Friday, November 2, 2012

पाँच किलो सुनको गहनामा बेहुली

 चीनमा खासगरी छोरीको बिहेले निकै महत्त्व राख्छ । जीवनको यो क्षणलाई स्मरणीय बनाउन त्यहाँ हरसम्भव प्रयास गरिन्छ । बिहेमा बेहुलीलाई सुनका गरगहना पहिराउनुलाई अचम्म मानिन्न ।
हालै दक्षिणी चीनको फुजेन प्रान्तस्थित क्वानझोउकी २६ वर्षे लियु चेङले वैवाहिक समारोहमा पाँच किलो सुनका गहना लगाइन् । उक्त प्रान्तभरि यसको चर्चा छ । छोरीलाई दिइने सुनको परिमाणको सम्बन्ध उसको सौभाग्यसँग गाँसिने छोरी पक्षको  मान्यता छ । 
लिन हियुकी छोरी लियु स्टेजमा आउँदा निम्तो मान्न आएकाहरू पनि चकित परे । उनको शिरदेखि पाउसम्म सुनले ढाकिएको थियो । यो शुद्ध सुन भेला पार्न थुप्रै वर्ष लागेको परिवारले जनाएको छ। यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा दुई लाख डलरभन्दा बढी छ ।
बेहुलीकी आमाले आफू र नातेदारहरूले धेरै वर्ष अघिदेखि सुन संकलन गर्न थालेपछि यो शुभदिन आएको बताएकी छन् । राम्रो परिवारका ज्वाइँ भएकाले यति सुन दिनु जरुरी भएको उनले बताइन् । लियुको हातमा नअटेपछि बालाको हार बनाएर आमाले पहिराएकी थिइन् । गहनाको भारले हेयु निकै विस्तारै हिँडिरहेकी थिइन् । दाइझोको रूपमा दिइएको गहनामा ब्रासलेट, हार, औंठी र बहुमूल्य रत्नहरू थिए । 
आमा लिन हुलाई छोरीलाई गहना लाइदिन एक घन्टाभन्दा बढी समय लागेको थियो ।

चालकलाई जिम्मेवार बनाऊ

वर्षा याम  सकिनैलाग्दा विभिन्न स्थानमा सवारी दुर्घटनाको संख्या बढ्दो छ । विशेषगरी यात्रुवाहक बसहरुको दुर्घटना क्रम बढ्दो छ। भदौ २४ गते पाल्पाको रिडी-तम्घास सडक खण्डमा बस खस्दा १३ जनाको मृत्यु भयो भने दुई दिनपछि राति ११ बजे कालिकोट, मान्माको विर्तामोडमा बस तिला नदीमा खस्दा २८ जनाको मृत्यु भयो । यात्रुवाहक बस दुर्घटना हुने एउटा कारण चालकहरूको चरम लापरबाही हो । क्षमताभन्दा बढी यात्रु बसमा राख्नु, बस व्यसायीहरूको तीव्र प्रतिस्पर्धा, मादक पदार्थ सेवन, खलासीले बस चलाउनु, चालकलाई भौगोलिक सडकको कम जानकारीजस्ता कुराले सवारी दुर्घटना बढाएको छ । बस व्यवसायी वा सञ्चालक समितिहरूले बस चालकलाई सतर्क गराउन र लापरबाही गर्ने चालकहरूलाई उचित कारबाही  गर्नु आवश्यक छ । 

महायज्ञबाट क्याम्पसलाई ५८ लाख

गुल्मी, कार्तिक १५ - 
रेसुंगा बहुमुखी क्याम्पसको शैक्षिक विकासका लागि बुधबारदेखि तम्घासमा सुरु गरिएको महायज्ञको पहिलो दिनमै ५८ लाख रुपियाँ संकलन भएको छ । आर्थिक उप-समितिका सचिव गोविन्द गौतमका अनुसार संस्थागत र व्यक्तिगत गरेर ५८ लाख ५५ हजार ८ सय ३४ रुपैयाँ संकलन भएको  । 'आज उद्घाटन मात्र भएकाले सबै रकमको घोषणा भोलि हुन्छ', गौतमले भने, 'पहिलो दिन संस्थागत रकम बढी संकलन भएको छ ।'

