Monday, January 7, 2013

खास काम गर्ने निकायलाई सिधै दबाब दिंदा बढी प्रभावकारी हुनसक्छ, आन्दोलन वा धर्ना


न महिला, न पुरुष कसैले कसै विरुद्ध पनि हिंसात्मक गतिविधि गर्नु हुँदैन। यसमा कसैको पनि ऐक्यबद्धता हुनैपर्छ। 
यो एक्काइसौँ सताव्दीमा पनि मानव सांस्कृतिक हिसाबले जति जति अघि बढ्दैछ, त्यति त्यति केही मानिसमा देखापर्नलागेको हिंश्रक प्रवृत्तिले मानव समाजलाई नै कलंकित बनाइरहेको देखिन्छ। यस्तो अवस्थामा यस्ता प्रवृत्तिहरूको विरोध गर्नुपर्छ, महिला पुरुष सबै मिलेर। 
महिलामाथि हिंसा भैरहेको छ, महिलाले नै विरोध गरुन भन्नेजस्तो स्वार्थी भावना पालेर पुरुषहरुले पनि पन्छिने प्रयास गर्नु हुँदैन। भाषण गर्दा महिला र पुरुष एकै रथका दुइ पांग्रा भन्न रुचाउने हामी नेपालीले महिला विरुद्ध हिंसा पनि गर्ने, अनि विरोध गर्ने जिम्मा पनि उनीहरुको काँधमा नै छोडिदिने गर्दा अवश्य अन्याय हुन्छ।
महिलाहरुले पनि विरोधको नाममा विरोध गर्ने, यस्ता विरोधलाई पनि राजनीतिक उद्देश्य पुरा गर्ने माध्यम बनाउने, आफ्नो प्रचारको साधन बनाउने र प्रधानमन्त्रीको ढोका अगाडि मात्र बसेर संचार माध्यमहरुको ध्यान आकृष्ट गर्ने प्रयास गर्नुहुँदैन। गाउँ-गाउँमा गएर जन-चेतना अभिवृद्धि गर्न सकिदैन भने पनि केही छैन, तर दिन-दिनभरि राजधानीका गल्ली-गल्लीमा घुमेर नारा धन्काउदै बढीभन्दा बढी महिलाहरुलाई सहभागी गराउन र उनीहरुमा चेतना अभिवृद्धि गराउन त सकिन्छहोला, शायद।
देशका टाठाबाठा महिलाहरुले नै महिला दिदी-बहिनीहरु बीच चेतना अभिवृद्धि गर्ने कार्य नगरेर खालि संचार माध्यमहरुको ध्यान पुग्ने स्थानमा धर्ना दिंदैमा, प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदैमा समस्याको समाधान हुनसक्दैन। बरु धर्ना मात्र बस्ने, घुम्ने आँट छैन भने गृह मन्त्रालय अगाडि, प्रहरी प्रधान कार्यलाई अगाडि, न्यायिक निकाय अगाडि धर्ना दिनुपर्छ, शायद। किनभने प्रधानमन्त्रीले महिला हिंसा रोक्न निर्देशन दिने संस्था तिनै हुन। खास काम गर्ने निकाय कुन कुन हुन् भनेर तिनलाई सिधै दबाब दिंदा बढी प्रभावकारी हुनसक्छ, आन्दोलन वा धर्ना। तस्विर सौजन्य: इकान्तिपुर 

