Monday, December 24, 2012

राष्ट्रपति रामवरण यादवद्वारा निषेधको राजनीति नगर्न राजनीतिक दलका नेताहरुलाई आग्रह


राष्ट्रपति रामवरण यादवले  निषेधको राजनीति नगर्न राजनीतिक दलका नेताहरुलाई आग्रह गर्नुभएको छ। देशमा सहमतिको सरकारको गठनका सम्बन्धमा दलहरुबीच सहमति बन्न नसकिरहेको अवस्थामा विघटित संविधान सभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुसङ्ग आज विहान शितल निवासमा गर्नुभएको सामूहिक छलफलका बेला राष्ट्रपति यादवले सो आग्रह गर्नुभएको हो।

छलफलका क्रममा उहाँले  मुलुक संवैधानि र राजीतिकरुपमा संकटपूर्ण अवस्थामा रहेकाले सहमतिमा पुग्नका लागि गम्भीर बन्न दलका नेताहरुलाई आग्रह गर्नुभयो।

राष्ट्रपति यादवले राष्ट्रिय सहमतिको सरकारको गठनका लागि गत मसिंर आठ गतेदेखि पाँच पटक म्याद थप गर्दा गर्दा एक महिना बितिसकेको छ। यस्तो अवस्थामा सहमतिका लागि अब ढिलो नगर्न राष्ट्रपतिले गम्भिरतापूर्वक आग्रह गर्नुभएको जानकारी बैठकपछि संचारकर्मीहरुसङ्ग कुरा गर्दै दलित जन-जाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले दिनुभयो।

विहान नौ बजे शुरु भएर एक घण्टा चलेको बैठकमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनालसहित अन्य ३२ दलका नेताहरु उपस्थित हुनुहुन्थ्यो।  

भोलि सोमबार अपरान्ह पाँच दिनका लागि भारतको भ्रमणमा जानलाग्नुभएका राष्ट्रपति यादवले दलहरुबीच सहमति बनेको खबर पाए भ्रमण छोट्याएर फर्किने बताउनुभएको छ। 

मेरो भनाइ: मुकुक असहज प्ररिस्थितिमा रहेका बेला विदेश भ्रमणमा नजान नेपाली बुद्धिजीवी र (आफ्नै) पार्टीका सभापतिले आग्रह गर्दा पनि राष्ट्रपति यादवले कसैको सुन्न चाहनुभएन। आफ्नै देशमा रहेर समस्या समाधानमा जुट्नुको साटो 'सहमति बनेको खबर पाए भ्रमण छोट्याएर फर्किने' रे।

सरकार गठनका सम्बन्धमा विदेशी अभ्यास र अनुभवको प्रयोग गर्ने भन्ने राष्ट्रपतिले देशमा असहज परिस्थिति भएका बेला विदेश भ्रमणमा नजाने, विदेश भ्रमणमा भए भ्रमण छोट्ट्याएर स्वदेश फर्कने ...विदेशी राजनीतिज्ञहरुको अभ्यास र अनुभवको उपयोग गर्न चाहनु भएन। 

No comments:

Post a Comment