्यता देखेर। हाम्रा नेपाली राजनीतिक दलका नेताहरुले चार-चार वर्षसम्म झगडा गर्दै, तर थप्दै खाँदै गरे, अझसम्म पनि कुर्ची-मोह र निषेधको राजनीतिका नाममा लाज पचाएर अझै लुट्ने प्रपन्च रच्दैछन, देश र जनताका सारा पींडाको बेवास्ता गर्दै।

राष्ट्रपति होस्नी मुबारकको शासन विरुद्ध आन्दोलन शुरु भएदेखिको अवधिलाई गणना गर्दा पनि दुइ वर्ष नपुग्दै तयार गरेर लागू गरिएको इजिप्टको नयाँ संविधानको खबरले नेपाली राजनीतिक दलका नेताहरुलाई पनि सत्बुद्धी देवस। यही मेरो कामना र आशा छ।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment