Thursday, January 24, 2013

रातिमा जून लगेपछि त...कस्तुप पन्त बिष्णु माझी

उत्तर कोरिया आफ्नो तेश्रो आणविक परीक्षणको तयारीमा


File image of North Korean soldier at Panmunjomउत्तर कोरिया आफ्नो तेश्रो आणविक परीक्षणको तयारीमा रहेको उत्तर कोरियाली समाचार संस्था- केसिएनएले जनाएको छ। 

सो समाचार संस्थाद्वारा आज सार्बजनिक गरिएको विज्ञप्तिमा आफ्नो सबैभन्दा ठूलो शत्रु अमेरिकालाई लक्षित गरी उच्च स्तरको आणविक परीक्षण र लामो दूरीका रकेट प्रक्षेपण गर्ने योजना रहेको जानकारी मुलुकको सर्वोच्च सैनिक निकायले दिएको उल्लेख छ। तथापि, परीक्षणको समय सीमा भने तोकिएको छैन। 
उत्तर कोरियाको यो घोषणा राष्ट्र संघीय सुरक्षा परिषदले उत्तर कोरियाको हालैको रकेट प्रक्षेपणको निन्दा प्रस्ताब पारित गरेको दुइ दिनपछि गरिएको छ। 

उत्तर कोरियाले सन् दुइ हजार छ र नौमा दुइवटा आणविक परीक्षण गरिसकेको छ। तस्विर सौजन्य: बिबिसी 

हिजो राजावादी मरेनी बाचेनी के मतलब भनेर मौन समर्थन गर्नेहरु अहिले आन्दोलनमा? हरि पन्थी


डेकेन्द्रलाई जिउदै गाड़ियों वा मरे पछी गाड़ियों त्यो बयान दिने ब्यक्तीमै सबै कसरी बिस्वास गर्ने ? जब सबै घटनाक्रम नियोजीत छ पुरै जुन घटनाक्रमहरु आफै बोल्दै छन् हेर्नुस् आफै जसरी उचालीदैछ त्यसरी अनुसन्धानकै क्रममा भएको अभियुक्तसंग बयान पत्रकार ले लिएको छ ,अदालतमा फ़ैसला नभै सबै कुरा प्रचार गरिएको छ यस्ले सबै नियोजीत षड्यन्त्र राजनितीक प्रतिसोध वा बाईमानी हो भन्ने स्पष्ट छ १ महिना सम्म माओवादीको कब्जामा रहदा किन बोलेनन् पत्रकारहरु ? कसुर थियो या थिएन त्यसै बोल्छ नी काहाँ थिए आजका ईन्सेक लागाएतहरु ? सम्पर्कमै थिए निरन्तर माओवादीको सम्पर्कमै थिए सबै संस्थाहरु जो अहिले राजनिती गर्दैछन् नी त्यती बेला राजाको कार्यक्रम मा उद्घोषक भएकोले वास्ता गरेनन् किनकी तिनीहरु पनि राजा विरुद्ध थिए र उ राजावादी आज बल्ल कुरो उठाउने ? त्यो पनि राजनैतिक बदनामी गराउने उद्देश्य र सत्ता रोहणको मसलाको रुपमा ?

हिजो एक महिना सम्म माओवादीको कब्जामा निर्दोष नागरीक छ भनेर कहि कतै बिग्यप्ती निकाले त ? त्यो त सक्थे नि ? हिजो राजावादी मरेनी बाचेनी के मतलब भनेर मौन समर्थन गर्नेहरु अहिले आन्दोलन त्यो पनि जनताको नाममा ? पत्रकार माहासंघले बिग्यप्ती निकाले औपचारिकता पुरा गर्या थियो रे मरे पछी ,अनी अहिले किन ? त्यती बेला सदरमुकाममा उनिहरुकै कब्जामा थियो त्यही अहिले जस्तै माओवादी बिरुद्द डेकेन्द्रको पक्षमा १ महिना सम्म आबाज बुलन्द गरेको भए डेकेन्द्रको जिवन रक्षाको पहल हुन्थ्यो , इन्सेक लगाएत नकावधारी मानव अधिकारवादी नियमित सम्पर्कमै थिए माओवादी उच्च नेतृत्वसंग त्यसै वेलामा पहल गरेको भए जिल्ला नेतृत्वको केही लाग्ने थिएन माथीको आदेशको सम्मान गर्दै स-सम्मान छोडी दिने थिए जसरी अन्य थुप्रै घटनाहरुमा जस्तै तुरन्त पहल लिएको भए बच्न सक्थे तर त्यती बेला किन मौन बसे ? आज नियोजीत रुपमा प्रचारको लागी तोडमोड गरेर आतंक किन ? 

