Showing posts with label दलाल मानसिकता. Show all posts
Showing posts with label दलाल मानसिकता. Show all posts

Sunday, November 1, 2020

रअ र ईण्डियन सेनापतिको भ्रमण नेपालको समस्यासंँग सम्बन्धित छैन

अढाई महिना अघि सुरु भएको यो नाटक चीन घेर्ने रणनीतिको अंग हो

२ दिनपछि ईण्डियन स्थल सेनाध्यक्ष नेपाली सेनाको मानार्थ सेनापतिको सलामी लिन नेपाल आउँदैछन्। विदेशी सेनापतिलाई आफ्नो सेनापति बनाएर देशका नागरिकहरुलाई विदेशी फौजमा भाडामा प्रयोग गराउने दलालहरुको गुलाम नीति नयाँ होईन। तर ईण्डियाले गरेको भूमी अतिक्रमणका विरोधमा नेपालमा चर्को घृणा फैलिएको र नक्शा विवादपछि संवाद नै बन्द भएको अवस्थामा नक्शाको विवादलाई नेपालले चीनको उक्साहटमा उचालेको आरोप लगाउने व्यक्तिलाई सेनापतिको सलामी खान निम्ता पठाउनुको कारण अर्कै छ।
अहिले एशियाली देशहरुमा अमेरीकी विदेश मन्त्री र रक्षा मन्त्रीहरुले 'कि चीनसंग कि हामीसंग युद्ध मोर्चामा सामेल होऊ, बिचमा बस्न पाईंदैन' भनेर धम्काउँदै हिंडेका छन्। श्रीलंका, मालदिभ्स, भियतनाम, ईण्डोनेशिया लगायतका देशहरुमा उनीहरुले यही कुरा गरे। नेपालमा अमेरीकीहरुको भ्रमण तालिका नभएको हुनाले अमेरीकीहरुले यहाँका दलालहरुसंग यही कुरा गरेर ईण्डिया मार्फत् ईण्डिया मार्फत् गराउँदै आएका थिए। चीनका विरुद्धमा एक ठाउँमा उभिनेबारे ओली र मोदीका बिचमा गत अगस्त १५ मैं कुरा सुरु भएको थियो।
ओली र मोदीका बिचको कुरापछि कर्मचारी र सेनाको तहमा कुराहरु भए। 'रअ' का प्रमूखको विज्ञापन शैलीको भ्रमण यसैको सार्वजनिक रुपमा जानकारी दिएर चीनलाई सन्देश दिनका लागि मात्र भएको छ। 'रअ' प्रमूखसंग सारभूत रुपमा २ वटा विषयहरुमा कुरा भएको छ। एउटा विषय हो, अन्तर्राष्ट्रिय ध्रुविकरणमाचीनका विरुद्ध ईण्डो-पश्चिमा शिविरमा उभिने र दोश्रो हो, कालापानीलाई अन्तर्राष्ट्रिय सैन्य तालिम केन्द्रका रुपमा परिणत गरेर चीनको सिमानामा अमेरीकन, ईण्डियन र यूरोपीयन सेनाहरु स्थायी रुपमा बस्ने वातावरण बनाउने।
'रअ' का प्रमूख र ईण्डियन सेनापतिको भ्रमण सिमा विवादसंग कतै पनि जोडिएको छैन भन्ने तथ्य ईण्डियन पक्षबाट स्पष्ट पारिसकिएको छ। 'रअ' का प्रमूख र सेनापतिको भ्रमण दिल्ली वा ओलीको पहलमा भएको होईन। यो अमेरीकी पहलमा भएको हो र अमेरीकी सेनाको निर्देशनमैं यहाँको सेनाले आफ्नो देशमाथि बुट बजारेर बसेको एउटा अपराधिलाई निर्लज्ज रुपमा सलामी दिन तयार भएको हो। यी दलालहरुको यो अपराध यीनीहरु ईण्डो-पश्चिमा सैन्य मोर्चामा सामेल भएर चीन र रुसका विरुद्धमा जाने मानसिकताको सन्देश हो।
– भरत दाहालकाे फेसबुक भितुताबाट

Saturday, October 31, 2020

जमिन्दारकाे टाउकाे काटेर अाएकाहरू सत्तामा छन, तर नेपालकाे पक्षमा सिन्काे भाँच्दैनन। कसरी हुन्छ त्रिपक्षीय सम्झाैता?

 नेपाल, चाइना र रसिया बीच त्रिदेशीय सुरक्षा समझौता गर्नु आजको आवश्यकता हो । के नेकपाको जन_सरकारले त्यो गर्ला ?

