Friday, December 28, 2012
प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा माथिल्लो मादी जल-विद्युत आयोजनाको शिल्यानास: विकास योजनाहरुको सुरक्षामा सरकारका तर्फबाट पूर्ण प्रतिवद्धता व्यक्त
प्रधानमन्त्री डा बाबुराम भट्टराईले कास्की जिल्लाको सिल्दुजरे गाविसमा निर्माण गर्नलागिएको माथिल्लो मादी जल-विद्युत आयोजनाको आज शिल्यानास गर्नुभयो। पच्चीस मेगावाट क्षमताको उक्त योजनाको निर्माण चीनको त्रि-घाँटी कम्पनी र नेपाली निजी क्षेत्रको गरी पाँच अर्ब अठ्ठाइस करोडको संयुक्त लगानीमा गर्नलागिएको हो ।
शिलान्यासपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री डा भट्टराईले विकास योजनाहरुको सुरक्षामा सरकारका तर्फबाट पूर्ण प्रतिवद्धता व्यक्त गर्दै निर्भिकताका साथ लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो।
वर्तमान राजनीतिक अवस्थाका बारेमा बोल्दै प्रधानमन्त्री भट्टराईले दलहरुबीच सहमति भए आफू पद छोड्न तयार रहेको कुरा बताउनुभयो। आफू सहमतिको बाधक नभएको कुरा दोहर्याउँदै उहाँले अहिले दलहरुबीच कुर्चीका लागि लडाइँ चलिरहेको छ, त्यस बाहेक कुनै सहमति भएको छैन भन्नुभयो। आफू सहमतिको बाधक भएको भनेर लगाइएको आरोप शतप्रतिशत गलत भएको दाबी गर्दै प्रधानमन्त्रीले 'हुँदै नभएको सहमति मैले कसरी भाँडे?' भनेर प्रश्न गर्नुभयो।
कसैलाई प्रधानमन्त्रीको कुर्चीमा ल्याउनकै लागि कसैले भन्दैमा आफूले राजिनामा नदिने, तर मुलभूत विषयहरुमा समग्रमा राजनीतिक सहमति भएमा भने आफू बाधक नबन्ने कुरा स्पष्ट पार्नुभयो।
सुर्खेत जिल्लाको दशरथपुरमा बस दुर्घटना: पन्ध्रजनाको मृत्यु, सत्र घाइते
सुर्खेत जिल्लाको दशरथपुर नजिकै गमखोलामा आज भएको बस दुर्घटनामा परी मारिनेहरुको संख्या पन्ध्र पुगेकोछ। शुक्रबार बिहान यात्रुबाहक बस दुर्घट्ना हुँदा १५ जनाको निधन भएको छ ।
गुमीबाट सदरमुकाम वीरेन्द्रनगरतर्फ जाँदैगरेको ना.२ ख ५७४१ नम्बरको यात्रुवाहक बस सडकबाट ६० मिटर तल खसेको थियो। सो दुर्घटनामा सत्रजना घाइते भएका जानकारी प्रहरीले दिएकोछ ।
कच्ची बाटो र तिब्र गति दुर्घटनाको कारण हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
रामबहादुर रानाभाट, चितवन चन्द्रकला राउत, सुर्खेत
तुकराम विक, दैलेख, दीपा ढकाल, सुर्खेत
ममता खड्का, सुर्खेत गजेन्द्र गुरुङ, सुर्खेत
कुमार पौडेल, सुर्खेत मानबहादुर गाहा, सुर्खेत
केशर सिरिस, सुर्खेत प्रज्वल श्रीस, सुर्खेत
यमन मिदुन,सुर्खेत गान्धी सुनार, सुर्खेत
अर्जुन सुनार, सुर्खेत ललित भण्डारी बस चालक
बुद्धिकला फौंजा मगर
काम गरिखाने मानिसहरुलाई सारै कठिन भएको छ।
बुधबार बेलुकि सात बजे आउनुपर्ने विजुली आयो, खुशी भएर काम गर्न बसें। चालिस/पैचालिस मिनेटपछि झ्याप्प निभाइदियो। फेरि चालिस/पैचालिस मिनेटपछि दियो।
बिहिबार आठ बजे बेलुकि आउनुपर्ने विजुली आयो, अलिकति भए पनि कम गर्नुपर्यो भनेर कम्पुटर खोलें। चालिस/पैचालिस मिनेटपछि फेरि झ्याप्प निभाइदियो। फेरि चालिस/पैचालिस मिनेटपछि दियो।
अहिले शुक्रबार विहान नौ बजे जानुपर्ने बत्ति पौने आठै बजे निभाइदियो, फेरि पाँच मिनेटपछि दियो।
किन यसरी बत्ती निभाएको भनी 'नो लाइट' शाखामा फोन गर्दा ट्रीप गएको भनेर सजिलो उत्तर दिन्छन। नेपालको सबैभन्दा बढी राजस्व बुझाउने नेपाल विद्युत प्राधिकरण जस्तो संस्थाले दिनमा कयौं पटक चिप्लिने यस्ता यन्त्रहरु बदल्न किन सक्दैन? या त यो नै यसको 'कमाइखाने भाँडो' हो?
