
सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेवलाई स्वामीका रूपमा पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार रहेर तपस्या गरेपछि उनको मनोकांक्षा पूरा भएको कथा नै स्वस्थानी ब्रत कथा हो।
शिव-पार्वतीको बिबाह भइसकेपछि लोक कल्याणका निम्ति परम्परागतरुपमा सोही ब्रत कथा प्रचलित रहिआएको मानिन्छ।
सुख, सन्तोष, उन्नति तथा परमार्थमा शिव लोक पाउने कामनाका साथ जगदीश्वर महादेवको स्तुति एवम् भक्तिभावपूर्वक पौष शुक्ल पूर्णिमादेखि शुरु गरिने श्री स्वस्थानी परमेश्वरीको ब्रत, पूजन तथा कथा-श्रवण गर्ने क्रम एक महिना, अर्थात माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ।
No comments:
Post a Comment