Tuesday, October 12, 2021

नवरात्रिको सातौं दिन आज अधिराज्यभरि धार्मिक परम्परानुसार फूलपाती भित्र्याइदैछ।

नवरात्रिको सातौं दिन आज अधिराज्यभरि धार्मिक परम्परानुसार फूलपाती भित्र्याइदैछ। 

उखुको बोटकेराको बोटबेलपत्रदारिम, जयन्तीधानका बालाअशोकका पातअदुवाको बोट र फलफूल आदि नयाँ पालुवालाई फूलपातीका रूपमा आजै शुभ साइतको प्रतीक मानी दुर्गा भवानीको प्रतिमा राखिएको दशैं-घरबाट विधिपूर्वक भित्र्याउने काम गरिन्छ।

परम्परानुसारगोरखा दरबारको दशैं-घरबाट ल्याइएको फूलपाती आजै हनुमानढोकास्थित दशैं-घरमा भित्र्याइञ्छ।  सो फूलपातीलाई गोरखाबाट धादिङ्ग जिल्लाको जीवनपुरसम्म दशैं-घरका पुजारीसहित ६जना मगर जातिका पुजारीले र त्यहाँदेखि जमलसम्म काठमाडौँबाट गएका पुजारीले बोकेर ल्याउने चलन छ।  

हनुमानढोकाबाट हर्षबढाईका साथ गएको लावालस्करले जमलमा राखिएको सो  फूलपाती हनुमानढोकास्थित दशैं-घरमा ल्याउँछ। फूलपाती लिन ब्याण्ड-बाजागुरुज्यूको पल्टनपन्चैबाजासिंगारिएका कल्स्यौलीआशागुर्जाटोलीसांस्कृतिक नाच-गान टोलीनिजामती कर्मचारीसैनिक र प्रहरीहरु सम्मिलित हुन्छन। 

नेपाली सेनाद्वारा टुंडिखेलमा आयोजित बढाइँ  समारोह सम्पन्न भएपछि जमलमा रहेको फूलपातीलाई हनुमानढोकामा भित्र्याइञ्छ।   तस्विर सौजन्य: गुगल 

 

अाज नवरात्रकाे छैटाैं दिन (तिथिअनुसार छैटाैं र साताैं दिन) देवी कात्यायनी र कालरात्रिकाे पूजा अाराधना गरी मनाइँदै

 चंद्र हासोज्ज वलकरा शार्दू लवर वाहना।

कात्यायनी शुभं दद्या देवी दानव घातिनि।।


नवरात्रिको छैटौं दिन आज 
शक्ति-स्वरूपा कात्यायनी
  देवीको पूजा-आराधना गरिदै छ। मानव जीवनमा शक्ति-स्वरूपा देवी कात्यायनीको उपस्थिति निम्न बरदानका लागि भएको विश्वास गरिन्छ: 

 

-महिलाहरुका लागि समृद्ध र सामयिक बैबाहिक जीवनका लागि बरदान  
-नव-बिबाहित दम्पतिहरुका लागि उचित समयमा सन्तान-सुखको बरदान  
-कसैको कुण्डलीमा कुनै खराबीहरु छन् भने तीनको प्रत्याख्यान 
-बिबाह गर्ने उमेर भएका युवतीहरुको समयमै लगन गाँठोका लागि बरदान
-महिलाहरुको बैबाहिक जीवनमा आइपर्ने समस्याहरुको अपलाप 
-स्वास्थ्य, सम्पन्नता र समृद्धिका लागि बरदान 

सिद्ध महर्षि कात्यानले कठोर तपस्या गरेर माताबाट अफ्नी पुत्रीका रूपमा जन्म लिने वरदान माग्नुभयो। ऋषिको तपस्याबाट प्रसन्न भएकी माता पराम्बाले ऋषिको यो इच्छा पूरा गरिदिनुभयो र ऋषि कात्यानकी पुत्रीका रूपमा जन्म लिनुभयो । यसरी यी देबीको नाम "देवी कात्यायनी" रहनगयो। चार भुजाधारी माता कात्यायनी सिंहमा सवार हुनुहुन्छ। अफ्नो एउता हातमा तरवार र अर्को हातमा अफ्ना प्रिय पुष्प कमल लिनुभएको छ। अन्य दुइवटा हात वरमुद्रा र अभयमुद्रामा छन।


