ब्रोङ्काइटिसको उपचारका लागि गत नभेम्वर तेइस तारिखमा अस्पताल भर्ना गरिनुभएका अमेरिकाका भूतपूर्व राष्ट्रपति जर्ज एच डव्ल्यु बुशको स्वास्थ्यमा सुधारमा संकेतहरु नदेखिएपछि उहाँलाई सघन उपचार कक्षमा राखिएको छ।

अठासी वर्षीय बुश अमेरिकाका सबैभन्दा बढी उमेरका जीवित राष्ट्रपति र दोश्रो युद्धमा सहभागी योद्धा हुनुहुन्छ।
श्री बुश भूतपूर्व राष्ट्रपति रोनाल्ड रेगनको राष्ट्रपतित्व कालमा दुइ पटक उप-राष्ट्रपति बन्नुभएको थियो, र सन् उन्नाइस सय उनानब्बेमा अमेरिकाको एकचालीसौं राष्ट्रपति बन्नुभएको थियो। तर सन् उन्नाइस सय बयानब्बेमा दोश्रो अवधिका लागि उम्मेदवार बनेपछि भने उहाँलाई प्रजातान्त्रिक पार्टीका उम्मेदवार बिल क्लिन्टनले पराजित गर्नुभएको थियो।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment