
नयाँ निर्वाचनवाट मात्रै मुलुकमा विद्यमान लम्विदो संक्रमणकालको अन्त्य गरी राजनैतिक गतिरोधलाई निकास दिनसकिने र मुलुकलाई आर्थिक-सामाजिक समृद्धिको नयाँ मार्गमा डोर्याउन सकिने कुरा बताउंदै प्रधानमन्त्री भट्टराईले आगामी वैशाखमा गर्नेगरी सरकारले घोषणा गरेको निर्वाचनको तयारीमा जुट्न सबैलाई आह्वान गर्नुभयो।
स्थानीय निकायमा जन-प्रतिनिधिहरु नभएका कारण ती निकायमा जनताको प्रत्यक्ष नियन्त्रण र निगरानी कमजोर बन्नपुगेको, र यसै कारण पछिल्लो समयमा कतिपय स्थानीय निकायमा चरम आर्थिक अनियमितता देखापरेको स्मरण गराउंदै उहाँले यस्ता आर्थिक उच्छृंखलता र भ्रष्टाचारजन्य कार्यलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो। यस्ता क्रियाकलापमा संलग्न कर्मचारी तथा अन्य जो कोहीलाई पनि कानुन वमोजिम कारवाहीको दायरामा ल्याउन नेपाल सरकारले कुनै कसर वाँकी नराख्ने प्रतिबद्धता पनि प्रधानमन्त्री भट्टराईले व्यक्त गर्नुभयो।
फोटो सौजन्य: इकान्तिपुर
फोटो सौजन्य: इकान्तिपुर
No comments:
Post a Comment