
उत्तर कोरियामा गत बुधबार गरेको लामो दूरीको रकेटको सफल प्रक्षेपणमा खुशीयाली मनाइएको छ। सो खुशीयाली मनाउन राजधानी प्योंगयांगको मुख्य चोकमा लाखौं मानिस भेला भएका थिए।
अमेरिका, जापान, दक्षिण कोरिया लगायतका मुलुकहरुले उत्तर कोरियाको त्यस रकेट प्रक्षेपणलाई राष्ट्र संघीय प्रस्ताव विपरितको भन्दै आलोचना गरेका छन्। तर उत्तर कोरियाले भने यो उसको नैसर्गिक अधिकार भएको कुरा जनाएको छ।
यसैवीच, दक्षिण कोरियाली सेनाले त्यस रकेटको परित्यक्त पहिलो चरणको अवशेष फेला पारेको र त्यसको अध्ययन गर्ने कुरा जनाएको छ।
नक्सा सौजन्य:बिबिसी
No comments:
Post a Comment