Sunday, January 6, 2013

पश्चिम प्रजातन्त्रको नमूना: शक्तिको राजनीति


शक्तिको राजनीति भनेको यो हो। विश्वमा प्रजातन्त्र र मानव अधिकारको दुहाई दिदै हिड्ने पश्चिमका  धनि र शक्तिशाली राष्ट्रहरु सबै मिलेर आफ्ना विरोधीहरुलाई सखाप पार्नका लागि कहिले इराक त् कहिले अफगानिस्तान, कहिले लिबिया त कहिले इजिप्ट पुग्छन। आफूलाई चुनौती दिन आँट  गर्नेहरुलाई तानाशाह, वा आतंकवादीको संज्ञा दिन्छन। तर यीनलाई मनपर्ने भएको खण्डमा विश्वमा आतंकवादको नमूना बनेको इजरेललाई समेत काखी च्यापिरहन पछि पर्दैनन। यीनलाई मनपर्ने देशले दिनकै आणविक हतियार परिक्षण गरे पनि फरक पर्दैन, तर यिनलाई मन नपर्ने इरान र उत्तर कोरियाले विजुली बाल्नका लागि पनि आणविक भट्टी बनाउँदा राष्ट्र संघमार्फत नाकाबन्दी लगाउँछन्। 
अब यिनीहरुको कुदृष्टि नेपालतिर परेको छ। विश्वको एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको प्रजातान्त्रिक सरकारलाई थाहै नदिई त्यस देशको नागरिक, त्यो पनि राष्ट्र संघीय शान्ति सेनामा कार्यरत, लाई आफूखुशी गिरफ्तार गर्ने, सम्बन्धित देशको विरोधको वास्तै नगर्ने, नेपालमा युद्ध अपराध गरेको आरोपमा बेलायतमा कारबाही गर्ने रे?! धरौटीमा छाड्न  न्यायाधीशले अस्वीकार गर्ने रे?! भारतलाई उपनिवेश बनाएर त्यसमाथि राज गरेर लूट मच्चाइरहेको बेला नेपाललाई उपनिवेश बनाउन नसकेको रिस अहिले पोख्नखोजेको हो कि? 
विश्वको एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको प्रजातान्त्रिक सरकार, यस देशको सबैभन्दा ठूलो राजनीतिक दल- एकीकृत नेकपा माओवादी, र नेपालीको दोश्रो ठूलो प्रजातान्त्रिक दल-  नेपाली कांग्रेसले नेपाललाई थाहै नदिई बेलायतद्वारा गरिएको यस गिरफ्तारीको विरोध गर्दागर्दै त्यसको वास्तै नगरी लामालाई अदालतमा उपस्थित गराउनु शक्तिको राजनीति नभई अरु के हुनसक्छ? 

No comments:

Post a Comment