तिम्रोजस्तो मुटु मेरो पनि -- नारायणगोपाल

भाउजूको फर्सी र बाबुराम सरकारको विवाद: डा. डोलेश्वर भण्डारी

काँइली भाउजूको बारीमा रोपेको फर्सी लहरिँदै गएर साहिँली भाउजूको बारीमा फलेछ । फर्सी बढ्दै गयो र भाउजूहरु पनि खुशी हुँदै गए फर्सी बढेकोमा । काँइली भाउजू खुसी थिइन् किनकि उनले रोपेको फर्सी राम्ररी फलेको छ । साहिँली भाउजू पनि खुशी थिइन् किनकि आफुले दुखै नगरी फर्सी आफ्नो बारीमा आएर फलेको छ । आफ्नो बारीमा आएको फर्सी मेरै त हो नि भनेर साहिँली भाउजूले फर्सी के टिपेकी थिइन् काँइली भाउजू फर्सी खोस्न पुगिन् । तर, साहिँली भाउजू पनि के कम थिइन र ! मेरो बारीमा आएर फलेको फर्सी मैले नै टिप्न किन नपाउने भनेर उफ्रिइन् । मेरा बारीको मल र माटो खाएर बढेको फर्सी कसरी तिम्रो हुन्छ भनेर काँइली भाउजू पनि उफ्रिइन् ।
आफुले नै खाने विचार थियो भने किन फर्सीको लहरो मेरा जग्गामा आउन दियौ त ? के मैले तिम्रा बारीबाट फर्सी चोरेको हो र ? साहिँली भाउजूको तर्क यस्तो थियो । काँइली भाउजूलाई असैहृय भयो र छेउको बारवाट भाटो निकालिन् र साहिँली भाउजूतिर सोझ्याउँदै लखेटिन् । साहिँली भाउजू कसोकसो जोगिएर भाग्दै पूर्व गाविस उपाध्यक्षको घरमा पुगिन् र उपकी श्रीमतीलाई बेलीविस्तार लगाइन् । 
काँइली भाउजूको बारीमा रोपेको फर्सी लहरिँदै गएर साहिँली भाउजूको बारीमा फलेछ । फर्सी बढ्दै गयो र भाउजूहरु पनि खुशी हुँदै गए फर्सी बढेकोमा । काँइली भाउजू खुसी थिइन् किनकि उनले रोपेको फर्सी राम्ररी फलेको छ । साहिँली भाउजू पनि खुशी थिइन् किनकि आफुले दुखै नगरी फर्सी आफ्नो बारीमा आएर फलेको छ । आफ्नो बारीमा आएको फर्सी मेरै त हो नि भनेर साहिँली भाउजूले फर्सी के टिपेकी थिइन् काँइली भाउजू फर्सी खोस्न पुगिन् । तर, साहिँली भाउजू पनि के कम थिइन र ! मेरो बारीमा आएर फलेको फर्सी मैले नै टिप्न किन नपाउने भनेर उफ्रिइन् । मेरा बारीको मल र माटो खाएर बढेको फर्सी कसरी तिम्रो हुन्छ भनेर काँइली भाउजू पनि उफ्रिइन् ।
आफुले नै खाने विचार थियो भने किन फर्सीको लहरो मेरा जग्गामा आउन दियौ त ? के मैले तिम्रा बारीबाट फर्सी चोरेको हो र ? साहिँली भाउजूको तर्क यस्तो थियो । काँइली भाउजूलाई असैहृय भयो र छेउको बारवाट भाटो निकालिन् र साहिँली भाउजूतिर सोझ्याउँदै लखेटिन् । साहिँली भाउजू कसोकसो जोगिएर भाग्दै पूर्व गाविस उपाध्यक्षको घरमा पुगिन् र उपकी श्रीमतीलाई बेलीविस्तार लगाइन् ।
यो झगडामा दुबै भाउजूहरुका राम्राराम्रा तर्क छन् । साहिँली भाउजूको जग्गाको सीमानाभित्र फर्सी फलेको छ, उनले त्यो फर्सी टिप्न पाउनुपर्ने तर्क पनि बेठीक छैन । मल, पानी, मेहनत सबै गरेर खाने बेलामा अर्काले फर्सी टिप्दा काँइली भाउजूलाइ पनि चित्त बुझ्ने कुरै भएन । उनीमाथि पनि अन्याय नै भएको देखिन्छ । उनले साहिँली भाउजूलाई चोरीको अभियोग लगाए पनि ठीकै हुनेजस्तो देखिन्छ । तर, साहिँली भाउजूले आफ्ना बारीको फर्सी टिप्दा चोरको आरोप सहनु पनि अलि अन्याय नै हुने देखिन्छ । यसरी दुवै पक्षले आफुले गरेको कामलाई ठीक ठान्दाठान्दै पनि समग्रमा स्थिति ठीक देखिएन । भनेपछि कहाँ रह्यो त कमजोरी ?
यो कमजोरी न त फर्सी टिप्ने साहिँली भाउजूको हो, न त काँइली भाउजू को नै । यो झगडाको मूल कारण भनेको स्वामित्वको स्पष्ट नियम नहुनु हो । यदि काँइली भाउजूलाई अर्काको बारीमा फलेको फर्सी अर्काकै हुन्छ भन्ने नियम थाहा भैदिएको भए उनले फर्सीको लहरो आफ्नै बारीमा लगाउँथिन् । किन यो झगडा गर्नु पथ्र्यो र । अर्कोतर्फ यदि फर्सी जसको बारीमा गएर फले पनि जसले रोपेको हो, उसैको हुन्छ भन्ने नियम भैदिएको भए साहिँली भाउजूले त्यो फर्सी टिप्ने थिइनन् । जब नियम कानुनमा स्पष्टता हुँदैन, त्यसले झगडाको वीउको काम गर्छ । जग्गाधनी र मोहीवीचको झगडा, अंशवण्डाको झगडा, लेनदेन व्यावहारको झगडा, धेरैखाले झैझगडाहरु अन्दाजी र अस्ष्टता भएकै कारण जन्मिन्छन् ।
