Tuesday, December 25, 2012

पर्वतको कुस्मा बजार र बाग्लुङको बलेवा जोड्ने यान्त्रिक पुल संचालनमा

पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजार र बाग्लुङ जिल्लाको बलेवा जोड्ने यान्त्रिक पुलको निर्माणले डेढ/दुइ घन्टाको बाटो तीन मिनेटमा छोट्टीएपछि स्थानीय बासिन्दा निकै खुशी भएका छन। 

निजी क्षेत्रको लगानीमा निर्माण गरिएको काली गण्डकी पार गर्ने रज्जु मार्ग ढाँचाको यस यान्त्रिक पुल संचालनमा आएपछि खासगरी बुढा-बूढी र केटा-केटीलाई सुबिधा भएकोछ। 

गत शनिबारदेखि परिक्षणक रुपमा संचालनमा ल्याईएको यस यान्त्रिक पुलले वरपरका क्षेत्रको आर्थिक/ब्यापारिक गतिबिधि बढाउनुका साथै स्थानीय बृद्ध-बृद्धा, बाल-बालिका, अशक्त, अपाङ्गहरुलाई ठूलो सुविधा उपलव्ध गराएको छ। 

चार करोड रुपियाँको लागतमा निर्माण गरिएको यस पुलका कारण बाग्लुङको बलेवा विमानस्थल पुनः संचालनमा आउनसक्ने आशा स्थानीय बासिन्दाहरुले गरेका छन। 

पाँच सय पचास मिटर लामो र दुइ सय चौरानब्बे मिटर अग्लो यस यान्त्रिक पुलको संचालनले पर्वत र बाग्लुङका कयौं गाविसलाई प्रत्यक्ष फाइदा पुग्नुका साथै आसपासका भैरवस्थान, मुलाबरी, गुप्तेश्वर गुफा जस्ता धार्मिक तथा पर्यटकीय महत्वका स्थानहरुको प्रबर्धनमा टेवा पुग्ने कुरा कुस्मा-बलेवा यान्त्रिक संचालन समितिका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभएको छ। 

नेपाल उद्योग-बाणिज्य संघका वरिस्ट उपाध्यक्ष भाष्कर राजकर्णिकारले गत जुलाई एक तारिखका दिन यस पुलको शिलान्याश गर्नुभएको थियो। सन्दर्भ: लालप्रसाद शर्मा            
फोटो सौजन्य: गुणराज ढकाल  

No comments:

Post a Comment