१. हिजो मात्र इन्डिया र अमेरिकाबीच सुरक्षा सम्बन्धी सम्झौता भएको छ । इंडिया र अमेरिका बीच “crucial 2+2 dialogue” मार्फत रक्षा सम्झौता (Defense Agreement) सम्पन्न भएको छ । यसरी, हिजोको दिन देखि, इन्डिया र रसियाको सम्बन्ध स्वतः निकै तल्लो स्तरमा झरेको छ । इंडिया असंग्लग्न राष्ट्रबाट स्वतः हटेको छ, कम्तीमा पनि ।
२. यसै गरी सन् दुईहजार पन्ध्रको ठूलो भूकम्प पछि, नेपाल र चिनियाँ पक्ष बीच, सुरक्षा सम्बन्धी सम्झौता हुनु पर्छ भनेर दर्जनौं पटक सार्वजनिक रूपमा लेखेको छु । यसमा साथीहरुले हुनु हुँदैन भन्नु भएको छ । तर म यो कुरामा पनि सहमत छैन अझै ।
३. "नेपालले रसियन शक्तिसँग पनि अब नयाँ उचाईमा सम्बन्ध अगाडि बढाउनु आवश्यक छ" भनेर यही वालमा लेखेको थिए कालापानी विवाद औपचारिक रूपमा बाहिर आए पछि । अर्थात् नेपालमा संविधान संशोधन गरी चुच्चे नक्शा समेटे पछि ।
४. धेरै साथीहरुले, "होइन रसियाले नेपाललाई सहयोग गर्दैन, भारतको पक्षमा उभिन्छ" भन्नु भयो । "इतिहासले त्यही बताउँछ" भन्नु भयो । तर म सहमत भएको थिएन । इतिहास नयाँ लेख्नु पर्छ भनेको थिए ।
५. उता रसिया र चीन वीच नयाँ प्रकारको सम्बन्ध स्थापित हुँदै छ । निकट भविष्यमा उनीहरू बीच नयाँ उचाइ प्राप्त हुने देखिन्छ अवश्य पनि ।
६. स्मरणीय कुरा यो छ कि, चीनले कहिले पनि नेपालको सर्वभौं सत्ता तथा अखण्डतामा औपचारिक वा अनौपचारिक रूपमा धावा बोलेको छैन । बरु बारम्बार भन्दै आएको छ कि, "नेपाल एक स्वतन्त्र राष्ट्र हो, हामी त्यसको सम्मान गर्छौ र नेपालसँग मिलेर अगाडि बढ्न तयार छौं" ।
७. तर इन्डियाले नेपालको स्वतन्त्रता कहिले पनि स्वीकार गरेको छैन । यसरी चिनियाँ र इन्डियनहरुको हेराइ दुई विपरीत ध्रुवमा रहेको छ, नेपालको स्वतन्त्रता, सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सवालमा । यी दुवै कुरालाई गहिरो गरी हेरियो भने यसको ठूलो अर्थ
हुन् जान्छ ।
८. अब नेपालले आफ्नो "स्वतन्त्रता, सार्वभौमिकता तथा भौगोलिक अखण्डता" लाई अक्षुण राख्न, चीन, रशिया तथा नेपाल गरी त्रिदेशीय सुरक्षा समझौता गर्नु पर्छ । अन्यथा नेपालको भौगोलिक अखण्डता समेत अझै धरापमा पर्ने छ । मेरो मन्द बुद्दी ले यही भन्छ ।
अस्तु ।
ए पोख्रेल ।

Sunday, October 13, 2019

चिनियाँ रेल र बिआरआई विरोधि कुतत्वहरुसंग लड्न एक जुट हौं !