राजनीति पनि फर्सीको लहरोजस्तै
देश र समाज भनेको शत्रु र मित्रले बनेको नभै विभिन्नखाले खेलाडीहरु मिलेर बनेको हुन्छ । जब खेलका नियमहरु स्पष्ट नभैकन खेल खेल्न थालिन्छ, तब हरेक खेलाडीले खेलको नियमलाई आफ्नो अनुकूलले व्याख्या गर्न थाल्छन् र फोहोरी खेलको शुरुवात हुन्छ ।नेपाली राजनीतिलाई पनि काँइली भाउजू र साहिँली भाउजूको झगडासँग दाँजेर हेर्न सकिन्छ । हरेक पार्टीहरुले गर्ने तर्कहरु सबै सही नै देखिन्छन् । उनले अर्को पार्टीलाई लगाउने दोष पनि केहि हदसम्म ठीकै लाग्छन् । हरेक पार्टीका नेताले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्न पाउनुपर्ने भनी गरेको तर्कमा पनि राम्रै दम देखिन्छ । यी सबै हुँदाहुँदै पनि कहाँ गएर बिगि्रयो त ? पार्टी विधान र अन्तरिम संविधानमा सबै सम्भाव्य परिणामहरुलाई राम्रोसँग नकेलाइकन हचुवामा बनाइएको हुनाले अहिलेको स्थिति आएको हो ।
पार्टीभित्रबाट प्रधानमन्त्रीको नाम छान्ने कुरामा होस् वा सानातिना फरक मतहरुलाई तह लगाउने कुरा होस, आफुले भनेजस्तो भएन भने आफुखुसी गर्ने परिपाटी छ । कतिले पार्टी पनि फुटाउँछन् । विधान स्पष्ट हुने भैदिएको भए सबै कुराको लाइन लाग्थ्यो । केन्द्रीय समितिको बैठकले जुनसुकै कुरालाई पनि विधानसम्मत तरिकाले हल गर्न सक्थे ।अन्तरिम संविधानको पनि यही हालत छ । ६ सय १ को जम्बोले के गर्ने भन्ने कुरा ५ वर्ष हुदा सम्म थाहै पाएन । आमसहमतिमा निर्णय गर्ने भनेको हुन सक्ने कुरै होइन । आम सहमति नभए बहुमत अल्पमत वा जनमतसंग्रह जस्ता कुराहरुतिर अन्तरिम संविधान मौन छ ।
ए बाबा ! मान्छेको जात हो ! नियम कानुनले राम्रोसँग नबाँध्ने हो भने आफूलाई ठूलो भाग परोस् भनेर त जसले पनि खोज्छ नि । त्यसमा पनि सत्ताको कुरामा त झनै धेरै महत्वको हुने भयो । यो अवस्थामा बाबुरामले सत्ता छोडेनन् भनेर उनलाई गाली गर्नु भनेको समग्र स्थितिलाई बुझ्न नसकेर सतही निर्णयतिर लाग्नु हो ।
गोलपोष्ट नै सारेर गोल नगरौं
अब राजनैतिक पार्टीहरुले गोलपोस्ट नै सारेर गोल गर्ने भन्दा पनि खेलका नियमको खाका कोरेर ती नियमलाई राम्रोसँग पालना गरेर राम्रो गोल गर्ने माहौल सिर्जना गर्नेतर्फ राष्ट्रपतिको ध्यान जानु पर्छ । पहिलै स्पष्ट नभएको नियममा फेरि राष्ट्रपति पनि अर्को भगडियाको रुपमा धुर पसेर समस्या घट्दैन, बरु झनै वढ्छ । कामचलाउ सरकारले नै चुनाव गराउने सर्वमान्य पद्दतिलाई राष्ट्रपतिले मान्यता दिनुबाहेक अरु समाधान खोज्ने कुराले झनै स्थिति बिग्रन्छ । किनकि नियमको पालना गराउने कुनै गतिलो आधार छैन । डा. बाबुराम भट्टराईको सरकारमा अरु दलहरुलाई सामेल गराएर चुनाब गराउनु अहिलेको संकटको निकास हुन सक्छ । झगडियाहरुले मागेको कुरा नै न्यायालयले दिँदा न्याय हुन्छ भन्ने छैन । साभार: अनलाइनखबर डट कम 
मेरो विचार: धन्यवाद छ, डा डोलेश्वर भण्डारीलाई, अबुझले पनि बुझ्नसक्ने यस्तो स्पष्ट विचारका लागि। यसले नेपाली राजनीतिक दलका नेताहरुको चित्त त अबश्य बुझाउनसक्दैन, मलाई थाहा छ। तर कांग्रेसका कर्यकर्ताले घेरिनुभएको भए पनि राष्ट्रपति महोदयलाई भने यसले सही मार्गदर्शन गर्नसक्छ, र सकोस भन्ने कामना!  

