
नेपालको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति यादवले नयाँ संविधानको निर्माण र घोषणा विना नै संविधान सभाको अवसान हुनु दुर्भाग्यपूर्ण भएको कुरा बताउनुभयो। नेपाली जनताको चाहनाअनुरुप राजनीतिक दलहरु सहमतिमा पुग्न नसकेकोमा दुख व्यक्त गर्दै उहाँले जस्तोसुकै अवस्था आए पनि नयाँ निर्वाचन र संक्रमण कालको अन्त्यका लागि दलहरु मिल्नुको विकल्प नभएको कुरा बताउनुभयो।
प्रजातन्त्रलाई संस्थागत गर्ने दिशामा दलहरु गम्भीर नभएमा परिणाम नकारात्मक हुने चिन्ता राष्ट्रपति यादवले व्यक्त गर्नुभयो।
प्रधानन्यायाधीश खिलराज रेग्मीले न्यायपालिका बलियो भएमा मात्र प्रजातन्त्र बलियो हुने विचार व्यक्त गर्नुभयो। कार्यक्रममा महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले पनि मतव्य व्यक्त गर्नुभएको थियो।
तस्विर सौजन्य: इकान्तिपुर
No comments:
Post a Comment