कस्तो ब्यथिति हो यो? मनपरी गर्दैमा ठूलो भइन्छ कि क्या हो?!
नेपाल विद्युत प्राधिकरणको व्यवस्थापन पक्ष कहिले जिम्मेवार बन्ला?
नेपाल विद्युत प्राधिकरणको व्यवस्थापन पक्ष कहिले जिम्मेवार बन्ला? नेपाल सरकारलाई सबैभन्दा बढी राजश्व बुझाउने संस्थामध्येको एक यस संस्थाको व्यवहारदेखि यसका ग्राहकहरु आजित भैसकेका छन। तथापि, नेपालको राजनीतिक संस्कारका कारण यस्ता मानिसहरु एक जुट हुनसकेका छैनन, जसका कारण यसको सम्पूर्णता जोगिएको छ (तथापि भक्तपुरका केही सजग नागरिकले भने कुनै सङ्केत दिइसकेका छन् है)।
यस विद्युत प्राधिकरणले बनाएको भार सम्प्रेषण तालिकाअनुसार मात्र नभई यसले मनपरी विद्युत आपूर्ति गर्ने र काट्ने गर्दा आफ्ना टेलिभिजन, कम्प्युटर जलेर भएको क्षति समेत सहन गर्न नेपाली ग्राहकहरु बाध्य छन। यस देशका भ्रष्ट शासकहरुले एउटा ब्यापारी/साहुको गाडीले मान्छे किचेर मार्दा समेत नगन्य मूल्य चुकाएर मुक्त हुने व्यवस्था गरेका छन, तर सर्बसाधारण नागरिकले आफ्नो 'पेट काटेर' भए पनि सूचना र मनोरंजन हासिल गरौँ भनेर किनेको टेलिभिजन, कम्प्युटर जस्ता उपकरणहरु विद्युत प्राधिकरणको मनपरीतन्त्रका कारण जल्दा त्यसको क्षतिपूर्ति दिनुपर्ने कानून बनाउनआवश्यक ठानेका छैनन।
यस संस्थाका कर्मचारीहरु आफ्नै संस्थाले बनाएको समय-तालिकाको पालना आफै गर्न सक्दैनन। विजुली मनपरी (पन्ध्र/पन्ध्र, बीसस/बीस मिनेटको अन्तरालमा समेत) निभाउने र बाल्ने गरिरहन्छन जसका कारण कतिले कति आर्थिक र मानसिक क्षति व्यहोर्नुपरेको छ, यिनलाई थाहा छैन, काननूनको अभावमा।
यस संस्थाको व्यवस्थापन पक्षमा अलिकती पनि व्यावशायिक इमान्दारी छ भने, पंचायत कालको राम्रो पक्षको अनुसरण गरोस, र मानिसहरु सुत्ने बेला (रातभरि) र सूर्यले उज्यालो दिने बेला (दिनभरि) बत्ति निभाएर पंचायत कालमा झैं विहान र बेलुकि (मानिसहरुलाई विजुली सबैभन्दा बढी चाहिने बेला) विजुली देओस। त्यति पनि गर्ने क्षमता छैन भने, कम्तिमा आफूले बनाएको भार सम्प्रेषण त;तालिकामा अडिग रहोस। हामी त्यसैमा बानी पर्दैछौं।
अफ्रीका के चाहन्छ, त्यो अफ्रिकिहरु मात्र जान्दछन
अफ्रिकाले अब आफ्नै गोलार्धमा ढाँचा तयार पारिएका मोबाइल सेटहरू प्रयोग गर्न पाउनेभएको छ।
कोंगोका उद्यमी वेरोन मनकोउले ढाँचा तयार पर्नुभएको स्मार्ट फोन र ट्याब्लेट नाम दिइएका ती दुइवटा मोबाइल सेटहरूको निर्माण चीनमा गरिनेभएको छ।
उद्यमी वेरोन मनकोउको कम्पनी भीएमकेका यी मोबाइल सेटहरूलाई गुगलको अन्द्रोइड सफ्टवेरले चलाउँछ।
स्मार्ट फोनको मूल्य एक सय सत्तरी डलर र ट्याब्लेटको मूल्य तीन सय डलर राखिएको छ।
