एकीकृत नेकपा माओवादीले पार्टी उपाध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ ।

बैठकले वर्तमान सरकारलाई राष्ट्रिय स्वरुप दिंदा अन्य दलहरुसङ्गको कार्य-विभाजनमा अधिकतम लचकता देखाउने समेत निर्णय गरेको जानकारी प्रवक्ता अग्निप्रसाद सापकोटाले दिनुभयो ।
प्रवक्ता सापकोटाले दलहरुबीच हुने छलफल, बहस र वार्तामा माओवादीकै नेतृत्वमा सरकार निर्माणका लागि पहल गर्ने, अन्यथा संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनभित्रबाट विकल्प सोच्ने समेत निर्णय भएको जानकारी दिनुभयो । साभार:ह्वाइट हिमाल तेलेविजन
No comments:
Post a Comment