सबैलाई थाहा छ हिजोको बिद्रोह तिम्रो कानुन नियम , संबिधान र ब्यबस्था को बिरोधी हौँ हामी तिम्रो यो न्याय प्रणाली ,कानुन बिरोधी हौँ भनेर खुल्ला उद्घोष सहित बिद्रोह आह्वान गरिएको थियो त्यती खेरको बिद्रोही अहिले सबै छोडेर शान्ती प्रकृयामा राजनैतिक मुद्दा सहित आएको छ , शान्ती पुर्ण राजनितीमा बिस्वास गर्दै आएको छ सबै कुराहरु भुलेर आएको छ त त्यसै माथी फेरी हिजो तिमी बिरुद्द जे आरोप लागाएर युद्ध घोषणा गरेको थियो त्यही प्रकारको ब्यबहार किन गरीदैछ ?

दैलेख घटनाका सम्बन्धमा गृहमन्त्रालयद्वारा छानबिन समिति गठन

गृहमन्त्रालयले दैलेख जिल्लामा हिजो भएको घटनाको छानबिन गरी प्रतिवेदन पेस गर्न गृहमन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद ढकालको संयोजकत्वमा चार सदसीय छानबिन समिति गठन गरेको छ।

मन्त्रालयद्वारा आज प्रकाशित विज्ञप्तिमा उक्त समितिलाई सो घटना हुनुको कारण सम्बन्धमा सत्यतथ्य बुझी छानबिन गर्न र आगामी दिनमा यस्ता घटना हुन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कताका विषयमा समेत सिफारिससहितको प्रतिवेदन सात दिनभित्र पेस गर्न भनिएको छ। 

प्रधानमन्त्री बाबुराम भट्टराईसहितका विशिष्ट व्यक्तिहरु दैलेख जिल्लामा आयोजित एनेकपा (माओवादी)को जिल्ला अधिवेशनमा सहभागी हुने सिलसिलामा हिजो दैलेख पुग्दा स्थिति तनावग्रस्त बनेको थियो।

सो कार्यक्रममा विपक्षी दल र एनेकपा (माओवादी)का कार्यकर्ताबीच ढुङ्गा हानाहान हुनुका साथै विपक्षी दलका कार्यकर्ताले कार्यक्रममा समेत ढुङ्गामुढा गरेको र केही समय कार्यक्रम स्थगित समेत हुन गएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा झडप र साँझ एनेकपा (माओवादी)को कार्यालयमा रहेका फर्निचर र कागजातहरु आगजनी गरेकोलगायतका घटनाप्रति मन्त्रालयले दुःख व्यक्त गरेको छ। रासस

कर्णालीका पाँच जिल्लालाई सडकले जोड्ने कार्य सरकारको प्राथमिकतामा: प्रधानमन्त्री


baburamप्रधानमन्त्री बाबुराम भट्टराईले कर्णाली अञ्चलका पाँच जिल्लालाई सडक मार्गले जोड्ने कार्यलाई सरकारले प्राथमिकता दिइरहेको कुरा बताउनुभएको छ। 

एकीकृत नेकपा माओवादीको जिल्ला अधिवेशनका सन्दर्भमा आज हुम्लाको सदरमुकाम सिमिकोट पुग्नुभएका प्रधानमन्त्री भट्टराईले कर्णाली राजमार्गको निर्माण कार्यको जिम्मा नेपाली सेनालाई दिने निर्णय सरकारले गरेको कुरा बताउनुभयो। 

सिमिकोटमा कर्मचारीहरुसँगको भेटघाटका क्रममा बोल्दै प्रधानमन्त्री भट्टराईले जनताको काम छिटो-छरितो र पारदर्शी ढङ्गले गर्न सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरुलाई निर्देशन दिनुभयो।

सो अवसरमा हुम्लाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले हुम्लामा कारागार निर्माण, सिमिकोट-हिल्सा र सिमिकोट-कवाडी सडक निर्माणका लागि माग गर्नुभयो। 

नेपाली भन्ने हाम्रो पहिचान के?

