आज कार्तिक शुक्ल
प्रतिपदा तिथि, अधिराज्यभरि गोबर्द्धन पूजा गरी मनाइँदै छ।
आज विहान ९ बजेर ३६ मिनेट र ३० सेकेण्डसम्म अाैंसी नै छ भने त्यसउप्रान्त प्रतिपदा शुरू हुन्छ जतिबेलादेखि परम्पराअनुसार गाेरूकाे पूजा गर्न मिल्छ।
आज कृषि
कार्यसँग विशेष रूपमा गाँसिएका गाई, बाच्छा तथा गोरूलाई पूजा गरी रोटी, बाबर, पीठो आदि खानेकुरा
खुवाइन्छ। प्रचलनअनुसार, आज सारा बारी जोतेर अन्न उत्पादनमा सहयोग गर्ने गोरुको निधारमा
रातो टीका लगाएर पूजा गर्ने, माला लगाइदिने अनि मीठा-मीठा घाँस तथा
अन्य खानेकुरा खानादिइन्छ।
धार्मिक
मान्यताअनुसार गोवंशको सुरक्षा एवं वृद्धिका लागि
भगवान श्रीकृष्णले घाँसपात र पानीले सम्पन्न गोबर्द्धन पर्वतको पूजा गर्ने परम्परा
बसालेको विश्वास लिई आज गोबरबाट गोबर्द्धन पर्वतको प्रतीक बनाएर गाई, गोरू, बाच्छा र पर्वतको पूजा गरिन्छ।
भगवान श्रीकृष्णले स्वर्गका राजा
इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा अाइपरेको अविरल वर्षाबाट निम्तिएको
महाविपत्तिबाट बचाउन आफ्नो कान्छि औंलाले गोबरधन पर्वतलाई उठाएर त्यसमुनी
द्वारिकावासीलार्इ ओत लागाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख छ । भगवान श्री
कृष्णसंग आजकै दिन ईन्द्रले आफ्नो क्रोधयूक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी
मागेको पनि उल्लेख छ। आजको दिन, श्री कृष्णले आफ्नो औंलाले
उठाउनुभएको त्यही गोबर्धन पर्वतको पूजाआजा गरिन्छ। यसरी गोबर्धन पर्वतको पूजाआजा
गर्दा गार्इवस्तुको गोबरलाई नै गोबरधन पर्वतको प्रतिकका रुपमा पूज्ने चलन रहिअाएको
छ ।
गोबरधनका साथ आज गोरुको पनि पूजा
गरिन्छ र यसकासाथै अाज कृषि औजारहरुको पनि पुजा गरिने दिन हो। श्रावणमा खेत जोतेर
राखिएको हलो बिचबिचमा खेतबारी खोस्रन निकालिने गरिन्छ र हलोसँगै हलगोरु पनि
जोतिइरहेका हुन्छन्। आजको दिन यि हलगोरु अनि हलोको पूजा गर्ने दिन हो। हलोको
तलपट्टि जमिनलाई खोस्रिन धातूबाट बनेको चुच्चोलाई फाली भनिन्छ भने हलो र गोरुको
काँधलाई जोड्ने काठलार्इ जुवा। आजको दिन कृषि कार्यका यी सम्पूर्ण
उपकरणहरु लगायत गोठ, पराल अथवा खानेकुरा दिइने नादी, कुटी काट्ने कचिया (गँणासी) इत्यादीको पूजा गरिन्छ।
प्राचिन नेपाली समाजको स्मरण गर्ने हो भने, गोरुगाडा लगायतका जनावरले तान्ने गाडाहरु नै एक ठाउँबाट अर्को ठाउँ पुग्ने यातायातको प्रमुख माध्यम अनि कृषि कार्यका प्रमुख आधारहरु थिए। यीनै गोरुहरु अनि बहरका लागि आजको दिन पिठो, नुन, चोक्कर र पानी मिश्रीत घोलका साथै चामलको पिठो र तिउन हालेर बनेको गिलोरोटी अर्थात बावर खान दिइन्छ।
प्राचिन नेपाली समाजको स्मरण गर्ने हो भने, गोरुगाडा लगायतका जनावरले तान्ने गाडाहरु नै एक ठाउँबाट अर्को ठाउँ पुग्ने यातायातको प्रमुख माध्यम अनि कृषि कार्यका प्रमुख आधारहरु थिए। यीनै गोरुहरु अनि बहरका लागि आजको दिन पिठो, नुन, चोक्कर र पानी मिश्रीत घोलका साथै चामलको पिठो र तिउन हालेर बनेको गिलोरोटी अर्थात बावर खान दिइन्छ।
आजको दिनको अर्को महत्वपूर्ण
सांस्कृतिक रौनक हो, देउसी! अनि तपाईको के छ त
योजना? जाने हैन त देउसी खेल्न?
बलिराजाले पठाएका भनेर मानिने टोल छिमेकका पुरुषहरुको यो साङ्गीतिक दस्ता जसलाई देउसे भनिन्छ। यीनीहरुले गाउने अनि प्रस्तुत गर्ने सांगीतिक कोसेली नै देउसी हो।
बलिराजाले पठाएका भनेर मानिने टोल छिमेकका पुरुषहरुको यो साङ्गीतिक दस्ता जसलाई देउसे भनिन्छ। यीनीहरुले गाउने अनि प्रस्तुत गर्ने सांगीतिक कोसेली नै देउसी हो।
देउसीमा एकजना भट्याउने ब्यक्ति हुन्छन् जसलार्इ अन्य सदस्यहरूले सामान्यतया सामूहिक रूपमा भाकामा साथ दिने गर्दछन। स्वर अनि छन्दका विषयमा भने भट्याउने ब्यक्ति जानकार हुनु जरुरी छ। केही देउसीका सर्वप्रिय भाकाहरु बाहेक धेरै अन्य पंक्तिहरु परिस्थितीपरक हुन सक्छन। देउसी खेलिसकेपछि अन्त्यमा अाशिस दिइन्छ जसकाे महत्व र मान्यताले साँच्चिकै विशेष अर्थ राख्दछ....
"यसपाला आँउदा जस्ताको छाना
अर्कोसाल आँउदा पक्काको छाना
त्यस्पछि आँउदा चाँदीको छाना
त्यसपछी आँउदा सुनको छाना
यो घरैका केटा केटी
दुवो मौलाए झै मौलाइ रहुन..." जस्ता आशिषहरु साँच्चीकै समय सान्दर्भिक छन्।
देउसीका माध्यमबाट सामाजिक सद्भाव बढाउनमा याेगदान गर्ने र संकलित रकमले कुनै सामाजिक कार्य गर्ने या समूहमा भाग लगाएर लिने या वनभोज जाने चलन नेपाली समाजमा पुस्तौपुस्तादेखि चल्दैअाएकाे छ। वास्तवमै हामी सबैलाई देउसेले दिएको आशिष
लागोस्, अापसी सद्भार बढोस। जय द्याैसी। तस्विर साैजन्यः गुगल