Monday, December 24, 2012

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको क्रिसमस सन्देश: ओलम्पिक खेलाडीहरुप्रति सम्मान व्यक्त


बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले यस वर्षको क्रिसमस सन्देशमा राष्ट्रका ओलम्पिक खेलाडीहरुप्रति सम्मान व्यक्त गर्नुहुनेभएको छ। 
सन्देशमा महारानीले गृष्मकालीन ओलम्पिकको उच्च प्रसंसा गर्नुका साथै पुरुष तथा महिला खेलाडीहरुले दर्शकहरुलाई कसरी उत्साहित पारे भन्ने कुरा प्रष्ट पर्नुहुने छ।
महारानीको संदेश पहिलो पटक थ्री-डी श्रब्य-दृश्यमा प्रसारित गरिने बिबिसीले जनाएको छ। 
तस्विर सौजन्य: बिबिसी 

चीनको च्यांसी प्रान्तमा स्कुले केटा-केटी बोकेको गाडी दुर्घटनाग्रस्त: एघारजना बाल-बालिकाको मृत्यु


चीनको च्यांसी प्रान्तमा स्कुले केटा-केटीहरु लिएर विद्यालयतिर गैरहेको गाडी दुर्घटनाग्रस्त हुँदा एघारजना बाल-बालिका मारिएकाछन। 

तिब्र गतिमा गैरहेको त्यस गाडी बाटोको छेउमा रोकिराखिएको अर्को गाडीलाई छल्नखोज्दा बाटो छेउको पोखरीमा खस्दा सो दुर्घटना भएको जानकारी चिनियाँ प्रहरीले दिएकोछ। 
सो दुर्घटनामा परेका चारजना बाल-बालिकाको जिवितै उद्धार गरिएकोछ। 
बाहनका चालकलाई प्रहरीले हिरासतमा लिएको छ।
तस्विर सौजन्य: बिबिसी 

रुस र भारतबीच झन्डै तीन अर्ब डलर बराबरको सुरक्षा सम्झौतामा सही


रुसी राष्ट्रपति व्लाजिदिर पुचिन र भारतक प्रधानमन्त्री मनमोहन सिंहबीच अफगानिस्तान लगायत यस क्षेत्रको सुरक्षा स्थितिका बारेमा छलफल भएको छ। रुसी राष्ट्रपति पुचिन भारतको एक दिने भ्रमणका लागि आजे नयाँ दिल्ली पुग्नुभएको हो।  
श्री पुचिनको भारत भ्रमणका क्रममा आज ती दुइ देशबीच दुइ दसमलव नौ अर्ब डलर बराबरको सुरक्षा सम्झौतामा सही भएको छ। सम्झौताअनुसार भारतले रुसबाट बयालीसवटा सुखोइ (सु-30) लडाकु बिमान, र एकहत्तरवटा मि-17 हेलिकप्टर खरिद गर्ने छ।
रुस धेरै पहिलेदेखि भारतको प्रमुख हतियार अपुर्तिकर्ता रहदैआएको छ, तर केही महत्वपूर्ण बन्द-ब्यापारमा उसले पश्चिम युरोपेली कम्पनीहरुबाट घाटा सहनुपरेको छ।
तस्विर सौजन्य: बिबिसी 

अफगानीस्तानको राजधानी काबुलमा प्रहरीको मुख्यालयभित्रै एकजना गैह्र-सैनिक अमेरिकीको हत्या