संस्थागत रूपमा जिविसले ३० लाख, गुल्मी उद्योग-वाणिज्य संघले ५ लाख, तम्घास गाविसले ५ लाख, क्याम्पसका प्राध्यापक तथा कर्मचारीले ८ लाख र जिल्ला प्रशासनका कर्मचारीले ११ हजार प्रदान गरेका हुन् । त्यस्तै क्याम्पसकै कार्यालय सहयोगी हिमलाल कँडेलले १ लाख १ र अर्खले ७ का खुमानन्द गौतमले ५१ हजार १ सय ११ रुपैयाँ चन्दा दिने घोषणा गरेको आर्थिक संकलन उपसमितिका संयोजक दुर्गाचन्द्र बोहराले बताए ।

नर्वेली विद्यार्थीद्वारा नेपाली दलित बालबालिकाका लागि ४५ करोड सहयोग संकलन


ट्रोम्सो (नर्वे), कार्तिक १६ - गरिबीका कारण शिक्षाको अवसरबाट बन्चित नेपाली दलित बालबालिकाको लागि शिक्षाको अवसरमा सुधार ल्याउन बिहीबार नर्वेका झन्डै एक लाख २० हजार स्कुले बालबालिकाले करिब ४५ करोड रुपैयाँ (३२ मिलियन क्रोनर) संकलन गरेका छन् ।
नेपाली दलित बालबालिका सहयोग अभियान अन्तर्गत नर्वेका ६ सय ४० वटा बिभिन्न निम्न माध्यमिक देखि उच्च माध्यमिक तह सम्मका एक लाख तीस हज्जार जना बिद्यार्थी हरुले एक दिन स्कुल छुटाएर बिभिन्न कार्यक्रम गरि सो रकम संकलन गरेका हुन् ।
विश्वकै धनि मध्ये मानिएका नर्वेका बिध्यार्थिहरुले विश्वका अन्य गरिब तथा विकासोन्मुख राष्ट्रहरुका लागि बिगत ५० बर्ष अघिदेखि बर्षेनी ऐक्यबद्धताअभियान  (अपरेशन डाग्सवोर्क) अन्तर्गत ठुलो रकम संकलन गर्दै आएका छन् । सो अभियान अन्तर्गत देशव्यापी रुपमा स्कुले बालबालिकाले बिभिन्न निजी तथा व्यापारिक प्रतिष्ठान, कार्यालयमा गइ सर-सफाईलयागतको काम गर्नुका साथै सांगीतिक कार्यक्रम, विभिन्न कला प्रदर्शनी तथा खाद्य पदार्थ बेचबिखन गरि उक्त रकम संकलन गरेका हुन् ।
यसरी संकलन गरिएको रकम नेपालस्थित नर्वेली फाउन्डेशन (स्त्रोमेस्तिफ्तेल्शन) को सहकार्यमा स्थानीय गैर-सरकारी संस्थाहरु एबीसी नेपाल र आरआरएनमार्फत बिभिन्न परियोजनामा खर्च गरिने छ । सो अभियानकी मुख्य सल्लाहकार मार्टिना क्यार्नर रोबेर्ट्स कि अनुसार, नेपालको भिन्न एक हजार वटा दलित सम्बाद केन्द्र अन्तर्गत २५ हजार दलित बालबालिकाका लागि बिभिन्न कार्यक्रम संचालन गरिने छन् ।
बिशेष गरि दलित बालिकाहरुका लागि लक्षित गरेर लेखपढ, तालिम, प्राथमिक तहबाटै दलितका लागि आधारभूत सीपमुलक शिक्षा, बाल मैत्री बिद्यालय, प्रारम्भिक बालबिकास कार्यक्रम, स्वास्थ्य, मौलिक बालअधिकार, लैंगिक समानता तथा रोजगार र आय आर्जनमूलक तालिमकालागि सो रकम खर्च गरिने छ ।