सिद्ध गन्धर्व यज्ञद्यैर सुरैर
मरैरपि |
सेव्यमाना सदा भूयात् सिद्धिदा सिद्धि दायिनी ||
सेव्यमाना सदा भूयात् सिद्धिदा सिद्धि दायिनी ||
आज नवरात्रिको नवौं दिन, अर्थात महानवमी। वडा
दशैंको नवौं दिने पर्व आज देवी सिद्धिदात्रिको पूजा–आराधना गरी अधिराज्यभरि
हर्षोल्लासपूर्वक मनाइदैछ।
आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक
विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज
नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाआज गरिन्छ।
प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महालक्ष्मी, महाकाली र
महासरस्वतीको पूजा तथा सप्तासती पाठ गरी विजया दशमीका दिन विसर्जन गर्ने चलन छ, र सो कलशको जलले
अभिषेक गरि टीका-प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्दछ भन्ने विश्वास
रहिआएको छ।
आज विहान सबेरैदेखि अधिराज्यभरिका
देवी भगवतीका मन्दिर एवम् शक्ति पीठहरुमा असंख्य श्रद्धालु भक्तजनहरुको भीड लागेको
छ। अहिले काठमाडौँको हनुमानढोकास्थित ऐतिहासिक तलेजु मन्दिरमा हजारौं श्रद्धालु भक्तजनहरु
पूजा–आराधना गरिरहेका छन। तलेजु मन्दिर वर्षमा एक पटक आजकै दिन मात्र
सर्वसाधारणका लागि खुला रहन्छ।
आज विहानदेखि हनुमानढोका दरबारका साथै
नेपाली सेनाका ब्यारेक तथा गुल्महरुमा श्रद्धाभक्तिपूर्वक बाजागाजासहित बलि
चढाउनुका साथै जंगी निसानको पूजा तथा कोत–पूजा गर्ने काम भैरहेको छ। अजै सवारी
साधनहरुलाई पनि बलि दिएर पूजाआजा गर्ने चलन छ।
सिद्ध गन्धर्व यज्ञद्यैर सुरैर
मरैरपि |
सेव्यमाना सदा भूयात् सिद्धिदा सिद्धि दायिनी ||
सेव्यमाना सदा भूयात् सिद्धिदा सिद्धि दायिनी ||
माता सिद्धिदात्रि— दुर्गा भवानीको
नवौं अवतार— सिद्धिहरूकी दाता हुहुहुन्छ। नवमीका दिन माता सिद्धिदात्रि एवम्
कन्याको पूजनपछि मात्र नवरात्रिको अन्त्य हुन्छ। माता सिद्धिदात्रि आफ्ना
भक्तहरूलार्इ सबै प्रकारका सिद्धि प्रदान गर्नुहुन्छ। मार्कन्डेय पुराणमा उल्लेख
गरिएअनुसार, अणिमा, गरिमा, महिमा, लधिमा, प्राप्ति, प्रकाम्य, इशित्व अथवा बशित्व आदि यी आठ सिद्धिहरु सिद्धिदात्रि माताले दिने
बरदान हुन्। माता सिद्धिदात्रि आफ्ना भक्त तथा साधकहरुलाई यी सबै प्रकारका
सिद्धीहरु प्रदान गर्न समर्थ हुनुहुन्छ भन्ने विश्वास जनमानसमा रहिआएको छ। देवी
पुराणमा उल्लेख भएअनुसार, भगवान शिवले समेत माता सिद्धिदात्रिको कृपाले नै यी सिद्धिहरु
प्राप्त गर्नुभएको थियो। माता सिद्धिदात्रिको अनुकम्पाले भगवान शिवले अर्धनारिस्वर
रूप प्राप्त गर्नुभएको हो भनिन्छ।
सिंहलार्इ आफ्नो आशनका रूपमा अंगिकार
गर्ने माता सिद्धिदात्रिका चारवटा हात छन। तथापि माता सिद्धिदात्रि कमलको
फूलमाथि पनि आशिन हुनुहुन्छ। माता सिद्धिदात्रिको दाहिनेतिरको तल्लो हातमा चक्र, माथिल्लो हातमा गदा, बायाँतिरको
माथिल्लो हातमा कमलको फूल र तल्ली हातमा शंख छन।
नवमी तिथिमा माता सिद्धिदात्रिलार्इ
धानका लावा अर्पित गरेर ब्राह्मणलार्इ दिनुपर्दछ।
नवरात्रिको नवौं दिन शास्त्रीय विधिविधान
एवं पूर्ण निष्ठाका साथ माता सिद्धिदात्रिको पूजा आराधना गर्ने भक्तजनलाई सबै प्रकारका
सिद्धी प्राप्त हुन्छन। त्यसैले माता सिद्धिदात्रिको पूजनलार्इ विशेष महत्व दिइएको
छ।