प्रकाशित मिति : २६ आश्विन २०७६, आईतवार

-भरत दाहाल
चिनियाँ रेलको महत्वलाई विषयान्तर गर्ने दलाल प्रयास, रेलको महत्व भू-राजनीतिक संकटसंग जाेडएकाे छ।
रक्सौलबाट काठमाण्डूसम्म ईण्डियन रेल ल्याउने घोषणा हुँदा ईण्डो-पश्चिमा दलालहरु गद्गद थिए, कसैको मूखबाट विरोधको स्वर निस्केन। अहिले चिनियाँ रेलले काठमाण्डू जोड्ने विषय तय हुन थालेपछि विभिन्न रुपरंगमा संगठित गरिएका एजेन्टहरु अघोर ‘देशप्रेम’ले बौलाउनै थालेका छन्। कतिपयको हौवा छ ‘ऋणको पासो’मा फस्ने खतरा। कतिपय भिजनरी ठहरिएर बक्बकाउँदैछन् कि नेपालको प्राथमिकता रेल नभएर सडक यातायात हो। यीनीहरुले नेपालीहरुलाई पढाउनु पर्दैन।
हाम्रो भनाई छ: ईण्डो-पश्चिमा अत्याचारलाई अन्त्य गर्नका लागि पहिलो प्राथमिकता चिनियाँ रेल हो। यसको महत्व ईण्डियन घेराबन्दीबाट नेपाललाई मुक्त गर्ने प्रश्नसंग जोडिएको छ। नेपाललाई समुद्रसम्मको बाटो नदिएर ४ पटक नाकाबन्दी लगाएको कुरा किन गर्दैनन् एजेन्टहरुले ? यसको महत्व पश्चिमा साम्राज्यवादीहरुको हस्तक्षेपलाई बन्द गर्नुमा छ। यो सबै काम त्यो बेला मात्र संभव हुन सक्छ, जब बिआरआई मार्फत् नेपाल विश्व समुदायसंग जोडिने आधार बन्दछ। रेलकाे महत्व भू-राजनीतिक संकटसंग जाेडएकाे छ।
बिआरआई मार्फत् नेपाल विश्व समुदायमा प्रवेश पाउन थालेको अवस्थाबाट दलालहरु विक्षिप्त छन्। चिनियाँ रेल ल्याएर मात्र देशको विकास हुँदैन र विकासका लागि आफ्नो उत्पादन गर्नु पर्छ भन्ने कुरा तिनीहरुलाईभन्दा हामीलाई बढी थाहा छ। बिआरआई अवसर हो, चिनियाँ रेलले यसको ढोका खोल्छ। दलालहरुको चिन्ता नेपालमा ईण्डो-पश्चिमा साम्राज्यवादीहरुको नव-औपनिवेशिक अत्याचार अन्त्य हुन लाग्यो भन्ने कुरासंग जोडिएको छ। यीनीहरुको छट्पटाहटले समयको गती रोकिन्न।
ईण्डो-पश्चिमा दलालहरुको छटपटीले जन्मिएको नयाँ अर्थ-राजनीतिक अवधारणा ‘ऋणकाे पासाे’
अमेरीकन, यूरोपीयन र ईण्डियनहरुको शोषण, अत्याचार र ब्यापारघाटाले नेपालको टाट उल्टिंदासम्म ‘ऋणको पासो’ भन्ने पदावलि पहिले कहिल्यै कसैका मुखबाट सुनिएको थिएन। जब नेपाल र चीनका बिचमा trans-himalayan multidimensional connectivity network मा सहमति भयो र यसलाई बिआरआईको अभिन्न अङ्ग बनाएर चिनियाँ रेलमार्गबाट नेपाललाई जोड्ने कुरा आयो, तब यूरो-अमेरीकि स्कूलिङले ‘ऋणको पासो’ भन्ने पदावलीको आविष्कार गर्यो। अमेरीकि साम्राज्यवादीहरुले पहिलो पटक उच्चारण गरेको यो पदावली सिआईए, रअ र यूरोपीयन यूनियनका मानस पुत्रहरुका लागि थेगो बन्न पुग्यो।
नेपालीहरुलाई तर्साउन खटाईएकाहरुले विश्वबैंक, एशियाली विकास बैंक, अमेरीका, यूरोपीयन र ईण्डियनहरुले नेपालमाथि बोकाएको ऋणको भार कति छ भन्ने यथार्थता कहिल्यै खोल्न चाहेनन्। एक जना नेपाली नागरिकका टाउकामा बण्डा परेको झण्डै ४० हजार रुपैयाँको भार ईण्डो-पश्चिमा मुलुक र तिनका बहुराष्ट्रिय कम्पनीहरुले थोपरेको भार हो भन्ने कुरा सँधै लुकाएर बसे। अहिले यी निम्न कोटीका साम्राज्यवादी चाकरहरुका मनमा नेपालको चिन्ता जागृत भएको छ किनकि बिआरआईले यहाँका दलालहरुका पालनपोषणकर्ता साम्राज्यवादीहरुको एकाधिकारवादी अत्याचारलाई नेपालबाट विदा गर्ने आधार बनाउँदैछ।
संकटले कसैलाई छद्म आवरणमा लुकिरहन अनुमति दिंदैन। जसरी घोषित रुपमा कांग्रेस-बाबुरामहरु र अघोषित रुपमा अन्य दलको खोलमा लुकेका अपराधिहरुले नेपाल विश्व सञ्जालमा जोडिने प्रकृयाको विरोधमा उत्रिनु पर्ने र सहमतिका लागि निर्णय भैसकेको सुपुर्दगी सन्धिलाई रेण्डी बेरीको दबाबपूर्ण निर्देशनमा रोक्नु पर्ने अवस्था आयो, त्यसैगरी चिनियाँ राष्ट्रपतीको भ्रमणपछि नेपाली र गैर-नेपाली दलाल कित्ता तथा ईण्डो-पश्चिमा धुरी र सिनो-रसियन धुरीका बिचको ध्रुविकरण तिब्र भएर जानेवाला छ। नेपाललाई नर्कको आहालमा डुबाएर ‘ऋणको पासो’को कथा वाचन गर्ने देश विरोधि कुतत्वहरुसंग लड्न अब नेपालीहरु एक जुट हुनु पर्दछ।