चीनको हनान प्रान्तको छनफंगमा संचालित एउटा प्राथमिक विद्यालयमा एकजना पुरुषले गरेको छुरा प्रहारबाट एक बयस्क महिला र बाइसजना विद्यार्थी घाइते भएका छन् ।

चिनियाँ सञ्चार माध्यम सिन्ह्वालाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार, विद्यार्थीहरुमाथि अन्धाधुन्ध छुरा प्रहार गर्ने त्यस पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ। विद्यालयका सुरक्षाकर्मीहरुले नसमातेसम्म उसले लगातार विद्यार्थीमाथि छुरा प्रहार गरेको थियो।
घाइतेमध्ये गम्भीर अवस्थामा रहेको दुइजना विद्यार्थीलाई गाउँ बाहिरको सुविधा सम्पन्न अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
नक्सा सौजन्य:बिबिसी
नक्सा सौजन्य:बिबिसी
man6e baulae pa6i kasaiko kehi lagdaina.
ReplyDelete