बढ्दो दुर्घटना दरलाई घटाउनका लागि तयार पारिएको नयाँ यातायात नियमलाई जनताको विरोधपछि स्थगित


मुलुकको बढ्दो दुर्घटना दरलाई घटाउनका लागि तयार पारिएको नयाँ यातायात नियमलाई जनताको विरोधपछि चीन सरकारले स्थगित गरेको छ। पहेंलो बत्ती बलेका बेला गाडी नरोकिकन चौराहा पार गर्ने चालकहरुका सन्दर्भमा लागू गरिएको पछिल्लो नियममा दुइ पटकसम्म यस्तो गलती गरेमा चालक अनिमतिपत्र रद्द गर्ने व्यवस्था थियो। पहेंलो बत्ती बल्नासथ एक्कासी गाडी रोक्दा झन् धेरै दुर्घटना हुनेगरेको गुनासो मानिसहरुले गर्नथालेपछि त्यस नियम हालका लागि स्थगित गरिएको बताइएको छ। 
चीनमा यातायातसङ्ग सम्बन्धित दुर्घटनामा गत वर्ष मात्र साठी हजारभन्दा बढी मानिस मारिएका छन। यातायात व्यवस्थालाई अरु व्यवस्थित गर्नका लागि जनवरी एक तारिखदेखि लागू गरिएको नयाँ नियममा तोकिएकोभन्दा बढी गतिमा हाँक्ने, मादक पदार्थ सेवन गरेर गाडी चलाउने र गाडी चलाइरहेका बेला मोबाइल फोनमा कुरा गर्ने चालकहरुका लागि सजाय बधाईएको थियो। 
मेरो विचार: जनताको गुनासो सुन्नु राम्रो कुरा हो। तर जनताका गुनासा सही छन कि छैनन भन्ने बारेमा पनि सोच्नुपर्ने हुन्छ। पहेंलो बत्ती बल्नासथ एक्कासी गाडी रोक्दा झन् धेरै दुर्घटना हुनेगरेको गुनासो मानिसहरुले गर्नथालेपछि त्यस नियम हालका लागि स्थगित गरियो रे। यातायातलाई नियमित गर्नका लागि राखिएका बत्तीहरुको त पालना गर्नुपर्छ नि, हैन र? चौराहानेर आइपुग्दा पहेलो या रातो बत्ती बल्नसक्छ भन्ने कुराको हेक्का त चालकमा हुनुपर्यो नि। अनि परैबाट गति नियन्त्रण गरेर आउनुपर्यो। 
पहेंलो बत्ती बल्नासथ एक्कासी गाडी रोक्दा झन् धेरै दुर्घटना हुनेगरेको गुनासो गर्ने मानिसहरुले त्यस अप्रिय अवस्थालाई रोक्नका लागि रोइकराई यस नियमलाई त स्थगित गराए, तर पहेलो बत्ती बलेका बेला चौरहाका चारैतिरबाट चारवटा गाडी आएर आपसमा ठोक्किए भने के हुन्छ भन्ने बारेमा तिनीहरुले सोचेका छन्?
तस्विर सौजन्य: बिबिसी

