Thursday, October 7, 2021

नेपालीहरूकाे महान चाड वडा दशैंकाे पहिलाे दिन अाज घर-घरमा घटस्थापना गरी मनाइंदै

आज आश्विन शुक्ल प्रतिपदा, अर्थात् घटस्थापना। आज नेपालीहरुको महान चाड वडा दशैंको पहिलो दिन घर-घरमा घटस्थापना गरी मनाइंदै छ। अज शक्ति स्वरूपा माता भगवतीका नै स्वरूपमध्ये पहिलो रूवरूप शैल पुत्रीको पूजा अराधना गरिन्छ।

भगवान श्री रामचन्द्रले रावणमाथि विजय हासिल गर्ने उद्देश्यले शक्ति-प्राप्तिका लागि शक्तिस्वरूप महामाया भगवतीको आह्वान गर्नेहेतु घडाको स्थापना गरी बालुवाको चौकीमा जौ छरी पूजा-आराधना गरेको विश्वासमा आज हिन्दु धर्मावलम्बीहरु आ-आफ्नो पूजा कोठा वा दशैं-घरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजा गर्ने र माटाको पूर्ण घडामा गाईको गोबर राखी घाम नछिर्ने अँध्यारो कोठामा जौ वा मकै छरेर जमरा राखी पंचरत्न चढाई शक्तिरूपी दुर्गा भवानीको आराधना गर्ने परम्परा छ।  यसरी उमारिने जमरा विजया दशमीका दिन मान्यजनहरुका हातबाट टीका ग्रहण गर्दा लगाइन्छ।  

 दशैँको टीका लगाउँदा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेंलो जमराको प्रयोग गरिन्छ।  

परम्परानुसार घटस्थापनाका उपलक्ष्यमा आज हनुमानढोका दरबारमा रहेको दशैँ घरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मीमहासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरुमा नवरात्रि पूजाको शुभारम्भ हुन्छ। नवरात्रिका उपलक्ष्यमा अधिराज्यभरि विहान घर-घरमा र भगवतीका मन्दिरहरुमा चण्डी र भगवतीस्तोत्र पाठ गर्ने गरिन्छ। 

वडा दशैंका उपलक्ष्यमा आजैदेखि अधिराज्यभरिका शिक्षण संस्था र अदालतहरूलाई कोजाग्रत पूर्णिमाका दिनसम्ममा लागि विदा दिइने चलन छ।  

 

आज घटस्थापनाका लागि शुभ साइत विहान ११ बजेर ४५ मिनेटमा जुरेको कुरा ज्योतिषविज्ञहरुले जनाएका छन।   

No comments:

Post a Comment