एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति सुशील कोइरालसङ्ग भेट गरी बजेट लगायतका विषयमा सहमति जुटाउनेबारे छलफल गर्नुभयो । छलफलका लागि माओवादी अध्यक्ष दाहाल शुक्रबार बिहान कोइराला निवास महाराजगंज पुग्नुभएको थियो।
उहाँहरुबीचको भेटमा बजेट, निर्वाचन र सहमतीय सरकारका विषयमा छलफल भए पनि कुनै सहमति भने नजुटेको बताइएको छ । तत्कालका लागि आवश्यक बजेटका विषयमा सहमतिका लागि माओवादी अध्यक्ष दाहालद्वारा गरिएको आग्रहलाई कोइरालालले अस्विकार गर्नुभाएको छ । राष्ट्रिय सहमतिको सरकार निर्माणका विषयमा सहमति नभएसम्म अन्य विषयमा छलफल हुननसक्ने अडान कांग्रेस सभापति कोइरालाले लिनुभएको छ।
दुई नेताबीच करिब आधा घन्टा भेटवार्ता भएको थियो । दलहरुबीच सहमति बन्न नसक्दा सरकारले ल्याउनलागेको पूर्ण बजेट रोकिएको छ । अर्कोतर्फ राजनीतिक निकासका लागि संविधानसभा पुनःस्थापना गर्ने कि नयाँ निर्वाचनमा जाने भन्ने विषयमा पनि दलहरुबीच कुराकानी मिल्न नसकिरहेको बताइएको छ ।
No comments:
Post a Comment