Monday, November 12, 2012

भोलिदेखि तिहार शुरु

भोलिदेखि नेपाल र विश्वका अन्य मुलुकमा बसोबास गर्ने हिन्दुहरु आफ्नो दोश्रो ठूलो चाड- तिहार मनाउने तरखरमा छन्। भोलिदेखि तिन दिनसम्म मनाइने, र अन्तिम दिन भाइ टीका लगाएर सम्पन्न हुने यस चाड मनाउन— आफ्ना दिदी-बहिनीका हातबाट टीका लगाउनका लागि दाजु-भाइहरु जहाँ भए पनि सम्भव भएसम्म घर आइपुग्छन। 

खासगरी, खराबमाथि असलको विजयका रुपमा मनाइने यस चाडका बेला घर-घरमा बत्ती बाल्ने, पटका पट्काउने गरिन्छ। यसो गर्दा दुष्टात्माहरु भाग्दछन भन्ने मान्यता रहिआएको छ।


दाजु-भाइ र दिदी-बहिनी बीचको पवित्र प्रेमलाई दर्शाउने यस धार्मिक पर्वका अवसरमा नेपाल र विश्वभरि रहेका सबै नेपाली र अन्य सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु। 

यो पर्व तपाईहरु सबैका लागि शुभ होस्, रमाइलो होस्, यी तीन दिन हाँसी-खुशी बितुन। यही मेरो शुभकामना छ।  

कमल लम्साल 
काठमाडौँ, नेपाल 

चीनले आगामी वर्षको जून महिनामा अन्तरिक्ष यात्री पठाउने


चीनले आगामी वर्षको जून महिनामा अन्तरिक्ष यात्रीसहितको यान शन्चौ-10 अन्तरिक्षमा प्रक्षेपण गर्ने योजना बनाएको छ। चीनको मानवसहित अन्तरिक्ष कार्यक्रमका उप-प्रमुख निउ हुंग क्वांगले दुइ पुरुष र एक महिला गरी तीनजना अन्तरिक्ष यात्री अन्तरिक्षमा जाने र उनीहरुले अन्तरिक्षमा रहेको थियानकुंग-1 अन्तरिक्ष प्रयोगशालामा प्रवेश गर्ने कार्यक्रम रहेको जानकारी शनिबार बेइजिंगमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। 
उनीहरुले अन्तरिक्षमा पन्ध्र दिन बिताउने, र त्यहाँ रहँदा उनीहरुले विभिन्न वैज्ञानिक परिक्षणहरु गर्ने, साथै पृथ्वीमा रहेका दर्शकहरुलाई भाषण पनि दिने  कार्यक्रम रहेको जानकारी पनि उप-प्रमुख निउले दिनुभयो। 
यस कार्यक्रमको सफलताले अन्तरिक्ष प्रयोगशाला र अन्तरिक्ष केन्द्र स्थापना गर्न चीनलाई सबल बनाउने विश्वास उप-प्रमुख निउले व्यक्त गर्नुभयो।  

बजेटजलाई राजनीतिक हतियार नबनाउन विपक्षी दलहरुलाई प्रधानमन्त्रीको आग्रह


प्रधानमन्त्री बाबुराम भट्टराईले बजेटजस्तो दैनिक आवश्यकतासङ्ग जोडिएको विषयलाई राजनीतिक हतियार नबनाउन विपक्षी दलहरुलाई आग्रह गर्नुभएको छ। रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाई आयोजनाका लागि निर्माण गरिने टंकीको आज विहान शिलान्याश गर्दै  प्रधानमन्त्री भट्टराईले विपक्षी दलहरुले बजेटलाई राजनैतिक हतियार बनाएर आर्थिक गतीविधी ठप्प पार्नथालेको आरोप पनि लगाउनुभयो ।
राजनीतिक सहमतिका लागि आफू हदैसम्म लचीलो भएको बताउँदै प्रधानमन्त्री बाबुराम भट्टराईले आर्थिक गतीविधिलाई नरोकी अन्य विषयमा वादविवाद गर्न प्रतिपक्षी दलहरुलाई आह्वान गर्नुभयो। देश विकासका लागि मानिसका दैनिक आधारभूत आवश्यकता परिपूर्ति गर्ने विषयमा अबरोध नहुने गरी राजनीतिक सहमति हुनुपर्ने विचार ब्यक्त गर्दै प्रधानमन्त्री भट्टराईले बजेट ल्याउन मात्र नभएर सम्पूर्ण विकास कार्यक्रममै राजनीतिक सहमति गर्न आफू तयार रहेको बताउनुभयो ।

खातिबले राष्ट्रपति बसार अल असदको सरकार विरोधी नयाँ गठबन्धनको नेतृत्व गर्ने

सिरियाको राजधानी दमास्कसका अग्रणी धर्माधिकारी मोजा अल-खातिबले राष्ट्रपति बसार अल असदको सरकार विरोधी नयाँ गठबन्धनको नेतृत्व गर्नेभएका छन्। कतारको राजधानी दोहामा भएको प्रतिरोधी गथाबन्धनको बैठकले हालै सिरिया छोडेर पलायन भएका खातिबलाई उक्त जिम्मेवारी दिएको हो। राजधानी दमास्कसको उमायाद मस्जिदका भूतपूर्व सुन्नी मुस्लिम इमाम मोजा अल-खातिब कट्टरपन्थी मुसलमान देखिएनन्। 

यसघि, सिरियाली प्रतिपक्षी समुहहरु समूहगत मतभिन्नताहरुलाई एकातिर पन्छाएर एकजुट हुन  सहमत भएका थिए। मध्य-पूर्वको समस्या समाधानमा जुटेका अमेरिका लगायतका अन्य पक्षहरुबाट आपसमा विभाजित प्रतिपक्षीहरुलाई एकजुट हुन दबाब परिरहेको अवस्थामा प्रतिपक्षीहरु एकजुट हुन सहमत भएका हुन्। 

धर्माधिकारी मोजा अल-खातिबले सिरियालाई ध्वस्त हुनबाट जोगाउनका लागि समस्याको राजनीतिक समाधान खोज्न आह्वान गर्नुभएपछि उहालाई सरकारी पक्षले पटक पटक धरपकड गरेका कारण उहाँ भागेर विदेश पलायन हुनुभएको हो।