नेपाली राजनीतिको इतिहासमा नयाँ घटना आज भयो- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न कांग्रेस सभापति शुशिल कोइराला पुग्नुभयो। यसअघि आजसम्म नेपाली कांग्रेसको कुनै पनि सभापति माओबादी नेताहरुलाई भेट्न गएन। देशका प्रधानमन्त्री पुष्पकमल दाहाल, बाबुराम भट्टराई समेत बुढा नेताहरुको सम्मान गर्दै उनीहरुकै निवासमा भेट्न पुग्थे।
कोइरालालाई के कुराले दाहाल निवास पुग्न लगायो त? लोभले कि देशको समस्याको चिन्ताले? देशको चिन्ता त यी कसैलाई पनि छैन भन्ने कुरा जगजाहेर भैसकेको छ। देश भड्खालोमा पुग्नलागिसक्दा पनि समस्याको समाधानतिर लाग्नुको साटो तँ कुर्ची छोड म बस्छु भन्न लाज नमन्नेहरुमा बुद्धी पलायोहोला भनेर सोच्नु त मुर्खता मात्रै हुन्छा। उहाँलाई देशको प्रधानमन्त्री हुन पाइहाल्छु कि भन्ने लालचले नै दाहालको ढोका ढकढकाउन मन लागेको हुनुपर्छ।
जे होस्, कम्तिमा भेट त भयो। यसले पनि सकारात्मक पक्षको शुरुवात गराउन सक्छ। उहाँहरुले भेटमा केही गर्न नसके पनि सधै झैं दुई पार्टीबीच समझदारी गरी अघि बढ्ने सहमति भएछ । यस सहमतिमा सत्ताकै गन्ध आउँछ। अरु केही होइन।
सम्पूर्ण जल्दाबल्दा विषयमा समग्रमा सहमति गरे काग्रेसलाई प्रधानमन्त्री दिनसकिने भन्दैआएको माओवादीले अन्य कुनै पनि विषयमा सहमति नै नगरिकन प्रधानमन्त्रीको उम्मेदवारी दिनपुग्नुभएका कोइरालालाई स्वीकार नगरेपछि माओवादीले धोखा दियो भन्नेहरु माओवादीलाई विनासर्त कुर्चीबाट झार्न बाहेक अरु कुनै कारणले माओवादीको ढोकामा उभिन पुग्नसक्दैनन। सधै माओवादीलाई नै थांगनामा सुताउन पल्केकाहरु ममता दर्शाएको जस्तो गरेर फेरि लाभ हासिल गर्नसक्छन। यस कुरामा माओवादी सजग हुनैपर्छ।
तथापि, एमाओवादी अध्यक्षलाई महामन्त्री सिटौलालेले भेटेपछि दाहाललाई भेट्न पुगेका कोइरालाको सक्रियतालाई महत्वपूर्ण मान्नै पर्छ, यदि यो देश र जनताका लागि हितकर भयो भने। अन्यथा, यो सक्रियता कुर्चीमै सिमित भयो भने यो पक्कै लाजमर्दो कुरा हुनेछ।
तस्विर सौजन्य: इकान्तिपुर
तस्विर सौजन्य: इकान्तिपुर