Wednesday, November 14, 2012

खग्रास सूर्य ग्रहणले हजारौंलाई आनन्दित तुल्यायो


प्रकृतिमा कमै देखापर्ने खग्रास सूर्य ग्रहण हेर्न अस्ट्रेलियाको उत्तरी भागमा जम्मा भएका हजारौं पर्यटक र खगोलशात्रीहरुलाई निरस हुनुपरेना। प्रकृतिले साथ दियो। चन्द्रमा सूर्य र पृथ्वीको विचमा आइपुग्दा अस्त्रलियाको क्विन्स ल्याण्ड राज्यको केही भागमा दुइ मिनेटसम्म अन्धकार छाएको दृश्य कतिपयका लागि नयाँ घटना थियो। प्रकृतिको साथ पाएर उनीहरु यस अनुपम छटाको दृश्यावलोकन गर्न सफल भए, र सारै रमाए।  

बुधबार विहानै लागेको त्यस खग्रास सूर्य ग्रहणको अवलोकन लाखौ मानिसहरुले गरेको अनुमान गरिएको छ। 

त्यस ग्रहण आंशिक ग्रहणका रुपमा न्यु-जिल्यान्ड, पूर्वी इन्डोनेसिया लगायतका मुलुकमा पनि देखिएको ब्वातैएको छ।
यस प्रकारको खग्रास सूर्य ग्रहण अब सन् 2015को मार्च अघि लाग्नेछैन।  

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिमा युवा उपस्थिति


चिनियाँ कम्युनिस्ट पार्टीको अठारौं महाधिवेशन नयाँ केद्रीय समिति र अनुसाशन अनुगमनका लागि केन्द्रीय आयोगको चयन गरेर आज विहान सम्पन्न भएकोछ। महाधिवेशनले सत्रौं चिनियाँ कन्युनिस्ट पार्टी केन्द्रीय समितिले प्रस्तुत गरेको प्रतिवेदन,  अनुसाशन अनुगमनका लागि केन्द्रीय आयोगको कार्य-प्रतिवेदन र चिनियाँ कम्युनिस्ट पार्टीको विधान संसोधन सम्वन्धी प्रस्ताव पनि पारित गरेको छ।

महाधिवेसनको समापन समारोहमा उपस्थित दुइ हजार तिन सय सातजना प्रतिनिधिलाई सम्वोधन गर्दै चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव हु चिन थाउले महाधिवेसनले नयाँ केन्द्रीय समितिमा केही पुराना नेताहरुको स्थानमा नयाँ युवा कम्युनिस्टहरुलाई छानेको जानकारी दिनुभयो।महाधिवेसनले गरेका सबै निर्णयहरु र पारित प्रस्ताबहरुले चिनियाँ ढाँचाको समाजवाद निर्माणको लक्ष हासिल गर्नमा महत्वपुर्ण हुने कुरामा आफू विश्वस्त भएको कुरा वताउनुभयो।  
राष्ट्रपति हुद्वारा अध्यक्षता गरिएको समापन समारोहमा च्यांग चमिन, उ पांग कुओ, वन च्या पाओ, च्या चिंग लिन, लि छांग छुन, सी चिन फिंग, लि ख छ्यांग, ह कुओ छ्यांग र चौ युंग खांग उपस्थित हुनुहुन्थ्यो। यीमध्य सी चिन फिंग र लि ख छ्यांग केन्द्रीय समितिमा नया अनुहार हुनुहुन्छ।

अर्काको अपमान गरेर सहमति खोज्नु राम्रो होइन: दाहाल


एकिकृत नेपका माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बाबुराम भट्टराईलाई 'अछुतो' ठानेर प्रतिपक्षीहरुसङ्ग सहमति हुन नसक्ने कुरा बताउनुभएको छ । बुधबार विहान उहाँको निवासमा पत्रकारहरुसङ्ग कुरा गर्दै अध्यक्ष दाहालले सबै विषयमा सहमति भए पनि सरकारका विषयमा आएर कुरा अड्किएको जानकारी दिनुभयो । 

'हाम्रो चाहना बाबुरामजीकै नेतृत्वमा सहमतिको सरकार निर्माण गरेर जाऔं भन्ने हो,' उहाँले भन्नुभयो, 'बाबुरामजीलाई अछुतो ठानेर सहमति गर्नु राम्रो होइन ।' तथापी, सहमतिका लागि सबै विकल्पमा छलफलका लागि आफ्नो दल तयार रहेको कुरा बताउनुभयो ।
बैशाखमा निर्वाचन गर्ने सन्दर्भमा निर्वाचनप्र क्रियामा पनि सहमति भइसकेको दावी गर्दै दाहालले सामानुपातिक सदस्य संख्याका बारेमा मात्र  टुंगो लगाउन बाँकी रहेको कुरा बताउनुभयो ।
२००७ साल र २०४६ सालमा आएको परिवर्तन प्रतिगमनकारीहरुको चलखेलका कारण संस्थागत हुन नसकेको स्पष्ट पार्दै अध्यक्ष दाहालले  अहिले फेरि सहज निकास दिन नसके प्रतिगमनकारीहरुले मौकाको फाइदा उठाउने खतरा विद्यमान छ भन्नुभयो ।
मेरो विचार: हालसम्मको गतिविधितिर निस्पक्ष दृष्टि लगाउने हो भने नेपाली कांग्रेस र नेकपा एमाले सहमति गर्न चाहन्छन जस्तो लाग्दैन। अनावश्यक कुरामा अड्डी लिएर समय विताउने, माओवादीले सत्ता कब्जा गर्ने रणनीति बनायो, सहमति गर्न चाहेन भनेर हल्ला गर्ने र उसलाई बदनाम गर्ने काम मात्र नेपाली कांग्रेस र नेकपा एमालेले गरिरहेको देखिन्छ। नत्रभने राष्ट्रपतिले चिठी लेखेर 'काम चलाउ' बनाइसकेका प्रधान मन्त्रीको राजिनामा मागेर छ महिना बिताउनुको अर्थ के हुन्छ ? 
तपाई कामचलाउ भैसक्नुभयो भनेर राष्ट्रपतिले चिट्ठी थमाइसकेका प्रधानमन्त्री बाबुराम भट्टराईको राजिनामा माग्नु आफैमा हास्यास्पद भएन र ?

कामचलाउ त अर्को सरकार गठन नहोउन्जेलका लागि मात्र होइन र? अनि नया प्रधानमंत्रीको नाम लिएर राष्ट्रपतिकाहाँ जान कांग्रेस-एमालेलाई कसले रोकेको छ ? किन यो किचलो? नेपाली जनतालाई उल्लु बनाउन खोजेको?