इजिप्टको अदालतले फुटबल क्लबका समर्थकहरु बीच गत बर्षको फरवरी महिनामा भएको भिडन्तका अभियोगी एक्काइसजनालाई मृत्यु दण्डको सजाय सुनाएको छ।
इजिप्टका इतिहासमा सबैभन्दा हिंश्रक मानिएको त्यस भिडन्तमा परी चवहत्तरजना मानिस मारिएका थिए।
सो भिडन्त इजिप्टको पोर्ट सईद रंगशालामा देशका सर्वोच्च फुटबल टोली बीच प्रतिष्पर्धा भैरहेका बेला भएको थियो।
सो घटनामा दिबंगत भएकाहरुका आफन्तहरुले अदालतको निर्णयको स्वागत गरेका छन भने, कतिपय स्थानमा त्यसको विरोध पनि भएको छ।
No comments:
Post a Comment