त्यस स्मार्ट फोन र ट्याब्लेटका ढाँचा तयारकर्ता वेरोन मनकोउ दक्षिण अफ्रिकाको जोहनेसबर्गमा आयोजित टेक फर अफ्रीका सम्मेलनमा भन्नुहुन्छ: अफ्रीका के चाहन्छ, त्यो अफ्रिकिहरु मात्र जान्न सक्छन।
यापल अमेरिकामा ठूलो छ, सामसुङ्ग एसियामा, अनि भीएमके अफ्रिकामा (हुनेछ)। तस्विर सौजन्य: बिबिसी
सामाजिक सुधारमा यसले सकारात्मक प्रभाव पारोस
अबैध कार्य भएको हुनसक्ने, वा भएको भनेर, नेपाल सरकारले गाडीहरुमा कालो शीसा राख्न, वा सेतो शीसामा रंग पोतेर भित्र नदेखिने बनाउन नपाइने जस्ता कतिपय निर्णयहरु गरेको थियो। तर त्यो निर्णय कहिलेइ कार्यान्वयन भएको देखिएन। अहिले पनि यस्ता गाडीहरु यदाकदा काठमाडौँका बाटाहरुमागुडिरहेका देखिन्छन।
यस्तै एक प्रकारको निर्णय अहिले, ठ्याक्कै भन्नुपर्दा, अस्ति बुधबार भक्तपुरको जगातीदेखि साँगासम्मका होटल व्यवसायीहरुको संस्था- अरनिको पर्यटक व्यवसायी संघ र प्रहरीबीच भएको बैठकमा गरिएको छ। बैठकमा अरनिको राजमार्ग दायाँ-बायाँ खुलेका होटल/रेष्टुरेन्टको कोठामा भित्रबाट चुकुल लगाएर बस्न नपाइने नियम बनाइएको छ। होटल र रेष्टुरेन्टमा हुने अनैतिक कार्य रोक्न प्रहरी र होटल व्यवसायीबीच भएको यस बैठकमा गरिएको भनिएको बाह्र बुदे सहमति कति कार्यान्वयन हुने हो, त्यो त समयले नै देखाउला।
नेपालमा हालसम्म, खासगरी प्रजातन्त्रको पुनर्स्थापनापछि, गरिएका निर्णयहरु, बनाइएका-लागू गरिएका कानूनहरु प्रायजसो अलपत्र परेका देखिन्छन, विशेषतः यदि तिनीहरु ठूलावडा र पहुँचवाला अनि ब्यबसयीहरुका क्रियाकलापमा अंकुश लगाउनेखालका छन् भने। त्यसैले यो सहमति/निर्णय पनि प्रभावकारी रुपमा लागू होला भन्ने कुरामा स्थानीय बासिन्दाहरु नै विश्वस्त देखिदैनन किनकि यसमा 'अनैतिक कार्य गरेमा कानुनी कार्यबाही' गर्ने भन्ने जस्तो कुरा कतै उल्लेख छैन।
तथापि, होटेल व्यवसायलाई मर्यादिप बनाउने नाममा भक्तपुर प्रहरीले हावादारी निर्णय गरेको भन्नेजस्ता टिप्पणी अहिलेइ हुनथालिसकेको सन्दर्भमा प्रहरीले सजग भएर प्रभावकारी रुपमा कार्य गर्न पनि सक्छ। तर जे होस्, शुरुवात भने राम्रै भएको मान्नुपर्छ- होटलमा कार्यरत महिला कर्मचारीलाई खाना पकाउने, ग्राहकहरुको सेवा गर्ने लगायतका काममा लगाउन नपाइने, महिलालाई होटल तथा रेष्टरेन्टमा अनैतिक कार्यमा लगाएमा, बोलाएर अनैतिक कार्य गराएमा होटल व्यवसायीको सदस्यता स्वत खारेज हुने, होटल तथा रेष्टुरेन्टमा काम गर्ने महिला कामदारलाई भद्र पोशाकमा मात्र काममा लगाउनुपर्ने जस्ता निर्णय पनि भएको छ, जसलाई सराहनीय नै मान्नुपर्छ। आशा गरौँ, यसले राम्रै परिणाम ल्याउला।
मान्छे ठूलो भएर के गर्ने, मानसिकतामा परिवर्तन नआएपछि?