भाषा र संस्कृतिका मानक र संरक्षक बन्नुपर्ने नेपाली संचार माध्यमहरु अहिलेआएर त्यसको अधोगतिका प्रमुख कारण बन्नथालेका छन। आफ्नो दायित्व र जिम्मेवारीलाई बिर्सेर भकाभक विदेशी शब्दहरु भित्र्याउने क्रममा पछिल्लो समयमा नेपाली संचार माध्यमहरुले अंगिकार गरेको शब्द 'रेलिगेसन' बनेको छ। नेपाली शब्दहरु 'झर्नु', 'खस्नु', 'घट्नु'को अर्थ दिँदोरहेछ हाम्रा संचार माध्यमहरुले मन पराएको यस शब्दले। यस सन्दर्भमा तथापि रेडियो नेपालको योगदानको भने कदर गर्ने पर्छ, जसले आफ्नो प्रशारणमा 'घटौती' शब्दको प्रयोग गरेको छ। 
नेपाली एफएमहरुको सुनाइका क्रममा पटक-पटक यो शब्द सुनेपछि मलाई अचम्म लाग्यो यो कस्तो शब्द रहेछ मैले आजसम्म नसुनेको भनेर। तर कुरा त अर्कै रहेछ- सेनाको सट्टा 'आर्मी', प्रहरीको सट्टा 'पुलिस', अस्पतालको सट्टा 'हस्पिटल' आदि आदि भन्न रुचाउने संचारकर्मी साथीहरुको मन परेको अंग्रेजी शब्द पो रहेछ यो। 
यी सबै कुरा सोचिरहेकै बेला मलाई आफूले एभिन्युज टेलिभिजनमा काम गर्दाको समय याद आयो। आफ्नो पहिचानलाई कायम राख्नका लागि नेपाली भाषा र संस्कृतिको संरक्षण गर्नुपर्छ भनी सोच्ने समूहको मानिस भएका हुनाले एभिन्युज टेलिभिजनमा 'डेस्क एडिटर'को नाताले समाचार-लेखहरु सच्याउने क्रममा मा यस्ता अंग्रेजी शब्दहरुलाई नेपाली शब्दमा रुपान्तरित गर्थें, तर प्रशारणका लागि समाचारको क्रम मिलाउने र अन्तिम पाठको जिम्मेवारी पाएका 'एडिटर इन कमाण्ड' पदका सम्पादक मित्रहरु मैले सेनामा रुपान्तरित गरेको शब्दलाई फेरि 'आर्मी'मै रुपान्तरित गरिदिंदारहेछन। यसैकारण मैले रुपान्तरित गरेको शब्द सेना नभैकन 'आर्मी'क रूपमा हावामा तरंगित हुन्थ्यो। 
तिनीहरुले अंग्रेजीमा लेखेको शब्द मैले नेपालीमा रुपान्तरित गरिदिएको भन्ने गुनासो शायद 'माथि'सम्म पुग्दोरहेछ। त्यसैले एक दिनको बैठकमा त्यस टेलिभिजनका प्रमुख भाष्कर राजकर्णिकारले 'कि तपाईं उनीहरुलाई मनाउनुस, कि आफै सच्चिनुस' भन्ने आसयको कुरा गर्नुभयो। म त्यस टेलिभिजनमा कसैलाई पढाउन त गएको थियिन, ताकि मैले उनीहरुलाई सम्झाउन-बुझाउन परोस। मैले त खालि एकजना इमान्दार संचारकर्मीको भूमिका मात्र निर्बाह गरिरहेको थिएँ। 
मैले त सोचिरहेको थिएँ, अंग्रेजीको सट्टा नेपाली शब्दहरुको उपयोग गर्ने मेरो अभियानमा प्रमुख राजकर्णिकारले समर्थन जनाउनुहोल भन्ने, तर त्यसो भएन। 'त्यसो भए तपाईं कोटलाई के भन्नुहुन्छ त?' भन्ने प्रश्न उहाँले मेरो अगाडि तेर्स्याउनुभयो। यहाँनेर कुरो ल्याइते शब्द 'कोट'को थिएन, कुरो खालि हाम्रो भाषामा चलनचल्तीमा रहेका आम नेपाली श्रोता-दर्शकहरुले बुझ्ने नेपाली शब्दहरु छँदाछँदै विदेशी शब्दहरुको प्रयोग नगरौं भन्ने मात्र हो। 
यसरी हामीले आफ्ना शब्दहरुलाई छोडेर विदेशी शब्दहरुलाई स्वीकार गर्दैगयौं भने भोलि हाम्रो भन्ने के रहला? सरकारी अधिकारी र मन्त्रीहरुले लाउनेपर्ने भनी अनिवार्य गरिएको दौरा-सुरुवालको प्रजातन्त्रको पुनर्बहालीसँगै दाहसंस्कार गरिसकियो, कपर्दीमा हामी सधै हर्छौँ, डन्डीबियो हामी खेल्दैनौं, आफ्नो भन्ने एउटा नेपाली भाषा छ, त्यसमा पनि आफूखुशी जानीजानी विदेशी शब्दहरुको अतिक्रमण बढाउँदैजाने हो भने नेपाली भन्ने हाम्रो पहिचान के त?    
 

