उरुग्वेका राष्ट्रपति जोसे मुजिका विश्वका सबैभन्दा गरिब राष्ट्रपति भएको प्रमाणित भएको छ। नोभेम्बर पन्ध्र तारिखका दिन बिबिसीले प्रकाशित गरेको समाचार अनुसार, राष्ट्रपति मुजिकाले हालै सार्वजनिक गर्नुभएको सम्पत्तिको विवरणमा आफूसङ्ग जम्मा दुइवटा गाडी, सानो परिमाणको सम्पत्ति र एउटा गोठ भएको कुरा उल्लेख गर्नुभएको छ।
श्री मुजिका अत्यधिक बहुमतका साथ दुइ वर्ष अघि उरुग्वेका राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो।
मेरो विचार: विश्वमा उदाहरण प्रस्तुत गर्नसक्ने नेताहरु भनेका यस्तै व्यक्तित्व हुन् जो आफ्नी व्यक्तिगत हितभन्दा देश र जनताको हितका बारेमा सोच्दछन। हाम्रो नेपालका प्रजातन्त्रवादी भनाउन रुचाउने नेताहरुले यस्ता उदाहरणबाट केहि सिक्नसके नेपालीले मुक्ति पाउथे कि?

No comments:
Post a Comment