प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा राष्ट्रपति रामवरण यादवसँग आज विहान भेटवार्ता


राष्ट्रपति रामवरण यादवसँग प्रधानमन्त्री डा बाबुराम भट्टराईले आज विहान राष्ट्रपति भवन शितल निवासमा भेटवार्ता गर्नुभयो
भेटवार्तामा संयुक्त राष्ट्र सङ्घीय शान्ति स्थापना कार्यका लागि दक्षिणी सुडानमा खटिएका नेपाली सेनाका महासेनानी कुमार लामालाई बिदाको समयमा आफ्ना परिजनलाई भेट्न बेलायत पुगेका बेला  पक्राउ परेका विषयमा छलफल भएको थियो । 
भेटवार्तामा प्रधानमन्त्री भट्टराईले दलहरुबीच सहमति कायम गरी समयमै मेलमिलाप तथा सत्यनिरुपण आयोग गठन हुन नसक्दा यस्ता घटनाहरु हुनगएको बताउनुभयो।
विगतको द्वन्द्वकालमा राजापक्ष र विद्रोही पक्षबाट मानव अधिकार विपरीतका घटना भए-नभएकोबारे ती आयोगले टुङ्ग्याउने र यस विषयमा अन्य पक्षबाट अप्ठ्यारो सिर्जना गर्ने अवस्था आउन नदिन दलहरुबीच सहमति कायम गरी आयोग गठनको विषयलाई पूर्णता दिनुपर्ने विषयमा राष्ट्रपतिसङ्ग प्रधानमन्त्रीले छलफल गर्नुभएको बताइएको छ ।
भेटपछि सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री भट्टराईले बाहिर प्रचार गरिएजस्तो राष्ट्रपति र आफूबीच दूरी नबढेको भन्दै दलहरुलाई सहमतिमा ल्याएर अहिलेको राजनीतिक र संवैधानिक गतिरोधको अन्त्यका लागि आफूले पहल गर्ने कुरा बताउनुभयो।
वर्तमान राजनीतिक गतिरोधको अन्त्यका लागि दलहरुबीच भइरहेका प्रयासबारे र पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे राष्ट्रपतिलाई अवगत गराएको जानकारी प्रधानमन्त्रीले दिनुभयो। रासस 
तस्विर सौजन्य: इकान्तिपुर 

नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच रुकुम जिल्लाको सदरमुकाम खलङ्गामा झडप


नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच रुकुम जिल्लाको सदरमुकाम खलङ्गामा आज विहान भएको झडपमा नेपाली कांग्रेसका नेता एवम् भूतपूर्व राज्यमन्त्री गोपालजीजङ्ग शाह, जिल्ला सभापति मानबहादुर नेपाली, नेपाल तरुण दलका अध्यक्ष नन्द विष्ट, जिल्ला कार्य-समिति सदस्य खडक डाँगीलगायतका बाह्रजनाभन्दा बढी कार्यकर्ता सामान्य घाइते भएका छन्। 

नेपाली कांग्रेसको दुलीगाउँ कार्य-समिति सभापति कविराम खत्रीको हत्या भएको विरोधमा कांग्रेसले रुकुम बन्दको आह्वान गरेकोमा बन्दको अवज्ञा गरी बस चलाउनथालेको भन्दै बसमा तोडफोड गरेपछि झडप भएको हो । 
लामो दूरीका बस चलाउने विषयमा छलफल भइरहेको बेला  नेपाली कांग्रेसका कार्यकर्ताले ढुङ्गा प्रहार गरेपछि तनाबको स्थिति सिर्जना भए पनि छलफलपछि लामो दूरिको यातायात सेवा सुचारु गर्ने सहमति भएको छ। यातायात सेवा सञ्चालन भए पनि सदरमुकाम आसपासका बजार तथा विद्यालय, कलेज बन्द रहेका छन्। 
नेपाली कांग्रेसका कार्यकर्ताले बन्दलाई सफल बनाउन विहानैदेखि बजार र चोकचोकमा निस्कनुका साथै सडकका विभिन्न ठाउँमा ढुङ्गा लडाएर अवरोध सिर्जना गरेका थिए । आजको बन्दबाट पनि आफ्ना मागमाथि कुनै सुनुवाइ नभए थप आन्दोलन गर्ने चेतावनी नेपाली कांग्रेसले दिएको छ ।

राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्नुमा मुख्य तीन दल नै प्रमुख दोषी: राष्ट्रपति यादव


राष्ट्रपति रामवरण यादवले सहमतिका लागि दलहरुलाई प्रोत्साहित गर्ने, ध्यानाकर्षण गराउने, आग्रह गर्नेबाहेक आफूले गर्नसक्ने ठाउँ अरू कहीं कतै नभएको कुरा बताउनुभएको छ। वर्तमान राजनीतिक अवस्थाका बारेमा साना दलका नेताहरूसँग हिजो गर्नुभएको छलफलमा राष्ट्रपति यादवले राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्नुमा मुख्य तीन दल नै प्रमुख दोषी रहेको विचार व्यक्त गर्नुभयो। 

सहमतिको सरकारका लागि आठ पटक म्याद थपिसक्दा पनि निकास निकाल्न नसक्ने ठूला दलहरूले नै वर्तमान अवस्थाका लागि सम्पूर्ण जिम्मेवारी लिनुपर्ने जिकिर गर्दै  राष्ट्रपतिले यसका लागि अरू कसैलाई पनि दोषारोपण गर्न नमिल्ने कुरा बताउनुभयो।

सरकार गठन हुन नसकेकामा राष्ट्रपति असफल भएको भनी गरिएको टिप्पणीको खण्डन गर्दै यादवले ठूला दलहरूका कारण नै मुलुक अधोगतितिर गइरहेको टिप्पणी गर्नुभयो। 'मेरो कुनै दोष छैन, ठूला दलहरूका कारण नै निकास ननिस्केको हो', राष्ट्रपतिको भनाइ उद्धृत गर्दै नेकपा मालेका महासचिव सीपी मैनालीले संचारकर्मीहरुसङ्गको कुराकानीमा भन्नुभयो, 'म विवादमा पर्न चाहन्न, मैले संविधानअनुसार जे-जति गर्नुपर्ने हो गरिरहेको छु, निकास निकाल्ने काम उहाँ (ठूला दल) हरूको हो।'
दलहरूकै आग्रहअनुसार छलफल गरी समय दिए पनि पटक-पटक थपिएका समय निरर्थक भएकामा दुःखमनाउ गर्दै राष्ट्रपतिले यस्तै भइरहे मुलुक असफल हुने र त्यसको जिम्मा तीन दलले नै लिनुपर्ने बताए ।
दलहरूले दिएको सल्लाहको परिधिभन्दा बाहिर गएर काम गर्नु अनुचित भएको हुँदा अर्को विकल्प आफूले खोज्न नमिल्ने कुरा राष्ट्रपतिले बताउनुएभएको मैनालीले जानकारी दिनुभयो। 
यसै सरकारलाई पूर्णता दिनका लागि पनि पहिले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने विचार राष्ट्रपति यादवले व्यक्त गर्नुभएको थियो। 
मेरो विचार: आफैले तिमी काचलाउ भएउ भनी चिट्ठी थमाएका विचार बाबुरामको राजीनामाको कुरा के आधारमा गरेकोहोला राष्ट्रपति महोदयले? सहमति हुन नसके अन्तर्राष्ट्रिय मान्यता र अभ्यासका आधारमा अघि बढ्ने भनेर आफै भन्ने, अनि कामचलाउका सन्दर्भमा त्यसलाई विर्सने?  
वर्तमान राजनीतिक अवस्थाको निकास कसरी निकाल्ने भन्नेबारे राष्ट्रपति यादवले आइतबार गर्नुभएको छलफलमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे, राजमोका अध्यक्ष चित्रबहादुर केसी, नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी र मालेका महासचिव सिपी मैनाली सहभागी हुनुहुन्थ्यो।