Tuesday, December 25, 2012
म्यान्मामा यात्रुबाहक विमानको आकस्मिक अवतरण: कम्तिमा दुइजनाको मृत्यु, एघारजना घाइते
म्यान्मामा साठीजनाभन्दा बढी यात्री लिएर गैरहेको विमानलाई आकस्मिक अवतरण गराउने क्रममा कम्तिमा दुइजना मारिएका छन् भने अन्य एघारजना घाइते भएका छन।
हेहो बिमानस्थलको धावन मर्गदेखि करिब तीन किलोमिटर अगावै मोटर बाटो छेउको खेतमा गराइएको सो आकस्मिक अवतरणका क्रममा मारिनेमध्ये एउटी विमानमा सवार बालिका र एकजना बाटामा गुडिरहेका मोटर साइकल चालक रहेको कुरा म्यान्माली अधिकारीहरुले जनाएका छन।
विमानका दुइमध्ये एउटा इन्जिनमा आगो लगेर सो दुर्घटना भएको हुनसक्ने अनुमान कुरा समाचारमा जनाइएको छ। तस्विर सौजन्य: बिबिसी
भट्टराईलाई निषेध गरेर शुशिल कोइरालालाई प्रधानमन्त्री स्वीकार्न सकिन्न: सल्लाहकार देवेन्द्र पौडेल
प्रधानमन्त्री बाबुराम भट्टराईका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले 'भट्टराईलाई निषेध गरेर शुशिल कोइरालालाई प्रधानमन्त्री स्वीकार्न नसकिने' कुरा बताउनुभएको छ। रिपोर्टस् क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले 'वर्तमान प्रधानमन्त्रीको विकल्प अध्यक्ष दाहाललाई बनाइने खुलासा गर्दै दलहरुले वास्तवमै निकास चाहेको हो भने अध्यक्षलाई प्रधानमन्त्री बनाउन गठबन्धनले तयारी गरिसकेको दाबी गर्नुभयो। वर्तमान गठबन्धनले नै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नाम प्रस्ताव गर्ने र त्यसैमा सहमति खोज्ने तयारी गरेको जानकारी सल्लाहकार पौडेलले दिनुभयो।
पौडेलले दुई चरणमा सहमति हुनुपर्ने धारणा राखे । पहिलो चरणमा संविधान सभाका लागि निर्वाचनको मिति घोषणा, रिक्त संवैधानिक आयोगमा पदपूर्ति र संविधान संशोधनलगायतका विषयबारे समग्रमा सहमति गर्ने र त्यसपछि निश्चित समयसम्म अहिलेकै सरकारलाई सहमतिको सरकारमा रुपान्तरण गरेर त्यसपछि निर्वाचन सम्पन गराउनका लागि कांग्रेसलाई नेतृत्व हस्तान्तरण गरिने स्पष्ट पार्नुभयो।
उता नेपाली कांग्रेसका सभापति शुशिल कोइरालाले पार्टीका क्षेत्रीय सभापतिहरुको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री पदका लागि आफ्नो जीवनभरिको आदर्श दाउमा नराख्ने कुरा बताउनुभएको छ।
मेरो विचार: यसरी कसरी सहमति हुनसक्छ? एक-अर्काप्रति कुकुर-बिरालाको जस्तो व्यवहार गरेर सहमतिको अपेक्षा गर्न सुहाउछ र? राजनीतिमा कोही पनि कहिलेइ पनि सदाका लागि शत्रु वा सदाका लागि मित्र हुदैन भनिन्छ। जब कुनै निश्चित दल प्रधामन्त्री उपस्थित भएको हरेक कार्यक्रम बहिस्कार गर्छ, प्रधानमन्त्रीप्रति अछुतको जस्तो व्यवहार गर्छ, अनि अपेक्षा गर्छ- उसले प्रधानमन्त्रीको कुर्ची छोदिदेओस, म बस्छु त्यसमा। सुहाउला र यसो गर्न? तस्विर सौजन्य: इकान्तिपुर
पर्वतको कुस्मा बजार र बाग्लुङको बलेवा जोड्ने यान्त्रिक पुल संचालनमा
पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजार र बाग्लुङ जिल्लाको बलेवा जोड्ने यान्त्रिक पुलको निर्माणले डेढ/दुइ घन्टाको बाटो तीन मिनेटमा छोट्टीएपछि स्थानीय बासिन्दा निकै खुशी भएका छन।
निजी क्षेत्रको लगानीमा निर्माण गरिएको काली गण्डकी पार गर्ने रज्जु मार्ग ढाँचाको यस यान्त्रिक पुल संचालनमा आएपछि खासगरी बुढा-बूढी र केटा-केटीलाई सुबिधा भएकोछ।
गत शनिबारदेखि परिक्षणक रुपमा संचालनमा ल्याईएको यस यान्त्रिक पुलले वरपरका क्षेत्रको आर्थिक/ब्यापारिक गतिबिधि बढाउनुका साथै स्थानीय बृद्ध-बृद्धा, बाल-बालिका, अशक्त, अपाङ्गहरुलाई ठूलो सुविधा उपलव्ध गराएको छ।
चार करोड रुपियाँको लागतमा निर्माण गरिएको यस पुलका कारण बाग्लुङको बलेवा विमानस्थल पुनः संचालनमा आउनसक्ने आशा स्थानीय बासिन्दाहरुले गरेका छन।
