Sunday, December 16, 2012

संविधानका सबै अन्तर्वस्तुमा सहमति बन्नसक्ने सम्भावना नरहेकोले निर्वाचनमा जानुको विकल्प छैन: देउवा

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधानका सबै अन्तर्वस्तुमा अहिले सहमति बन्नसक्ने सम्भावना नरहेकोले निर्वाचनमा जानुको विकल्प नभएको बताउनुभएको छ। बुढानिलकण्ठस्थित निजी निवासमा पत्रकारहरुसङ्ग कुरा गर्दै नेता देउवाले संविधानको आधारभूत सिद्धान्त, संघीयता र गणतन्त्रलाई स्वीकार गरेर निर्वाचनमा जानुपर्ने कुरा स्पष्ट पर्नुभयो। 

एकीकृत नेकपा माओवादीले भनेजस्तो शासकीय स्वरुपमा भने अहिले सहमति हुनैनसक्ने कुरा देउवाले स्पष्ट पार्नुभयो। 

 कांग्रेसलाई धोका नहुने हो भने एमाओवादीले अघि सारेको शर्त मान्दा पनि फरक नपर्ने बताउँदै देउवाले सधैँ अविश्वास गरेर मात्रै पनि हुँदैन भन्नुभयो। 

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिले दिएको समयभित्रै सहमति बन्छ भनेको कुरामा समेत आशंका र अविश्वास गर्ननहुने विचार व्यक्त गर्दै देउवाले 'सहमति गर्ने हो भने शंका मात्रै गरेर हुँदैन' भन्नुभयो। 
तस्विर सौजन्य: इकान्तिपुर

Dadai Phurke Sallo...Mayale Samjhirakha...

New Nepali Lok Geet -2010- Dherai Maya Garchhu Bhanne Le- by Khuman Adhi...

Aja bholi kina malai..

Nepali Lok Dohari Song - Yatai Dil Gase Hunnara (khuman adhikari and nis...

स्याण्डी हुक इलेमेन्टरी स्कूलको गोलीकाण्डमा मारिएका सबै बीसजना बाल-बालिका छ-सात वर्षका मात्र


अमेरिकाको न्युटाउन स्थित स्याण्डी हुक इलेमेन्टरी स्कूलमा हिजो भएको गोलीकाण्डमा परी मारिएका सबै बीसजना बाल-बालिका छ-सात वर्षका मात्र भएको मृतहरुको अधिकारिक सुचिमा उल्लेख छ। 
कनेक्टिकट राज्यका प्रमुख भैषज्य परीक्षकले त्यस गोली चलाउने व्यक्तिले आक्रमणको मूल हतियार राइफललाई बनाएको र हरेक व्यक्तिलाई कयौं पटक गोली हानेको कुरा बताएका छन।
आडम लान्ज़ा नामको त्यस बन्दुकधारीले आफ्नी आमाको बाहनमा विद्यालय गएर गोली चलाउनुअधि घरमा आफ्नी आमालाई मारेको बताइएको छ। 
बन्दुकधारीले आफैमाथि गोली चलाउनुअघि छजना बयस्क महिलालाई पनि मरेको थियो। 
न्युटाउनस्थित स्याण्डी हूक विद्यालयका प्रधानाध्यापक डन होचस्प्रंग पनि सो गोलीकाण्डमा मारिएका छन।

मारिनेमध्येकी सबैभन्दा कान्छी बालिकाको नाम नोवा पोज्नर हो जसले गत महिना मात्र आफ्नो छैटौं जन्म दिन मनाएकी थिइन। 
तस्विर सौजन्य: बिबिसी 




मुलुक सहमतितर्फ अघि बढेको संकेत: अध्यक्ष दाहाल


राष्ट्रपति रामबरण यादवले सहमतीय सरकारका लागि प्रधानमन्त्रीको साझा उम्मेदवार छान्न दलहरुलाई लगातार चौथो पटक दिनुभएको समयावधि पनि भोलि सोमबार सकिंदैछ। 'यस समयावधिलाई अन्तिम समयावधि बनाउन' राष्ट्रपतिले गर्नुभएको आग्रहलाई मान्न दलहरु कति सक्षम छन, यसको टुंगो भोलि लाग्नेछ। 
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति समक्ष व्यक्त गर्नुभएको पछिल्लो विश्वासले भने मुलुक सहमतितर्फ अघि बढेको संकेत गर्दछ। 
राष्ट्रपति रामवरण यादवसँग शीतल निवासमा आज विहान भेट गरेपछि अध्यक्ष दाहालले दलहरुबीचको छलफल सकारात्मक दिशामा अघि बढेको जानकारी दिनुभएको छ। यो जानकारी सधैको जस्तो जानकारी नबनोस, एकजना सजग नागरिकका हैसियतले यहीँ मेरो कामना छ।

कांग्रेस, एमाले, मधेसी मोर्चा र अन्य दलहरुसँगको छलफल सहमति नजिकतिर जाँदैछ भन्ने आफूले बुझेको राष्ट्रपतिसंगको भेटपछि संचारकर्मीहरुसङ्ग कुरा गर्दै दाहालले भन्नुभयो। 'सकभर भोलि बेलुकिसम्म टुंगो लगाउनेतिर गएका छौं, अब देश सहमतितिर गयो,' दाहालले भन्नुभयो।
राष्ट्रपति यादवसङ्ग आइतबार नै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारले पनि भेट गर्नुभएको छ। भेटका बेला के के कुरा भयो भन्ने बारेमा गच्छदारले भने सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया दिनुभएन। 
तस्विर साभार: इकान्तिपुर 

जापानमा आज आम निर्वाचन अन्तर्गत मतदान: उदारवादी प्रजातान्त्रिक पार्टीका विजयी हुने सम्भावना


जापानमा आज आम निर्वाचन अन्तर्गत मतदान भैरहेको छ। निर्वाचनमा उदारवादी प्रजातान्त्रिक पार्टीका शिन्जो आबेले प्रजातान्त्रिक जापान पार्टीका नेता एवम् वर्तमान प्रधानमन्त्री योशिहिको नोड़ालाई पराजित गर्ने सम्भावना रहेको बताइएको छ। 
आबेको मध्य-दक्षिणपन्थी उदारवादी प्रजातान्त्रिक पार्टीलाई प्रजातान्त्रिक जापान पार्टीले सन् दुइ हजार नौको आम निर्वाचनमा पराजित गरी सो दलको पचास वर्शभंदा लामो एकछत्र शासनको अन्त्य गरेको थियो। 
यसअघि जापानका प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका आबेले आफ्नो विर्वाचन अभियानको नारा बढी सार्बजनिक खर्च र बढी जिम्मेवार विदेश नीति बनाउनुभएको छ। 
जापानमा राजनीतिप्रतिको मोह-भंगीका कारण अधिकांश मतदाताहरु अनिर्णित अवस्थामा रहेको स्थानीय संचार माध्यमहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। तस्विर सौजन्य: बिबिसी