अाजै सप्तमी तिथि पनि परेकाले माता कालरात्रिकाे पूजाअाराधना पनि गरिंदै छ।


चारवटा हात भएकी देवी कालरात्री गधामा विराजमान हुनुहुन्छ। उहाँका दाहिने हात अभय र बरदा मुद्रामा छन् भेन देब्रे हातमा खुँडा र फलामको अंकुशे छ। कालरात्रि देवी पार्वतीको सबैभन्दा भयानक रूप भए पनि उहाँ आफ्ना भक्तजनहरुलाई अभय र बरदा मुद्रा प्रदान गर्नुहुन्छ। उहाँको भयानक स्वरूपमा  निहित शुभ र पवित्र मंगलकारी शक्तिका कारण कालरात्रि देवीलाई शुभंकारी देविका रूपमा पनि चिनिन्छ।     

 

माता कालरात्रिको वर्ण रात्रिसमान कालाे छ, तर त्यस्ताे वर्ण भएकी माता कालरात्रि अन्धकारलार्इ नाश गर्नुहुन्छ। दुष्टहरू अथवा राक्षसहरूकाे अन्त गर्ने माता दुर्गाको यो रूप देख्नमा अत्यन्त भयङ्कर भए पनि उहाँले फल भने शुभ दिनुहुन्छ। यसैले उहाँलार्इ माता "शुभंकरी" पनि भनिन्छ। माता कालरात्रिका अाँखा ब्रह्माण्डजस्ता गोलागाेला छन। हरेक श्वासका साथ माताकाे नासिकाबाट अग्निका ज्वालाहरू निस्किरहन्छन। अाफ्ना चारमध्ये एक हातमा खुँडा, अर्काेमा लाैह अस्त्रअंकुशे लिएकी, अनि अन्य दुइ हातमध्ये एक अभय मुद्रा अनि अर्काे वर मुद्रामा व्यस्त रहने माता कालरात्रि अाफ्नाे वाहन गर्दभ अर्थात गदामा सवार हुनुहुन्छ।

 

नवरात्रिकाे साताैं दिन माता कालरात्रिकाे उपासना तलकाे मन्त्रका साथ गरिन्छ-

एकवेणी जपाकर्णपूरा नग्ना खरास्थिता, लम्बोष्टी कर्णिकाकर्णी तैलाभ्यक्तशरीरिणी।
वामपादोल्लसल्लोहलताकण्टकभूषणा, वर्धनमूर्धध्वजा कृष्णा कालरात्रिर्भयङ्करी॥

 

माता कालरात्रिकाे पूजाका लागि उपयोगी खाद्य साम्रग्री: सप्तमी तिथिकाे दिन भगवतीकाे पूजामा गुँड़को नैवेद्य अर्पित गरेर ब्राह्मणलार्इ दिनुपर्दछ। यसाे गर्नाले पुरुष शोकमुक्त हुनसक्दछ भन्ने मान्यता रहिअाएकाे छ।


माता कालरात्रिकाे पूजा गर्नाले मनुष्यले समस्त सिद्धि प्राप्त गर्नसक्छ भन्ने मान्यता विशेषतः रहिअाएकाे छ। माता कालरात्रि पराशक्तिहरूकाे साधना गर्ने मानिसहरूबीच निकै प्रशिद्ध हुनुहुन्छ भन्ने विश्वास गरिन्छ। छाेटकरीमा भन्नुपर्दा, माता कालरात्रिकाे भक्तिकाे परिणामस्वरूप दुष्टहरूकाे नाश हुन्छ र ग्रहसम्बन्धी बाधाहरू टर्छन भन्ने मान्यता रहिअाएकाे छ। 

या देवी सर्वभू‍तेषु माँ कालरात्रि रूपेण संस्थिता। 

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:।।