Friday, November 16, 2012

नेताहरुलाई झापड हान्ने क्रम जारी

दुइ सय वर्षसम्म राज गरेको राजसत्ता त हटायौं, हामीलाई कसले के गर्नसक्छ र भन्ने भ्रम हुनसक्छ राजनीतिक दल र दलका नेताहरुमा। सारा नेपाली जनतालाई आफ्ना झोले बनाइसकेको अवस्थामा नहोस पनि कसरी? कोही कांग्रेसका झोले, कोही एमालेका झोले, कोही माओवादीका झोले, कोही कसैका झोले त कोही कुनै पार्टीका। 

झोले भए पार्टीसंग मागेर, वा लुटेर, अथवा सिधासादा जनतालाई हप्काएर पनि खान पाइहालिन्छ, अरु जोसुकै जतासुकै ज़ाउन।  नेताहरुका नजिकका भनाउँदा झोलेहरुको यस्तो मनस्थिति, जसलाई सिढी बनाएर कुर्चीमा पुगियो, उसैलाई हप्काउन नसक्ने नेताहरुको वाध्यता। 

यसो भएपछी सर्वसाधारण जनता त सधै मर्कामा। पुलिस नेताहरुको हातमा, सेना नेताहरुको हातमा, लौरे, मुंग्रे, भुस्तिघ्रेहरु नेताहरुको हातमा, जनता त निरिह। अनि महंगीको मार पनि जनताले नै खप्नुपर्ने, अशान्तिको प्रहार पनि जनताले नै खप्नुपर्ने, कृत्रिम अभावको मार पनि जनताले नै खप्नुपर्ने, चन्दा आतंकका  कारण पनि जनता नै आतंकित हुनुपर्ने। 

यस्तो असमन्जसको अवस्थामा एकजना साहसी युबक निस्कन्छ, नेताहरुलाई सांकेतिक झापड हान्छ, तर नेताहरुयसको अर्थ बुझ्न चाहदैनन। यिनीहरु त कहिले सहमति, कहिले संघियता, कहिले जातियताको, त कहिले केको मुद्धामा अल्झिएर जागिरको अवधि बढाउदै जनताको रगत पसिनाबाट तिरेको करको पैसा लुट्दै गरिरहेका छन। अनि यिनका कार्यकर्ताहरु पनि यस्तै- आफ्ना नेताको प्यारो बन्नका लागि नेताहरुलाई सजग गराउनका लागि सांकेतिक प्रहार गर्ने सजग नागरिकको मुक्ची नै भत्काइदिन्छन। 

अनि प्रचार गर्छन, फलानो पार्टीले उक्साएर आक्रमण गर्न लगाएको मान्छे हो भनेर। त्यसपछि आत्म-तृप्त हुनथाल्दछन, झलनाथलाई कार्यकर्ता देवीप्रसादले कुट्याथ्यो, झक्कुप्रसादलाई पसलेले, सुशिल कोइरालालाई प्रभुराम बस्नेतले ठोक्याथ्यो। अध्यक्ष पुष्पकमल दाहाललाई बाग्लुंगे माओवादी कार्यकर्ता पदम कुँवरले झापड हान्यो त के भयो। 

यहाँको चलन यस्तै छ भन्यो, आफू चोखो बन्यो, बरु त्यो आक्रोशित आम जनताको प्रतिनिधिलाई नै सजाय दिलायो।  


सिक, नेता हो, सिक। राजालाई तिमीहरुले फालेका  होइनौ, नेपाली जनताले फलेका हुन्। यस्तै चाला हो भने भोलि तिमीहरुलाई पनि बढार्लान।   

बजेटजस्तो विषयमा राजनीति नगर्न प्रतिपक्षी दलहरुलाई प्रधानमन्त्रीको आग्रह


राष्ट्रको बजेटलाई प्रतिपक्षी दलहरुले राजनीतिक हतियारका रुपमा प्रयोग प्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रको बजेटलाई प्रतिपक्षी दलहरुले राजनीतिक हतियारका रुपमा प्रयोग गरिरहेको आरोप लगाउनुभएको छ। पहिलो राजस्व दिवसका अबसरमा आन्तरिक राजस्व विभागद्वारा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधामन्त्री भट्टराईले राष्ट्रको आर्थिक गतिविधिसङ्ग प्रत्यक्षरुपमा गासिएको बजेटजस्तो विषयमा राजनीतिक स्वार्थलाई जोड्नु राम्रो नहुने कुरा बताउनुभयो।  

उहाँले आफ्नो पार्टीगत अभिष्ट पुरा गर्नकै लागि बजेट जस्तो विषयमा राजनीति नगर्न नेपाली कांग्रेस र नेकपा एमाले जस्ता ठुला राजनीतिक प्रतिपक्षी दलहरुलाई आग्रह गर्नुभयो। प्रतिपक्षी दलहरुका यस्ता गतिविधिले मुलुकको अर्थतन्त्रलाई नराम्रो ढक्क पुग्ने चेतावनी पनि दिनुभयो। 

नेपालले राजनीतिक क्षेत्रमा ठुलै फड्को मारे पनि आर्थिक क्षेत्रमा विकासको लक्ष हासिल गर्न कतै नसकेको विचार व्यक्त गर्दै प्रधानमन्त्रीले यसका लागि अन्तरिक श्रोतको विवेकपूर्ण परिचालन आवश्यक भएको कुरा बताउनुभयो। 

प्रधानमन्त्री भट्टराईले ब्यापारी र उद्यमीहरुलाई करको दायराभित्र ल्याउनका लागि विशेष ध्यान दिन अर्थ मन्त्रालय र राजस्व कार्यालयलाई निर्देशन दिनुभयो। 

माओवादी अध्यक्ष दाहालद्वारा कांग्रेस सभापति कोइरालसङ्ग भेट: सहमति जुटाउनेबारे छलफल


एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति सुशील कोइरालसङ्ग भेट गरी बजेट लगायतका विषयमा सहमति जुटाउनेबारे छलफल गर्नुभयो । छलफलका लागि माओवादी अध्यक्ष दाहाल शुक्रबार बिहान कोइराला निवास महाराजगंज पुग्नुभएको थियो। 

उहाँहरुबीचको भेटमा बजेट, निर्वाचन र सहमतीय सरकारका विषयमा छलफल भए पनि कुनै सहमति भने नजुटेको बताइएको छ । तत्कालका लागि आवश्यक बजेटका विषयमा सहमतिका लागि माओवादी अध्यक्ष दाहालद्वारा गरिएको आग्रहलाई कोइरालालले अस्विकार गर्नुभाएको छ । राष्ट्रिय सहमतिको सरकार निर्माणका विषयमा सहमति नभएसम्म अन्य विषयमा छलफल हुननसक्ने अडान कांग्रेस सभापति कोइरालाले लिनुभएको छ।  
दुई नेताबीच करिब आधा घन्टा भेटवार्ता भएको थियो । दलहरुबीच सहमति बन्न नसक्दा सरकारले ल्याउनलागेको पूर्ण बजेट रोकिएको छ । अर्कोतर्फ राजनीतिक निकासका लागि संविधानसभा पुनःस्थापना गर्ने कि नयाँ निर्वाचनमा जाने भन्ने विषयमा पनि दलहरुबीच कुराकानी मिल्न नसकिरहेको बताइएको छ ।

उरुग्वेका राष्ट्रपति विश्वका सबैभन्दा गरिब राष्ट्रपति


उरुग्वेका राष्ट्रपति जोसे मुजिका विश्वका सबैभन्दा गरिब राष्ट्रपति भएको प्रमाणित भएको छ। नोभेम्बर पन्ध्र तारिखका दिन बिबिसीले प्रकाशित गरेको समाचार अनुसार, राष्ट्रपति मुजिकाले हालै सार्वजनिक गर्नुभएको सम्पत्तिको विवरणमा आफूसङ्ग जम्मा दुइवटा गाडी, सानो परिमाणको सम्पत्ति र एउटा गोठ भएको कुरा उल्लेख गर्नुभएको छ। 

राष्ट्रपतिले आफ्नो तलबको नब्बे प्रतिसत रकम सार्बजनिक सहयोगी संस्थाहरुलाई दिनेगरेको बताउनुभएको छ। 

श्री मुजिका अत्यधिक बहुमतका साथ दुइ वर्ष अघि उरुग्वेका राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो।  

मेरो विचार: विश्वमा उदाहरण प्रस्तुत गर्नसक्ने नेताहरु भनेका यस्तै व्यक्तित्व हुन् जो आफ्नी व्यक्तिगत हितभन्दा देश र जनताको हितका बारेमा सोच्दछन। हाम्रो नेपालका प्रजातन्त्रवादी भनाउन रुचाउने नेताहरुले यस्ता उदाहरणबाट केहि सिक्नसके नेपालीले मुक्ति पाउथे कि?  

अमेरिकी राष्ट्रपति बाराक ओबामा आँधी प्रभावित न्यु-योर्क शहरमा


अमेरिकी राष्ट्रपति बाराक ओबामा स्यान्डी नामक भिषण आधिको चपेटामा परेको न्यु-योर्क शहर पुगी प्रभावित परिवारहरुलाई सान्त्वना दिनुभएको छ। 

आधिले तहस-नहस पारेको आज सत्र दिनसम्म पनि त्यहाँ विद्युत सेवा उपलव्ध हुनसकेको छैन। राष्ट्रपति ओबामाले आधिका बेला लागेको आगोका कारण करिब एक सयवटा घर ध्वस्त भएको ब्रीजी पोइन्ट जानुभई त्यहाँका बासिन्दाहरुलाई सान्त्वना दिनुभयो। साथै 

उहाँले स्ताटेन द्वीपको आकस्मिक उद्धार केन्द्र जानुभई त्यहाँका बासिन्दाहरुसँग सुख-दुखका कुरा गर्नुभयो। \

सो आँधिका कारण अमेरिकामा एक सयभन्दा बढी मानिस मरियेकथिए, जसमध्ये न्यु-योर्कमा मात्रै त्रिचालिसजनाले ज्यान गुमाएका थिए।   

काठमान्डुका गल्लीहरुमा शान्ति छाएको छ

काठमाडौँमा एकाविहानैदेखि ध्वनि प्रदुषण गराउनमा व्यस्त मधेशी भाइहरु तिहार मनाउन आ-आफ्ना घरतिर लागेपछि अहिले काठमान्डुका गल्लीहरुमा शान्ति छाएको छ। 

मान्छेहरु ओछ्यानबाट उठ्नु अघिदेखि झन्डै बेलुकि अँध्यारो होउन्जेल तिनीहरुकै कर्कस स्वर सुन्नुपर्ने काठमाडौँबासी नेपालीको कस्तो वाध्यता? 

विहान ओछ्यानबाट तिनीहरुकै कर्कस स्वरले उठाऊँछ, बिरामी परेर ओछ्यानमा आराम गरिरहेका बेला तिनीहरुकै कर्कस स्वरले ब्युँझाऊँ, रेडियोमा समाचार सुनिरहेका बेला तिनीहरुकै कर्कस स्वरले बिच्काऊँछ, ध्यानपूर्वक अनुबादमा लागिरहेका बेला तिनीहरुकै कर्कस स्वरले भड्काउँछ, टेलिभिजनमा मनपर्ने चलचित्र हेरिरहेका बेला तिनीहरुकै कर्कस स्वरले चिढ्याउँछ, अनि अरु कति कति पिंडा यिनीहरुका कारण। 

यो देशका नेपालीहरुमा अपनत्व र ममता अनि तातो रगत भैदिएको भए त्यसरी बिच्काएका बेला तिनीहरुको टाउकामा टवांग हान्ने कारण पनि तिनीहरुकै कर्कस स्वर बन्थ्यो, पक्कै