अफगानीस्तानको राजधानी काबुलमा प्रहरीको मुख्यालयभित्रै एकजना गैह्र-सैनिक अमेरिकीको हत्या भएको छ । अफगानी प्रहरीको पोशाक लगाएर आएकी एक युवतीले नेटो सैनिकका सल्लाहकार भएको भनिएका ती अमेरिकी नागरिकलाई सुरक्षाकर्मीहरुकै अगाडि नै गोली हानेर हत्या गरेकी हुन् ।
कडा सुरक्षा व्यवस्था भएको प्रहरी मुख्यालय भित्रै पसेर  कुनै महिलाले यस्तो हत्या गरेको यो पहिलो घटना भएको बताइएको छ। नर्गिस नाम गरेकी ती युवती हाल प्रहरी हिरासतमा छिन् । गोली हान्ने ती युवती आतंकबादी तालिवानको प्रतिनिधि पनि हुनसक्ने आशंकामा उनका बारेमा गम्भीर अनुसन्धान भइरहेको जानकारी अफगानी प्रहरीले दिएको छ ।
एउटा अर्को घटनामा, अफगानीस्तानको उत्तरी क्षेत्रमा एकजना प्रहरी अधिकृतले गोली हानेर पाँचजना सहकर्मीको हत्या गरेका छन् । पछिल्लो समयमा अफगानी प्रहरीद्वारा आफ्नै सहकर्मी अथवा विदेशीलाई गोली हान्ने क्रम बढ्दो छ ।
अफगानी सरकारले पछिल्लो समयमा ग्रामीण भेगका महिलालाई प्रहरीमा भर्ना गर्ने क्रम बढाएको छ । यस अबसरको फाइदा उठाई तालिबानले आफ्ना समर्थकहरुलाई प्रहरीमा भर्ना हुन पठाएको आशंका गरिएको छ । नयाँ भर्ना भएका प्रहरीमध्ये केही तालिबान छाडेर आएका महिलाहरु पनि भएको बताइएको छ।
अफागानीस्तानबाट सन् २०१४ सम्ममा सबै नाटो सैनिक फिर्ता बोलाउने तयारी भैरहेको अवस्थामा त्यहाकै प्रहरी र सैनिकलाई अहिले तालिम दिनथालिएको छ जसमा महिला प्रहरी पनि समावेश छन। 
तस्विर सौजन्य: बिबिसी 

सन्त नेता कृष्णप्रसाद भट्टराईले स्थापित गर्नुभएका मूल्य-मान्यताको राजनीति अहिले पनि उत्तिकै आवश्यक: प्रधानमन्त्री बाबुराम भट्टराई


प्रधानमन्त्री बाबुराम भट्टराईले कसैलाई पनि निषेध गरेर राजनीति अघि बढ्न नसक्ने कुरा बताउनुभएको छ। नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको उनानब्बेऔ  जन्मजयन्तीका अवसरमा ललितपुरको बाडेगाउँस्थित उहाँकै आश्रममा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री भट्टराईले सन्त नेता कृष्णप्रसाद भट्टराईले स्थापित गर्नुभएका मूल्य-मान्यताको राजनीति अहिले पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो।
 
प्रधानमन्त्री भट्टराईले मूल्य र मान्यताको राजनीतिको क्षयीकरण डरलाग्दो तरिकाले भैरहेको विचार व्यक्त गर्दै यसमा सुधार गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। 

प्रधानमन्त्री भट्टराईले सहमतिको सरकार र आफ्नो राजीनामाका सन्दर्भमा देशमा अहिले नराम्रो खेल भैरहेको, र अहिले पनि संविधान सभाको निर्वाचनभन्दा प्रधानमन्त्री को हुने भन्ने कुरा पहिलो प्राथमिकतामा परेको छ भन्नुभयो। उहाँले संसदीय प्रणालीमा संसद् विघटन हुँदा यस अघि बहाल रहेको सरकारले नै निर्वाचन गराउने परम्परा छ, तर अहिले प्रधानमन्त्रीको विषयलाई लिएर अनावश्यक हठ सिर्जना गरिएको छ भन्नुभयो। 

प्रधानमन्त्री भट्टराईले संविधान संशोधनका लागि बाधा अड्काउ फुकाउन, निर्वाचनको मिति घोषणा गर्न र निर्वाचन आयोगका पदाधिकारी नियुक्तिका लागि सहमति गरौं, त्यसपछि पहिलो चरणमा समय तोकेरै मेरै नेतृत्वमा सहमतिको सरकार बनाऔं, अनि निर्वाचनका लागि कांग्रेस नेतृत्वमा जाऔं। यसो गर्दा वैधानिकता पनि रहन्छ भन्नुभयो। 

आफ्नो यस प्रस्तावलाई कुनै लप्पनछप्पनका रूपमा नलिन आग्रह गर्दै प्रधानमन्त्रीले 'म बाधक छैन, बरु दूत बनेर आउने व्यक्तिहरुले स्वार्थ लुकाएर वास्तविकता नभनेको हुनसक्छ, 'कांग्रेसका नेताहरू यहाँ हुनुहुन्छ, तपाईंहरूले वास्तविकता यस्तो रहेछ भनेर भनिदिनुपर्‍यो' भन्नुभयो।

