अफ्रिकी राष्ट्र घानाका राष्ट्रपति जोन महामा अर्को अवधिका लागि विजयी हुनुभएको छ। शुक्रबार भएको निर्वाचनमा राष्ट्रपति महामाले पचास दसमलव सात प्रतिसत मत हासिल गर्नुभएको घोषणा त्यहाँको निर्वाचन आयोगले गरेको छ।

तथापि, प्रतिपक्षी एन्पिपी पार्टीले भने निर्वाचनमा धाँधली भएको आरोप लगाउदै सत्तारुढ एन्डीसी पार्टीले निर्वाचन आयोगका कर्मचारीलाई मिलाएर निर्वाचन परिणाम आफ्नो पक्षमा बनाएको दाबी गरेको छ।
सत्तारुढ राष्ट्रपति महामाले जनताको मतको कदर गर्न सबै राजनीतिक दलका नेताहरुलाई आग्रह गर्नुभएको छ। 'जनताको आवाज इश्वरको आवाज हो', उहाँले भन्नुभयो। तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment