Monday, December 10, 2012

सहमतिको लागि बाधन बन्दिनँ, तर विकल्प विना राजीनामा पनि दिन्न– प्रधानमन्त्री


प्रधानमन्त्री डा बाबुराम भट्टराईले  शून्य सहनशिलताको अवधारणा लिएर आफूले सकारात्मक कार्य प्रणालीको थालनी गरेको कुरा बताउनुभएकोछ। आफूले तत्काल राजीनामा नदिने प्रष्ट पारेका छन् । गोरखाको ताकुकोट-५ मा संचालित सूर्य-ज्योति उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले आफ्नो कार्यकालमा सुशासनले बढावा पाएको दाबी गर्नुभयो। 

प्रधानमन्त्री भट्टराईले नेपालको वर्तमान आवश्यकता सत्ता परिबर्तन नभई राजनीतिक निकास हो भन्नुभायो। आफ्नो राजीनामाभन्दा दलहरुबीचको सहमति महत्वपूर्ण भएको कुरा बताउंदै प्रधानमन्त्री भट्टराईले तथापि सहमतिको लागि आफू बाधक नबन्ने कुरा दोहोर्‍याउँनुभयो। डा भट्टराईले दलहरुलाई सहमतिका लागि आव्हान समेत गर्नुभयो। 'सहमतिको लागि म बाधन बन्दिनँ,' प्रधानमन्त्रीले भन्नुभयो, 'तर विकल्प विना राजीनामा पनि दिन्न।'  

विकल्प विनाको सहमतिले मुलुकलाई झन् कठीन अवस्थामा पुर्याउने तर्क प्रस्तुत गर्नुभयो।

यसअघि काठमान्डू विश्व विद्यालयमा बोल्दै प्रधानमन्त्री भट्टराईले आगामी केही हप्तामा दलहरु बीच सहमति हुने विश्वास व्यक्त गर्नुभयो। 

मेरो विचार: अहिलेको राजनीतिक परिदृश्यलाई विचार्दा नेपाली कांग्रेस र एमाले लगायतका दलहरु सहमतिका आधारमा अथवा सडकबाटै भए पनि  भट्टराईलाई सत्ताबाट हटाईछाड्ने मनस्थितिमा देखिन्छन। उनीहरुका पछिल्ला गतिविधिले यसै कुराको पुष्टि गर्दछन। यसबाट के प्रष्ट हुन्छ त भन्दा प्रतिपक्ष देशका समस्या समाधान भन्दा प्रधानमन्त्रीको कुर्ची हडप्न सर्बप्रथम लालायित छ। बाबुरामलाई हटाएर आफू कुर्चीमा पुगे पनि समस्याको समाधान हुनसक्दैन भन्ने कुरा यिनीहरुलाई पनि राम्रैसङ्ग थाहा छ। किनकि वर्तमान अवस्थामा सहमति विनै बाबुराम जानु र अर्को कुनै राम आउनुमा कुनै तात्विक भिन्नता देखिदैन। यस वास्तविकतालाई राम्रैसङ्ग बुझेका प्रतिपक्षी दलहरुको एउटै उद्देश्य चुनाव अघि सत्तामा पुगेर सत्ताको सुविधा भोग गर्दै चुनाव लड्ने मात्र हो। तर कसैले पनि भुल्न नहुने कुरा के हो भने, जस्तालाई तस्तै ढीडालाई निस्तै जरुर हुन्छ। अर्काको भाग खोसेर आरामसङ्ग बसेर खाउँला भनी नसोचे पनि हुन्छ।

पाकिस्तानको बन्नु नजिकैको प्रहरी चौकीमाथि विद्रोही आतंककारीद्वारा आक्रमण: कम्तिमा आठजनाको मृत्यु


पाकिस्तानको उत्तर-पश्चिमी जातीय क्षेत्रसङ्ग सिमाना जोडिएको बन्नु नजिकैको प्रहरी चौकीमाथि विद्रोही आतंककारीहरुले गरेको आक्रमणमा परी कम्तिमा आठजना मारिएका छन्।

प्राप्त समाचारमा जनाइएअनुसार, विद्रोही आतंककारीहरुले ग्रिनेड र अन्य हतियारले आक्रमण गरेपछि प्रहरीले जवाबी कारबाही गरेको थियो। 
आक्रमणमा मारिनेमध्य तीनजना प्रहरी, दुइजना आक्रमणकारी र नजिकैको मस्जिदमा रहेका तीनजना सर्बसाधारण रहेका छन। 
सो आक्रमणका लागि पाकिस्तानी तालिबानले जिम्मेवारी स्वीकार गरेको बताइएको छ। 
नक्सा सौजन्य: बिबिसी  

घानाका बहालवाला राष्ट्रपति जोन महामा अर्को अवधिका लागि विजयी


अफ्रिकी राष्ट्र घानाका राष्ट्रपति जोन महामा अर्को अवधिका लागि विजयी हुनुभएको छ। शुक्रबार भएको निर्वाचनमा राष्ट्रपति महामाले पचास दसमलव सात प्रतिसत मत हासिल गर्नुभएको घोषणा त्यहाँको निर्वाचन आयोगले गरेको छ। 
निर्वाचन आयोगका अनुसार महामाका निकटतम प्रतिद्वन्द्वी प्रतिपक्षी नेता नाना अकुफो अद्दोले सतचालिस दसमलव सात चार प्रतिसत मत हासिल गर्नुभएको छ।
तथापि, प्रतिपक्षी एन्पिपी पार्टीले भने निर्वाचनमा धाँधली भएको आरोप लगाउदै सत्तारुढ एन्डीसी पार्टीले निर्वाचन आयोगका कर्मचारीलाई मिलाएर निर्वाचन परिणाम आफ्नो पक्षमा बनाएको दाबी गरेको छ। 
सत्तारुढ राष्ट्रपति महामाले जनताको मतको कदर गर्न सबै राजनीतिक दलका नेताहरुलाई आग्रह गर्नुभएको छ। 'जनताको आवाज इश्वरको आवाज हो', उहाँले भन्नुभयो।                                          तस्विर सौजन्य: बिबिसी 

पृथ्वी ध्वस्त हुने समाचार गलत, कुनै प्रमाण छैन

संसारको उत्पतिपछि धेरै पटक भौगोलिक चुम्बकको ध्रुब परिवर्तन भएको बैज्ञानिकहरुले बुझेका छन । यदी तपाई आठ लाख वर्ष पहिले अस्तित्वमा रहेको भए तपाईको हातमा भएको कम्पासको उत्तरी ध्रुवले दक्षिण देखाएको हुन्थ्यो । किनकि चुम्बकीय कम्पासलाई पृथ्वीको ध्रुवको आधारमा निर्धारण गरिन्छ । यदि अहिलेको भौगोलिक चुम्बकी ध्रुवहरु परिवर्तन भएको भए कम्पासको उत्तर र दक्षिण दिशाको निर्धारण १८० डिग्री गल्ती हुने थियो । पृथ्वीको अन्त्यको दिनको बारेमा कुरा गर्ने धेरै साध्याकर्ताहरुले पृथ्वीको चुम्बकी ध्रुवहरुको परिवर्तनलाई पृथ्वीलाई ध्वस्त पार्ने एउटा कारणको रुपमा व्याख्या गर्नखोजेका छन । तर के त्यस्तै नाटकीय असर पर्ला त ? हामीसंग भएका चुम्बकीय ध्रुव परिवर्तन हुदाका लाखौ वर्ष पुराना भौगोलिक र जिवावशेषका रिकाडहरुलाई हेर्ने हो भने कुनै असर नपर्ने देखिन्छ ।