पाँच सय पचास मिटर लामो र दुइ सय चौरानब्बे मिटर अग्लो यस यान्त्रिक पुलको संचालनले पर्वत र बाग्लुङका कयौं गाविसलाई प्रत्यक्ष फाइदा पुग्नुका साथै आसपासका भैरवस्थान, मुलाबरी, गुप्तेश्वर गुफा जस्ता धार्मिक तथा पर्यटकीय महत्वका स्थानहरुको प्रबर्धनमा टेवा पुग्ने कुरा कुस्मा-बलेवा यान्त्रिक संचालन समितिका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभएको छ।
नेपाल उद्योग-बाणिज्य संघका वरिस्ट उपाध्यक्ष भाष्कर राजकर्णिकारले गत जुलाई एक तारिखका दिन यस पुलको शिलान्याश गर्नुभएको थियो। सन्दर्भ: लालप्रसाद शर्मा
फोटो सौजन्य: गुणराज ढकाल
फोटो सौजन्य: गुणराज ढकाल
पप गायिका रिहान्नाद्वारा बार्बाड़ोसको एक अस्पताललाई सत्र लाख पचास हजार डलर दान
पप गायिका रिहान्नाले आफ्नी बजेइको स्मृतिमा बार्बाड़ोसको एक अस्पताललाई सत्र लाख पचास हजार डलर प्रदान गर्नुभएको छ।
चौबिस वर्षिया रिहान्नाले दिनुभएको यस दानको रकम बार्बाड़ोस अस्पताललाई आवश्यक तीनवटा उपकरण किन्न प्रयोग गरिने छ जसलाई उहाँले आफ्नो जन्म-भूमिको ऋण चुकाउने तरिकाका रुपमा व्याख्या गर्नुभएको छ।
यस सहयोगले बार्बाड़ोसका बासिन्दाहरुमा ठूलो असर पार्ने विश्वास आफूले गरेको कुरा बताउंदै रिहान्नाले यस सहयोगको उद्देश्य मानिसहरुको जीवन बचाउनु, अथवा कम्तिमा उनीहरुको जीवन लम्ब्याउनु हो भन्नुभयो।
गत जुन महिनामा दिबंगत हुनुभएकी रिहान्नाकी बजेइ क्लारा लामो समयदेखि क्यान्सरबाट पिडित हुनुहुन्थ्यो। तस्विर सौजन्य: बिबिसी
राष्ट्रपतिलाई डाक्टर अफ लेटर्स नभई डाक्टर अफ लको उपाधि प्रदान गरिने: बनारस हिन्दु विश्वविद्यालय
कुनै देशको राष्ट्रपतिजस्तो सर्वोच्च, त्यसमा पनि कुनै विवादमा पर्नु नपर्ने गरिमामय संवैधानिक पदमा रहेको व्यक्तिलाई दिइने सम्मानका सन्दर्भमा सम्मान प्रदान गर्ने निकायले निस्चय नै औपचारिक पत्र पठाएको हुनुपर्ने। त्यस पत्रमा स्पष्टसङ्ग लेखिएको हुनुपर्ने- राष्ट्रपति यादवलाई कुन सम्मानले विभूषित गरिंदै छ भनेर।
राष्ट्रपति यादवलाई 'डक्टर अफ लेटर्स' अर्थात् डिलिट उपाधि प्रदान गर्न लागिएको भन्ने राष्ट्रपति कार्यालयको दाबीको बनारस हिन्दु विश्वविद्यालयले खण्डन गरेको छ। विश्वविद्यालयको प्रेस विभागका अध्यक्ष प्राध्यापक राजेश सिंहले राष्ट्रपति यादवलाई कानुनसम्बन्धी उपाधि 'डक्टर अफ ल' अर्थात् एलएलडी प्रदान गर्नलागिएको कुरा स्पष्ट पार्नुभएको छ।
त्यसोभए, यत्रो संवेदनशील विषयमा गलती कसले गर्यो त? 'यताबाट सूचना दिन कुनै किसिमको गलती भएको छैन, नेपाली प्रेसले नै गलत खबर छापे' भनेर भारतीय पक्षले यस बारेमा आफू स्पष्ट भएको कुरा जनाइसकेपछि गलती राष्ट्रपति कार्यालयकै सूचना निकायबाट भएको स्पष्ट हुन्छ। यसको गलतीका कारण घरेलु आलोचना छल्दै परिवारका सबै सदस्यहरु समेटेर भारतको पाँच दिने भ्रमणका लागि सोमबार वाराणसी पुग्नुभएका राष्ट्रपति महोदयलाई असहज परिस्थितिको सामना गर्नुपर्यो।
राष्ट्रपति महोदयले अब नेपाली संचार माध्यमहरुले राष्ट्रपति कार्यालय र मन्त्रीहरुलाई उद्धृत गर्दै प्रसार गरेको विद्यावारिधिभन्दा उच्च स्तरको डाक्टर अफ लेटर्स नभई कानुनमा विद्यावारिधि सरहको डाक्टर अफ लको उपाधि थापेर फर्कनुपर्ने भएको छ।
घटना परिस्थितिले राष्ट्रपति महोदयलाई अलिक खल्लो अनुभव जरुर भएको हुनुपर्छ, तर कुरा सम्मानको मात्र भएकाले यो अथवा त्यो विषयको सम्मानले केही पनि फरक पार्दैन। तथापि, राष्ट्रपति कार्यालयको सूचना निकायमा कार्यरत पत्रकार मित्रहरुको कार्य-क्षमता र विश्वसनीयतामा भने यस घटनाले प्रश्न उठाउने ठाउँ जरुर बनाइदिएको छ।
Subscribe to:
Posts (Atom)