सुदूर पश्चिममा बहुचर्चित पश्चिम सेति निर्माण हुने भएपछि सुदुर पश्चिमबासीमा खुसियाली छाएको छ । गत भदौ ११ गते नेपाल सरकार र चिनियाँ कम्पनि थ्री गर्जेजबीच सम्झौता भएपछि सुदुरपश्चिमबासीमा खुसियाली छाएको हो ।
यसअघि अष्ट्रेलियाको स्मेक कम्पनीले करिब दुई दशक सम्म अध्ययन गरी निर्माणको केहि प्रक्रिया अगाडी बढाएपनि विभिन्न अवरोधका कारण उसले निर्माण प्रक्रियाबाट हात झिकेको थियो ।
एसियाली विकास बैङ्क (एडिबी) को भर परेर लम्बिएको पश्चिम सेति आयोजनामा चिनको थ्री गर्जेज कम्पनिले बनाउने पक्का भएपछि सुदुरपश्चिमबासीमा परियोजना निर्माणको आशा पलाएको छ ।
पश्चिमसेति प्रभाबित क्षेत्रमा यसअघि परियोजना निर्माण हुने भनेर स्थानिय निकायले विकासका कार्यहरु अगाडी नबढाई दिँदा सो क्षेत्रको विकास २० वर्ष पछाडि धकेलिएको तितो सत्य पनि यर्थात बनेको छ । फेरि पनी त्यस्तै त हुने हैन भन्नेमा अझै प्रभावित क्षेत्रका बासिन्दामा एक किसमको अन्यौलता छाएको देखिएन्छ ।
विकासबाट अझै पछाडी धक प्रभाबित क्षेत्रका स्थानियबासीका माझ परियोजना बन्नेमा खुसि छाएपनि सम्मानजनक पुनरस्थपना नहुने होकि भन्नेमा भने अझै चिन्ता नै रहेको परियोजना प्रभाबित डडेल्धुरा वेलापुर गाबिसका स्थानियबासीन्दा तथा एमाले बेलापुर गाउ इकाई कमिटीका अध्यक्ष पदम बिष्टले बताए ।
परियोजनाबाट डडेल्धुराको बेलापुर गाबिसका केहि वडा, डोटिका तलारा, लामिखाल क्षेत्र, बैतडीका ढुङ्गाण लगायतका क्षेत्र र बझाङका देउरा लगायतका आसपासका २० हजार भन्दा बढि बासन्दिाले बिस्थापित बन्नुपर्ने अवस्था रहेको छ ।
यसअघि पनि बिस्थापीत क्षेत्रका बासीन्दासंग राज्यको पुनरस्थापनको प्याकेजका बिषयमा कुरा नमिल्दा प्रभाबित क्षेत्रका बासीन्दाले सरकारको पुनरस्थापनकाको प्याकेजको बिरोध गरेका थिए । परियोजना निर्माणका लागी स्थानिय स्तरमा मुख्य बिषय रहेको प्रभाबित क्षेत्रका बासिन्दाको पुनरस्थापना सम्माजनक हुनुपर्ने सो क्षेत्रका स्थानियबासीको माग रहेको छ ।
केहि ठुला भनाउदासंग मात्रै कुरा गरि परियोजना निर्माण कार्य अगाडी नवढाई राज्य र परियोजना निर्माण कम्पिनीले प्रभाबित क्षेत्रका स्थानियबासी संग छलफल गरी निर्माण कार्य गरे । यसपटक जसरी पनि परियोजना निर्माणको कार्य टुङग्याउनुपर्नेमा भने स्थानियबासीहरुको जोड रहेको छ ।
पश्चिम सेति जलाशययुक्त परियोजना भएकाले यो बढि उपयोगी समेत भएको जानकारहरु बताउदछन । पश्चिम सेति निर्माण परियोजना शुरु भएपछि बिकासका दृष्टिकोणले राज्यबाट निकै पछाडी परेको सुदुरपश्चिमको आर्थिक बिकासमा कायापलट हुने अर्थबिदहरु बताउदछन । परियोजना निर्माण हुने भएपछि आफुहरुमा पनि नयाँ जोश र उत्साह थपिएको अनुभव यस क्षेत्रका ब्यबशायीहरुको रहेको छ । परियोजनामा निर्माणले सुदुरपश्चिमको उद्योग, व्यापार, पर्यटन, लगायतका आर्थिक , समाजीक र सांस्किृत बिकासमा टेवा पुग्ने सरोकारवालाहरुको भनाई रहेको छ ।
यस्तै बहुउपयोगी परियोजना पश्चिम सेति निर्माण हुने भएपछि लोडसेटिङ, बेरोजगारीको समस्या हट्ने र उद्योगको बिकास हुने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कर्ण कुँवरले बताए । यो एउटा बहुउपयोगी परियोजना भएकाले बिद्युत उत्पादनका सँगै सिचाईको सुविधा समेत उपलब्ध हुने उनको भनाई रहेको छ । पश्चिम सेति परियोजना निर्माणबाट सुदुरपश्चिम सङगै देशकै आर्थिक बिकासमा कायापलट भने अध्यक्ष कुवरको भनाई रहेको छ ।
नेपाल सरकार संगको सम्झौता अनुसार थ्रि गर्जेजले परियोजनाको निर्माण कार्य सन २०१४ मा शुरु गरी सन २०१९ मा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
यसअघि थ्रि गर्जेजले निर्माण गरेका हाइड्रो पावरका योजना समयमै सम्पन्न गरेकाले पश्चिमसेती समयमै निर्माण हुने कुरामा दुबिधा नरहे पनि नेपालमा हुने बन्द हड्ताल लगायत सुरक्षाका दृष्टिकोणले निर्माणमा असर पुर्याउने अनुमान लगाउन सकिने छ ।
परियोजना निर्माणका लागि कानुनि प्रक्रिया नेपाल सरकारका तर्फबाट प्रक्रिया पुरा भएपछि एक हप्ता भित्रै थ्रि गर्जेजले परियोजना निर्माणका लागी सुदुरपश्चिममा आई स्थलगत अध्ययन गर्ने भएको छ ।