प्रधानमन्त्रीले पुस मसान्तभित्र सहमति गर्न नसके वैशाखमा निर्वाचन हुन नसक्ने बताउँदै आकर्षक मन्त्रालय लिएर भए पनि यही सरकारमा आउन पटक-पटक आग्रह गर्नुभयो। 'कुन-कुन मन्त्रालय लिँदा चित्त शान्ति हुन्छ, त्यसमा सहमति गर्न तयार छौं, तर एउटाले हार्ने अर्कोले जित्ने गरी प्रधानमन्त्री नै चाहिन्छ भन्ने हो भने सहमति हुनसक्दैन', प्रधानमन्त्रीले भन्नुभयो।
 
कार्यक्रममा प्रधानमन्त्री भट्टराईले सन्त नेता कृष्णप्रसाद भट्टराईको सम्मानमा प्रकाशित हुलाक टिकटमा प्रथम दिवशीय टाँचा पनि लगाउनु भयो।

यसैबीच, प्रधानमन्त्री भट्टराई उपस्थित भएका कारण सन्त नेता कृष्णप्रसाद भट्टराईको जन्मजयन्ती मनाउन कांग्रेसका शीर्ष नेताहरू  बाडेगाउँ नगई  क्षेत्रीय सभापतिहरूको प्रशिक्षणस्थल थलीमा नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले आयोजना गरेको स्मृति कार्यक्रममा सहभागी भएको बताइएको छ।

यसरी सहमति हुनसक्ला त?

राष्ट्रपति रामवरण यादवद्वारा निषेधको राजनीति नगर्न राजनीतिक दलका नेताहरुलाई आग्रह


राष्ट्रपति रामवरण यादवले  निषेधको राजनीति नगर्न राजनीतिक दलका नेताहरुलाई आग्रह गर्नुभएको छ। देशमा सहमतिको सरकारको गठनका सम्बन्धमा दलहरुबीच सहमति बन्न नसकिरहेको अवस्थामा विघटित संविधान सभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुसङ्ग आज विहान शितल निवासमा गर्नुभएको सामूहिक छलफलका बेला राष्ट्रपति यादवले सो आग्रह गर्नुभएको हो।

छलफलका क्रममा उहाँले  मुलुक संवैधानि र राजीतिकरुपमा संकटपूर्ण अवस्थामा रहेकाले सहमतिमा पुग्नका लागि गम्भीर बन्न दलका नेताहरुलाई आग्रह गर्नुभयो।

राष्ट्रपति यादवले राष्ट्रिय सहमतिको सरकारको गठनका लागि गत मसिंर आठ गतेदेखि पाँच पटक म्याद थप गर्दा गर्दा एक महिना बितिसकेको छ। यस्तो अवस्थामा सहमतिका लागि अब ढिलो नगर्न राष्ट्रपतिले गम्भिरतापूर्वक आग्रह गर्नुभएको जानकारी बैठकपछि संचारकर्मीहरुसङ्ग कुरा गर्दै दलित जन-जाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले दिनुभयो।

विहान नौ बजे शुरु भएर एक घण्टा चलेको बैठकमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनालसहित अन्य ३२ दलका नेताहरु उपस्थित हुनुहुन्थ्यो।  

भोलि सोमबार अपरान्ह पाँच दिनका लागि भारतको भ्रमणमा जानलाग्नुभएका राष्ट्रपति यादवले दलहरुबीच सहमति बनेको खबर पाए भ्रमण छोट्याएर फर्किने बताउनुभएको छ। 

मेरो भनाइ: मुकुक असहज प्ररिस्थितिमा रहेका बेला विदेश भ्रमणमा नजान नेपाली बुद्धिजीवी र (आफ्नै) पार्टीका सभापतिले आग्रह गर्दा पनि राष्ट्रपति यादवले कसैको सुन्न चाहनुभएन। आफ्नै देशमा रहेर समस्या समाधानमा जुट्नुको साटो 'सहमति बनेको खबर पाए भ्रमण छोट्याएर फर्किने' रे।

सरकार गठनका सम्बन्धमा विदेशी अभ्यास र अनुभवको प्रयोग गर्ने भन्ने राष्ट्रपतिले देशमा असहज परिस्थिति भएका बेला विदेश भ्रमणमा नजाने, विदेश भ्रमणमा भए भ्रमण छोट्ट्याएर स्वदेश फर्कने ...विदेशी राजनीतिज्ञहरुको अभ्यास र अनुभवको उपयोग गर्न चाहनु भएन।