रसियाका उप-विदेश मन्त्री मिखाइल बाग्दानवले सिरियाको गृह-युद्धमा राष्ट्रपति बसार अल-असदको सत्ता पराजित हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ। मस्कोको क्रेमलिनमा सल्लाहकार निकायको सुनुवाइमा बोल्दै उप-विदेश मन्त्री बाग्दानवले राष्ट्रपति बसार अल-असदको सेनाले आफ्नो नियन्त्रण झन्-झन् बढी गुमाउंदैगएको कुरा बताउनुभयो।
सिरियाका भरपर्दा र विश्वासिला मित्रमध्येको एक रसियाले त्यहाँबाट आफ्ना हजारौं नागरिकलाई फिर्ता बोलाउने सम्भावनाबारे सोचिरहेको जानकारी पनि श्री बाग्दानवले दिनुभयो।

रसियाले दुइ पक्ष बीच वार्ताका लागि पटक पटक आह्वान गर्दैआएको छ। तर अमेरिका लगायत यूरोपका केही मुलुकले सिरियाली बिद्रोही पक्षलाई सिरियाली जनताको वैधानिक प्रतिनिधिका रुपमा मान्यता दिएको घोषणा गरेपछि सिरियाली बिद्रोही पक्षको मनोबल बढेको छ जसको नतिजा: देश र जनता अरु संकटमा पर्ने पक्का छ।
तस्विर सौजन्य: बिबिसी
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment