Sunday, January 6, 2013
सामूहिक बलात्कारको घटनामा मारिएकी आफ्नी छोरीको वास्तविक नाम सार्बजनिक गर्न पिताद्वारा माग
गत डिसेम्बर सोह्र तारिख बेलुकि दिल्लीको नगर बसमा भएको सामूहिक बलात्कारपछि जीवन गुमाउनपुगेकी तेइस वर्षीया औषधि विज्ञानकी छात्राका पिताले आफ्नी छोरीको वास्तविक नाम सार्बजनिक गर्न माग गरेका छन।
बेलायतबाट प्रकाशित हुने सन्डे पिपल्स न्युस्पेपरलाई दिएको अन्तर्वार्तामा उनले 'हामी हाम्री छोरीको वास्तविक नाम विश्वले थाहा पाओस भन्ने चाहन्छौं। मेरी छोरीले कुनै गलती गरेकी छैनन। उनि आत्मरक्षा गर्दागर्दै मारिएकी हुन। उनको नाम सार्बजनिक हुँदा यस्ता आक्रमणमा परेका अन्य महिलाहरुलाई साहस मिल्ने छ।'

एकजना मन्त्री शशी थरूरले ती युवतीको नाम सार्बजनिक गर्न सम्बन्धित अधिकारीहरु समक्ष माग गर्नुभएको छ ताकि उनको नाम बलात्कार बिरोधी नयाँ कानूनमा प्रयोग गर्न सकियोस।
भारतीय कानूनले यौन अपराधको शिकार भएकाहरुको नाम सार्वजनिक गर्न प्रतिबन्ध लगाएको छ।
तस्विर सौजन्य: बिबिसी
नेपाल आमाको छातीमा कम त पींडा भएको छैन!
नेपाल आमाले धेरै गद्धारहरुलाई जन्म दिन वाध्य हुनुपरेकोमा दुख लाग्छ! अनि तिनीहरुलाई चिन्न नसक्ने अरु सपुतहरु जन्माएकोमा झन् दुख लाग्छ। किनभने ती अबुझ सपुतहरु पनि गद्धार कपुतहरुभन्दा कम दोषी छैनन यस देशको दुर्दशाका लागि!
नेपाल आमाले जन्म दिएकी छन, यस्ता कपुतहरुलाई, जो आफ्नो राजनीतिक स्वार्थ पूरा गर्नका लागि नेपाल र नेपालीप्रति गद्दारी गर्छन, पछिगएर पछुताउन पनि जान्दैनन, बरु उल्टै आदर्शवादी कुरा गर्छन, मानौं उनीहरु एकदम अछुता छन।
कुनै बेला नेपाली भएकोमा गर्ब गरिएका व्यक्ति भारतले अरबौं रुपैयाँ खर्च गरेर लुम्बिनीको काखैमा नक्कली लुम्बिनी बनाएर सक्ने बेलामा राष्ट्र संघका महासचिव नेपाल आउँदा वास्तविक लुम्बिनीको प्रचार-प्रसार हुने चिन्ताले अत्तालिएको भारतलाई खुशी बनाउनका लागि अनाबश्यक बहाना बनाएर महासचिव बान कि मुनको नेपाल भ्रमण रद्द गराउन ज्यान दिएर लाग्नेहरुले आम नेपालीको चित्त दुखाएर भारतलाई खुशी बनाएको देख्दा नेपाल आमाको छातीमा कम त पींडा भएको छैन!
आफ्नो स्वार्थअनुकुल हुनेभए हरेक कुरामा भारतमा यस्तो भएको थियो, उस्तो भएको थियो भन्नेहरु आफ्नो स्वार्थ विपरित हुनेभए राम्रो उदाहरणको पनि उच्चारण नै गर्दैनन। प्रधानमन्त्रीको सम्मति र सल्लाहअनुसार कम गर्ने अधिकार दिइएका संवैधानिक राष्ट्रपतिलाई बाबुरामलाई हटाएर सहमतिको सरकार गठन गरिदेउ भन्नेहरुले पनि आफूलाई यस देशका सपुत नै भन्ठानेकाहोलान। गर्नु के? जनता गौप्राणी भएको देशका नेताहरु छाडा हुँदारहेछन, अनि तिनका झोलेहरुको कुरै के गर्नु!