आफ्नो अधिकार खोज्नेले अर्काको पनि अधिकार हुन्छ भन्ने बुझिदिनुपर्छ


"सबैभन्दा अपराध त दैलेखीलाई एकापसमा भिडाए। दैलेखी दैलेखीबिच यो र त्यो पार्टी भन्दै उचाले। बिभाजित गराएर। कुटाकुटमा उतारे। आगो झोस्न सन्काए। घर भत्काउन उचाले। एक आपसमा शत्रुताको बिउ रोपिदिए । राजनितिक दलका आयातित नेता र कार्यकर्ता त स्वार्थ सक्किएपछि हिँड्छन्। तर दैलेखी जनता त सधैं त्यहिँ बस्नु पर्छ। हरेक दिन जम्काभेट हुन्छ। त्यहिँको खोलो र कुलो, चौतारो र धारोमा सँगै रमाउनु पर्छ। तर देख्दै ‘यो मेरो शत्रु हो’ भन्ने भएपछि दैलेखीहरुको बिचमा सधैं मन फटाएर, एकले अर्कोलाई देख्दा अर्कोतिर टाउको फर्काएर, मुर्मुरिएर बस्नु पर्ने छ। तिनले राजनितिक फाटो त बनाइदिए, बनेकै हुँदा हुन्। तर मन पनि फटाइदिएर अपराध गरे। नत दैलेखीले गरेको आशानै पुरा भयो"। 
ससंग लामाले आफ्नो 'फेसबुक स्थिति'मा लेख्नुभएको, अभिव्यक्त गर्नुभएको यो चिन्ता गहनजस्तो लाग्यो। तर त्यति आत्तीहाल्नुपर्ने बाहिर प्रचारमा आएजस्तो स्थिति दैलेखमा आइपरेको होइन जस्तो लाग्छ। यहाँबाट सम्बन्धित दलका र दलसम्बद्ध, अनि समर्थकहरु त्यहाँ पुगे, त्यहाँका दलीय कार्यकर्ताहरुलाई उचाले, भिडभाड भैगो। दैलेख बजार कति नै ठूलो छ र। दैलेखका आम जनता उर्लिनाथाले भने त दैलेख बजार कि बग्छ, कि सुक्छ। दैलेख बजारबासीहरु जनताका नाममा पक्कै पिडित भएको हुनुपर्छ, तर आम दैलेखबासी पक्कै होइन।  
जहाँसम्म 'राजनितिक दलका आयातित नेता र कार्यकर्ता त स्वार्थ सक्किएपछि हिँड्छन्। तर दैलेखी जनताले त सधैं त्यहीं बस्नुपर्छ, हरेक दिन जम्काभेट हुन्छ, त्यहींको खोलो र कुलो, चौतारो र धारोमा सँगै रमाउनुपर्छ।' भन्ने कुरा छ, त्यो सत्य हो। उनीहरु आफ्नो स्वार्थ शिद्ध भएपछि पक्कै फर्कन्छन, त्यहाँ तीनको साथ दिनेहरुलाई बोकेर काठमाडौँ ल्याउँदैनन। उनीहरुले त्यहीं रमाउनुपर्ने हुन्छ। यसर्थ बुझ्नुपर्ने उनीहरुले नै थियो। 

शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने एक पक्षको अधिकार थियो भने, सभा सम्मेलन गर्ने, त्यसमा सहभागी हुनपाउने अर्काको पनि अधिकार हुन्छ भन्ने सबैले बुझिदिनुपर्थ्यो। यसो भएको भए कुनै मुटभेडको स्थिति आउन पाउँदैनथ्यो।
आफूमाथि भएको अन्यायलाई अन्याय, अर्कामाथि भएको अन्यायलाई न्याय देख्ने हाम्रो देशको राजनीतिक परिपाटी र यस राजनीतिप्रति नेपाली जनताको निरपेक्षता, उदासीनता, विरक्तिको परिणाम हो दैलेखको पछिल्लो घटना। यस घटनालाई जनताले राम्रैसङ्ग मूल्यांकन गरेको हुनुपर्छ, जसको परिणाम निस्पक्ष निर्वाचनका बेला अबश्य देखिने छ। तस्विर सौजन्य: गुगल/इकान्तिपुर