आज आश्विन शुक्ल
प्रतिपदा, अर्थात् घटस्थापना। आज नेपालीहरुको महान चाड वडा
दशैंको पहिलो दिन घर-घरमा घटस्थापना गरी मनाइंदै छ। अज शक्ति स्वरूपा माता भगवतीका नै स्वरूपमध्ये
पहिलो रूवरूप शैल पुत्रीको पूजा अराधना गरिन्छ।
दशैँको टीका लगाउँदा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेंलो जमराको प्रयोग गरिन्छ।
परम्परानुसार घटस्थापनाका उपलक्ष्यमा आज हनुमानढोका दरबारमा रहेको दशैँ घरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरुमा नवरात्रि पूजाको शुभारम्भ हुन्छ। नवरात्रिका उपलक्ष्यमा अधिराज्यभरि विहान घर-घरमा र भगवतीका मन्दिरहरुमा चण्डी र भगवतीस्तोत्र पाठ गर्ने गरिन्छ।
वडा दशैंका उपलक्ष्यमा आजैदेखि अधिराज्यभरिका शिक्षण संस्था र अदालतहरूलाई कोजाग्रत पूर्णिमाका दिनसम्ममा लागि विदा दिइने चलन छ।
आज घटस्थापनाका लागि शुभ साइत विहान ११ बजेर ४५ मिनेटमा जुरेको कुरा ज्योतिषविज्ञहरुले जनाएका छन।