नेपालका परराष्ट्रमन्त्री भनी द टेलिग्राफले छापेको कृष्णहरि बाँस्कोटाको फोटो नेपाली जनमानसको धारणालाई दिग्भ्रमित गर्नु
भारतीय समाचार पत्रहरुमा नेपालका राजाको नाम समेत गलत छापिएर आउँदा 'उनीहरुमा नेपालबारेको ज्ञानको कमी' भन्दथ्यौ हामीहरु पहिले। तर यथार्थ यो होइन। यथार्थ हो, जनमानसको धारणालाई दिग्भ्रमित गर्नु।
नेपालसँग सन् १८१६ देखि कुटनैतिक सम्बन्ध भएको बेलायतबाट प्रकाशित हुने लोकप्रिय पत्रिका द टेलिग्राफका सम्पादकलाई नेपालको परराष्ट्रमन्त्रीको नाम थाहा नभएको अबश्यै होइन।
यस पत्रिकाको वेभसाइटमा नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नाम उल्लेख गरेर प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाको फोटो राखिएको घटनाले नेपालको संचार क्षेत्रको ध्यान केही समयका लागि भए पनि अन्तै मोड्छ, र विश्वको एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको प्रजातान्त्रिक सरकारलाई थाहै नदिई त्यस देशको नागरिक, त्यो पनि राष्ट्र संघीय शान्ति सेनामा कार्यरत सैनिक अधिकारी, लाई आफूखुशी गिरफ्तार गर्ने, र नेपालको विरोधको वास्तै नगरी उनी विरुद्ध बेलायतको अदालतमा मुद्धा चलाउने संयुक्त अधिराज्य सरकारको अर्घेल्याईंको पर्दाफास गर्ने कार्यमा केही हदसम्म बाधा सिर्जना गर्छ।
यस अर्थमा द टेलिग्राफले जानीजानी बाँस्कोटाको फोटो राखेको हुनुपर्छ भन्ने मेरो धारणा छ।

पश्चिम प्रजातन्त्रको नमूना: शक्तिको राजनीति
शक्तिको राजनीति भनेको यो हो। विश्वमा प्रजातन्त्र र मानव अधिकारको दुहाई दिदै हिड्ने पश्चिमका धनि र शक्तिशाली राष्ट्रहरु सबै मिलेर आफ्ना विरोधीहरुलाई सखाप पार्नका लागि कहिले इराक त् कहिले अफगानिस्तान, कहिले लिबिया त कहिले इजिप्ट पुग्छन। आफूलाई चुनौती दिन आँट गर्नेहरुलाई तानाशाह, वा आतंकवादीको संज्ञा दिन्छन। तर यीनलाई मनपर्ने भएको खण्डमा विश्वमा आतंकवादको नमूना बनेको इजरेललाई समेत काखी च्यापिरहन पछि पर्दैनन। यीनलाई मनपर्ने देशले दिनकै आणविक हतियार परिक्षण गरे पनि फरक पर्दैन, तर यिनलाई मन नपर्ने इरान र उत्तर कोरियाले विजुली बाल्नका लागि पनि आणविक भट्टी बनाउँदा राष्ट्र संघमार्फत नाकाबन्दी लगाउँछन्।
अब यिनीहरुको कुदृष्टि नेपालतिर परेको छ। विश्वको एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको प्रजातान्त्रिक सरकारलाई थाहै नदिई त्यस देशको नागरिक, त्यो पनि राष्ट्र संघीय शान्ति सेनामा कार्यरत, लाई आफूखुशी गिरफ्तार गर्ने, सम्बन्धित देशको विरोधको वास्तै नगर्ने, नेपालमा युद्ध अपराध गरेको आरोपमा बेलायतमा कारबाही गर्ने रे?! धरौटीमा छाड्न न्यायाधीशले अस्वीकार गर्ने रे?! भारतलाई उपनिवेश बनाएर त्यसमाथि राज गरेर लूट मच्चाइरहेको बेला नेपाललाई उपनिवेश बनाउन नसकेको रिस अहिले पोख्नखोजेको हो कि?
विश्वको एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको प्रजातान्त्रिक सरकार, यस देशको सबैभन्दा ठूलो राजनीतिक दल- एकीकृत नेकपा माओवादी, र नेपालीको दोश्रो ठूलो प्रजातान्त्रिक दल- नेपाली कांग्रेसले नेपाललाई थाहै नदिई बेलायतद्वारा गरिएको यस गिरफ्तारीको विरोध गर्दागर्दै त्यसको वास्तै नगरी लामालाई अदालतमा उपस्थित गराउनु शक्तिको राजनीति नभई अरु के हुनसक्छ?
Subscribe to:
Posts (Atom)