चुम्बिकीय ध्रुव परिवर्तन नियम हो अपवाद होइन । पृथ्वीमा बितेका दुइ करोड वर्षदेखि चुम्बकीय ध्रुव परिवर्तन शुरु भएको हो र यो प्रत्येक दुइ लाखदेखि  तिन लाख वर्षमा हुनेगरेको थियो, तर पछिल्लो पटकदेखि दोब्बर लामो समयसम्म भएको छैन । पृथ्वीको ध्रुव परिवर्तन सयौँ, हजारौँ बर्षमा एक पटक हुन्छ, तर यो पूर्णरुपले उल्टो भने होइन ।

वैज्ञानिकहरुले भौगोलिक चुम्बकको ध्रुव बितेका तीस लाख बर्षमा न्युनतम एक सय पटकभन्दा बढी भएको अनुमान गरेका छन । र त्यस्तो परिवर्तन जसले डायनोसरहरुलाई पृथ्वीवाट हटायो प्रत्येक दस लाख वर्षमा हुनेगर्थ्यो ।

समुन्द्रमुनिको भू-सतहबाट लिइएका थेग्रिलो पदार्थले वैज्ञानिकहरुलाई चुम्बकीय ध्रुव परिवर्तनका बारेमा चुम्बकीय क्षेत्रको गतिविधि र जिवावषेशको आँकडा बीचको सीधा सम्बन्धबारे जानकारी दिनसक्छन । मध्ये-प्रशान्तको धाँजाको दुबैतर्फको समुन्द्रको पींधमा रहने लाभाको स्थितिलाई पृथ्वीको चुम्बकीय ध्रुवले निर्धारण गर्छ, जहाँ उत्तर अमेरिकी र यूरोप महादेशीय भू-भागहरु एक-अर्काबाट टाढिदैछन । जब लाभा जम्छ यसले त्यस बेलाको म्याग्नेटिक क्षेत्रको अवस्थितिलाई टेप रेकर्डरले जस्तै सुरक्षित राख्छ । पछिल्लो पटक ठुलो ध्रुव परिवर्तन सात लाख असी हजार वर्ष पहिले भएको थियो, जसलाई वैज्ञानिकहरुले Brunhes-Matuyama Reversal (ढिलो खाइएको औषधिको उल्टो असर) नाम दिएका छन ।  गहिरो समुन्द्रबाट झिकेको थेग्रोले भित्री भागमा भएको अक्सिजनको मात्राले पनि हिम पहिरोजस्ता कुनै गतिविधि  नभएको संकेत गर्दछ । यो परिवर्तनले पृथ्वीको अक्षलाई कुनै असर पार्दैन न त हावापानी र हिमालय क्षेत्रमा कुनै असर पार्छ, यदि पार्थ्यो भने पहिलेको बरफसम्बन्धी आँकडाले यस्तो प्रमाण दिन्थ्यो ।

पृथ्वीका ध्रुवहरु अपरिवर्तनीय छैनन । प्राचीन छड चुम्बकको जस्तो निश्चित नभएर पृथ्वीको म्याग्नेटिक क्षेत्रलाई प्रभाब पार्ने तत्वहरु यताउता घुमिरहन्छन । भौगर्वविदहरु पृथ्वीको चुम्बकको कारण यसको केन्द्रको फलामको डल्लो र यसको वरिपरि रहेको तातो तरल धातुको समुन्द्रलाई मानेका छन । यस प्रकृयालाई सुपर कम्प्युटरद्वारा नमुनाकृत गर्न सकिन्छ । पृथ्वीको केन्द्रमा रहेको पग्लेको फलामको बगाईले गर्दा बिजुलिको करेन्ट उत्पन्न हुन्छ जसले चुम्बकीय क्षेत्र बन्छ । पृथ्वीको बाहिरी केन्द्रलाई बैज्ञानिकहरुले सिधै अध्ययन गर्न गाह्रो छ त्यसैले उनिहरु चुम्बकीय क्षेत्रको परिवर्तनलाई अध्ययन गरेर भित्रको परिवर्तनलाई अनुमान गर्छन । उत्तरी चुम्बकीय ध्रुव बिस्तारै भौगोलिक उत्तरी ध्रुव तिर सरिरहेको छ । यो उन्नाइसौ शताब्दिमा पत्ता लागेको भन्दा ११०० किलो मिटर सरिसकेको छ । यो पहिलभन्दा छिटो-छिटो सरिरहेको छ । यसलाई वैज्ञानिकहरुले पोलहरु परिवर्तन हुनलागेको भनेका छन । यो प्रतिवर्ष ४० माईलको दरमा सरिरहेको छ । यो दर २० औँ शताब्दिमा १० माईल प्रतिवर्ष थियो ।