मानिसले आफ्नो हेसियत के हो भन्ने भन्ने कुरा थाहा थाहा पाउन नसक्दा राष्ट्रपति रामबरण यादवको जस्तै हालत हुन्छ। उहाँले आफू नेपालको राष्ट्रपति भएको कुरा बिर्सनुभयो, र सम्झिनुभयो आफूलाई नेपाली कांग्रेसको सदस्य मात्र। त्यसैले उहाँ भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निबास पुग्नुभयो, उहाँसङ्ग 'शिष्टाचार' भेट गर्न।
नेपालका प्रधानमन्त्रीलाई शितल निवास बोलाउने राष्ट्रपति यादवले भारतीय प्रधानमन्त्रीलाई, शायद, आफूभन्दा ठूलो देख्नुभयो। त्यसैले पुग्नुभयो, मनमोहन संघको निवासमा।
नेपालको राष्ट्रपति भएको पाँचौं वर्षसम्म पनि उहाँले नेपाली कांग्रेसको सदस्यभन्दा एक रती पनि माथिको आफूलाई सम्झनुभएको रहेनछ। मान्छे ठूलो भएर के गर्ने, मानसिकतामा परिवर्तन नआएपछि? नेपाली नेताहरुको मानसिक स्तर बुझेरै होला, शायद, टाइम्स अफ इन्डियाले पनि नेपाली राष्ट्रपतिले भारतीय प्रधानमन्त्रीलाई भेटेको समाचारलाई कतै स्थान दिएको छैन, बरु भारतीय राष्ट्रपतिका छोरा एवम जंगिपुरबाट कांग्रेसका सांसद अभिजित मुखर्जीले सामूहिक बलात्कारका सम्बन्धमा दिनुभएको अभिव्यक्तिका कारण सिर्जित अवस्था र उहाँले माफी माग्नुभएको समाचार प्रकाशित गरेकोछ।
प्राप्त समाचारमा जनाइएअनुसार, राष्ट्रपति यादवले पहिले भारतीय प्रधानमन्त्रीसङ्ग औपचारिक वार्ता गर्नुभयो, त्यसपछि भारतीय प्रधानमन्त्रीद्वारा उहाँको सम्मानमा आयोजित रात्रिभोजमा सरिक हुनुभयो। राष्ट्रपतिका सूचना सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभएअनुसार, राष्ट्रपति यादव र भारतीय प्रधानमन्त्री बीचको वार्ता स्थलको निर्णय आफ्नो सुविधानुसर गर्न भारतीय अधिकारीहरुलाई अनुमति दियिएको थियो।
राष्ट्रपति यादवको भ्रमण दलमा सहभागी अन्य सदस्यहरुले यस विषयलाई आफूहरुले 'गम्भीर रुपमा नलिएको' बताए पनि यो विषय प्रतिष्ठाको हो। कुरा जेसुकै भए पनि, यदि यो घटना सही हो भने, यसले नेपाललाई होच्याउने बाहेक अर्को कुनै राम्रो काम नगरेजस्तो लाग्छ!
तस्विर सौजन्य: नेपालन्युज.कम
Subscribe to:
Posts (Atom)