नेपालीहरुको महान चाड वडा
दशैंअन्तर्गत नवरात्रिको आज आठौं
दिन, अर्थात् अष्टमी
तिथि। महाष्टमीका रूपमा परिचित यस चाडका दिन आज शक्तिस्वरुपा दुर्गाको आठौं रूप
महागौरीको पूजा-आराधना गरी हर्षोल्लासका साथ मनाइँदैछ। अाजकाे यस पूजामा
उपयोगी खाद्य साम्रगी: अष्टमी
तिथिका दिन भगवतीलार्इ नरिवलकाे भोग लगाउनु पर्छ। अनि नैवेद्यका रूपमा त्वयाे
नरिवल ब्राह्मणलार्इ दिनुपर्छ। यसकाे परिणामस्वरूप त्यस व्यक्तिका निकत कुनै पनि
प्रकारकाे संताप आउन सक्दैन।
आश्विन शुक्ल प्रतिपदाका
दिन पूजा-कोठा, दशैँ-घर
अथवा मण्डपमा वैदिक विधिपूर्वक नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको
स्थानमा आज भक्तिपूर्वक विशेष पूजाआजा गरिन्छ। आज घर-घरमा राखिएको ज्फ़
कलकारखानामा रहेका हतियारलाई धोइपखाली महादेवी दुर्गाको हतियारका रूपमा स्थापना
गरी पूजा गर्नेगरिन्छ।
आज मध्ये रातमा बलिसहित कालरात्रिको
पूजा गर्ने चलन छ। मध्यरातको यस पूजाबाट प्रसन्न भएर देवीले शुभ फल
दिनुहुन्छ भन्ने विश्वास रहिआएको छ।
महागौरीकाे उपासना गर्ने मंत्र यस
प्रकार छ-
श्वेते वृषे समारुढा श्वेताम्बरधरा शुचिः।
महागौरी शुभं दघान्महादेवप्रमोददा॥
श्वेते वृषे समारुढा श्वेताम्बरधरा शुचिः।
महागौरी शुभं दघान्महादेवप्रमोददा॥
महाअष्टमीका उपलक्ष्यमा आज
विहानैदेखि अधिराज्यभरिका शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका
मन्दिरहरुमा श्रद्धालु भक्तजनहरुको ठूलो भिड लागेको छ।
धार्मिक
ग्रन्थअनुसार भगवान शिवलार्इ पाउनका लागि गरिएके कठोर तपस्याका कारण माता पार्वतीको रंग
कालो र शरीर क्षीण हुनपुगेको थियो । तपस्याबाट प्रसन्न भएर जब भगवान शिवले माता
पार्वतीको शरीर गंगाजलले धुनु भयो तब उहाँको शरीर विद्युत प्रभा समान गौर अर्थात
सेते भयो। यसै कारण मातालार्इ "महागौरी" का नामबाट पूजिन्छ। महागौरीका
चार भुजा अर्थात हातहरू छन जसमध्ये दुइवटा अभय मुद्रा र वर मुद्रामा छन अनि अरू
दुइवटाले त्रिशूल र डमरू धारण गरेका छन। नव दुर्गाका सबै रूपहरूमध्ये महागौरी
दुर्था माताका सबैभन्दा शान्त रूप हो। अष्टमीका दिन कन्या पूजनको चलन पनि छ।
तस्विर सौजन्य: गुगल