चुम्बकीय परिवर्तनको कारण अन्तिम दिन आउनसक्ने परिकल्पना सौर्य आँधि आउनसक्ने खतरा छ । यस सुझावले गल्तिपुर्वक यो मान्छ कि पृथ्वीको चुम्बकीय शक्ति, जसले सौर्य आँधि र सूर्यबाट निस्किएर आउनसक्ने केन्द्रिय पदार्थलाई रोक्छ, ले पृथ्वीलाई छोटो समयको लागि छोडिदिने छ । चुम्बकीय क्षेत्र कमजोर हुन र पुन: दरिन केही समय लाग्नसक्छ, तर पुर्णरुपले हराएको प्रमाण कहिलै भेटिएको छैन । कमजोर चुम्बकीय क्षेत्रले निश्चितरुपले सुर्यको बिकिरणको मात्रा बढाउन सक्छ र कम देशान्तर भएको ठाँउहरुमा औरोरा (Aurora) को सुन्दर दृश्य देखिने छ। तर त्यस्तो खतरा भने हुनेछैन । पृथ्वीको चुम्बकीय क्षेत्र कमजोर भए पनि सुर्यबाट आउने बिकिरण र पदार्थलाई बाक्लो वायुमण्डलले पनि छेक्ने छ ।

विज्ञानले भन्छ (भौगोलिक समय रेखाको अनुसार), चुम्बकीय ध्रुबको परिवर्तन लाखौँ वर्षको अन्तरालमा हुन्छ । यद्धेपि चुम्बकीय ध्रुव परिवर्तनको कारक तत्वहरुको पुर्णरुपले पुर्वानुमान गर्न सकिदैन . उत्तरी ध्रुबले चालको दिशा परिवर्तन गर्नसक्छ । भौगोलिक इतिहासको करोडौँ बर्षको कुनै पनि प्रमाण वा रेकर्डले चुम्बकीय ध्रुव परिवर्तनसँग जोडिएको २०१२ को पृथ्वीको अन्तिमा दिनलाई खासै गम्भिररुपले लिनुपर्ने देखएको छैन । यो परिवर्तन बरु चुम्बकीय कम्पास उत्पादन कम्पनीको असल धन्दा गर्ने मौका बन्नसक्छ । nasa

बाबुराम भट्टराई नै राष्ट्रिय सहमतिको सरकारका लागि एमाओवादीका उम्मेदवार


एकीकृत नेकपा माओवादीले पार्टी उपाध्यक्ष एवम्  वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ । 
पार्टी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको पदाधिकारी र ब्यूरो इन्चार्जहरुको संयुक्त बैठकले सहमतीय सरकारको नेतृत्वका लागि पार्टी उपाध्यक्ष भट्टराईलाई नै अघि सार्ने निर्णय  गरेको हो । 
बैठकले वर्तमान सरकारलाई राष्ट्रिय स्वरुप दिंदा अन्य दलहरुसङ्गको कार्य-विभाजनमा अधिकतम लचकता देखाउने समेत निर्णय गरेको जानकारी प्रवक्ता अग्निप्रसाद सापकोटाले दिनुभयो । 
प्रवक्ता सापकोटाले दलहरुबीच हुने छलफल, बहस र वार्तामा माओवादीकै नेतृत्वमा सरकार निर्माणका लागि पहल गर्ने, अन्यथा संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनभित्रबाट विकल्प सोच्ने समेत निर्णय भएको जानकारी दिनुभयो ।   साभार:ह्वाइट हिमाल तेलेविजन