Tuesday, December 11, 2012

माधव नेपाल अन्तराष्ट्रिय वातावरण संरक्षण सहकार्य संगठनको सह-अध्यक्षमा निर्वाचित


नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अन्तराष्ट्रिय वातावरण संरक्षण सहकार्य संगठनको सह-अध्यक्षमा निर्वाचित हुनुभएको छ। 
वातावरणीय संरक्षणका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उक्त संगठनको इन्डोनेसिया बालीमा सोमबार बसेको अध्यक्ष मण्डलको बैठकले नेपाललाई निर्विरोध सहअध्यक्षमा निर्वाचित गरेको बताइएको छ।
उक्त सम्मेलनमा विश्वका चालिसभन्दा बढी मुलुकका चार सय पचासजनाभन्दा बढी प्रतिनिधि सहभागी  थिए।  श्री नेपाल बुधबार स्वदेश फर्किनुहुने कार्यक्रम छ ।
तस्विर सौजन्य: इकान्तिपुर 

कक्षा एघारको परीक्षाफल आज प्रकाशित


उच्च माध्यमिक शिक्षा परिषदले गत वैशाख-जेठ महिनामा संचालित कक्षा एघारको परीक्षाफल आज प्रकाशित गरेको छ । यसअघि, परिषदको कार्यालय सानोठिमीमा बसेको परीक्षा समितिको बैठकले कक्षा ११ को विज्ञान, मानविकी, व्यवस्थापन र शिक्षा शास्त्र संकायको परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियो। 

परीक्षामा सम्मिलित नियमिततर्फका कुल दुइ लाख त्रियासी हजार तीन सय उनान्साठी परीक्षार्थीमध्ये एक लाख चौध हजार उन्नाइस परीक्षार्थी उत्तिर्ण भएका छन जो कुल परीक्षार्थीको चालिस दशमलव तीन आठ प्रतिशत मात्र हो ।


तथापि, यो परिणाम गत वर्षको तुलनामा शून्य दशमलव छ दुइ प्रतिशतले बढी हो। गत वर्ष ३९ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका थिए । परीक्षामा अनियमितता गर्ने दुइ सय उनानब्बे परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ भने चौधजनाको  परीक्षाफल स्थगित गरिएको जानकारी परिषदले दिएको छ। 
यसैगरी, आंशिकतर्फ कुल एक लाख अन्ठाउन्न हजार छ सय उनानब्बे परीक्षार्थीमध्ये एकाउन्न हजार पाँच सय पच्चीस परीक्षार्थी उत्तिर्ण भएका छन् । 
यसैबीच, नियमिततर्फ कुनै एउटा विषयमा असफल हुने विद्यार्थीको मौका परीक्षा पुस अठ्ठाइस गते हुने जानकारी उच्च माध्यमिक शिक्षा परिषदले दिएको छ


आगामी दुइ दसकमा अमेरिकलाई उछिनेर चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने

एसियाले सन दुइ हजार तीससम्ममा विश्वमा अमेरिका र यूरोपको संयुक्त शक्तिभन्दा बढी (शक्ति) हासिल गर्ने भविष्यवाणी अमेरिकी बौद्धिक समुदायले गरेको छ। 

राष्ट्रपति ओबामाको दोश्रो अवधिका लागि निर्बाचन लगत्तै सार्बजनिक गरिएको 'विश्वब्यापी प्रवृत्ति 2030' नामक प्रतिवेदनमा आगामी दुइ दसकमा  अमेरिकलाई उछिनेर चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने कुरा उल्लेख गरिएको छ। 


उमेर पुगेका अशक्त नागरिक बढी हुनेभएका कारण विकसित देशहरुको आर्थिक वृद्धि मन्द हुने र जीवन स्तर पनि घट्ने चेतावनी सो प्रतिवेदनमा दिइएको छ। 

हरेक चार वर्षमा प्रकाशित गरिने यस प्रतिवेदनमा 2030 सम्म एसिया जनसंख्या, कुल गार्हस्थ्य उत्पादन, सैनिक खर्च प्राविधिक क्षेत्रमा लगानी आदि हरेक दृष्टिकोणले विश्वमा अग्रस्थानमा रहनेछ।

अट्ठाइस हजार रुपियाँको धरौटी एमाओवादी अध्यक्ष दाहालले तिरिदिएपछि कुँवर धरौटीमा मुक्त


एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्कमल दाहाललाइ झापड हान्ने बाग्लुंगका पदम कुँवर धरौटीमा रिहा भएका छन। 
एमाओवादी अध्यक्ष दाहालले नै कुँवरले बुझाउनुपर्ने अठ्ठाइस हजार रुपियाँ धरौटी जिल्ला प्रशासन कार्यालयमा जम्मा गरेपछि कुँवरलाई मुक्त गरिएको हो। 
प्रशासनले २८ हजार रुपिँया धरौटी लिएर तारेखमा छाड्ने आदेश दिएकोमा धरौटी तिर्न नसक्दा जेल चलान गरिएका  कुँवर दाहालले धरौटी बुझाइदिएपछि मुक्त भएका छन्। 
सात दिनको तारेखमा छाडिएका कुँवरलाइ उनका भिनाजु भिम भारतीको जिम्मा लगाइएको छ ।  

अट्ठाइस हजार रुपियाँको धरौटी एमाओवादी अध्यक्ष दाहालले तिरिदिने


केका लागि झापड हानेहोलान एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बाग्लुंगे भाइ पदम कुँवरले? आखिर उनी अट्ठाइस हजार रुपियाँ धरौटी पनि तिर्न नसक्ने अवस्थाका रहेछन। गाँउका सिधासादा नेपालीहरु बरु पिंडा खपेर बस्छन, तर यस्ता हुलहुज्जत गर्ने काम गर्दैनन्। यसो गर्नुको उद्देश्य के चर्चामा आउनु नै थियो त उनका लागि? या त कसैले उनलाई उकास्यो? सबै ठुला पार्टीका नेताहरुले झापट खाइसकेको अवस्थामा एकीकृत नेकपा माओवादीका नेता मात्र चोखो रहेकोमा कसैलाई दाढ़ लागेको थियोहोला कि! 

जे होस्, आफै गरे पनि, कसैले उकासेर गरे पनि एक दुइजनाको झापडले यी भ्रष्टहरुले भरिपूर्ण यस देशमा कुनै सुधार हुनेवाला छैन भन्ने कुरा त कुँवर भाइले देशका पछिल्ला राजनीतिक परिघटनाबाट अनुमान लगाइसक्नुभयोहोला। यदि नबुझ्नुभएको भए म सुझाव दिने धृष्टता गर्छु: भेडा-बाख्राका रूप धारण गरिसकेका हामी सबै नेपालीहरुले एक जुट भएर प्रजातन्त्रका खोल ओढेका यी सबै 'गधा'हरुलाई बहिष्कार गर्नसकेको खण्डमा मात्र देशको अवस्थामा सुधार आउने छ। 
अहिले मैले यो 'प्रजातन्त्र'भन्दा पंचायती प्रजातन्त्र शान्ति-सुरक्षा र जनहितका दृष्टिकोणले राम्रो थियो भन्दा कसैले मलाई प्रतिगामी पन्चे भन्नसक्छ। तर म कसैको अन्ध-भक्त पनि होइन, र कसैको झोले पनि होइन जो मालिकको झोला बोकेवापत पाउने दुइ पैसाका लागि उसका हरेक गलतीलाई पनि सही भन्दैहिंड्छ। म त सही राम्रो कुरा त कट्टर विरोधीले गरेको भए पनि समर्थन गर्छु, र लाजै नमानी अनुसरण पनि गर्छु। सहीलाई सही भन्न केको लाज? हैन त? 
अट्ठाइस हजार रुपियाँको धरौटी पनि आफै तिरेर तारिखमा उम्कन नसक्ने (या त नसक्ने देखाएका) कुँवर भाइको धरौटी स्वंय एमाओवादी अध्यक्ष दाहालले तिरिदिने भएपछि कुँवरको घैंटामा घाम लग्योहोला कि, को आफ्नो को पराया भन्ने कुराको ज्ञात भयोहोला कि! यदि कसैले उक्साएर नै झापड हन्नापुगेको भए, त्यो उक्साउने मानिस त तिमीलाई सहयोगको हात बढाउन आइपुगेन!
जे होस्, कुँवरको रिहाइसम्बन्धी प्रक्रियागत कुराहरुका बारेमा माओवादी अध्यक्ष दाहालले प्रहरी महानिरीक्षक कुवेरसिंह रानासङ्ग  टेलिफोनमा छलफल गरिसक्नुभएको छ। दाहालका स्वकीय सचिव चुडामणि खड्काले कुँवरको धरौटी तिरिने बताइसक्नुभएको छ। भनेपछि, कुँवर भइ छिट्टै रिहा होलान। यसको केही सकारात्मक प्रभाव पर्छ कि! 
तस्विर सौजन्य: इकान्तिपुर