Sunday, December 30, 2012
'कामचलाउ प्रधानमन्त्रीको राजिनामा' - कहीं नभएको जात्रा हाँडीगाउँमा
सामान्यतः टेलिभिजन हेरेर समय बिताउने अवसर मिल्दैनथ्यो। तर आज समय मिल्यो, त्यो पनि माउन्टेन टेलिभिजनको 'गहन विश्लेषण'- (उहाँहरु नेपालीमा यसो नभनिकन डेफ्त न्युस भन्न रुचाउनुहुन्छ) नामक कार्यक्रममा प्राध्यापक डा सुरेन्द्र केसीको प्रखर विश्लेषण सुन्नपाएँ। सारै आनन्दित भएँ।
तर यस आनन्दमा कता-कता ढुंगा लाग्नपुगेजस्तो भयो त्यति बेला, जति बेला त्यस्तो राम्रो विश्लेषणको बीचमा 'रिपोट'का नाममा समाचार 'विश्लेषण' सुन्न वाध्य पारियो, जसमा स्वर दिने पत्रकार वन्धु 'अध्यक्ष'लाई 'अदछे' भनेर उच्चारण गर्दै हुनुहुन्थ्यो। 'अध्यक्ष' र 'अदछे (क्ष)' बीचको भिन्नता छुट्ट्याउन नसक्ने मानिसलाई यस्तो 'गहन' विश्लेषणात्मक विषय-वस्तु किन पढ्न दियेकोहोला जस्तो लाग्यो। एकै छिनका लागि मन भ्रमित भए पनि डा सुरेन्द्र केसीको सटिक विश्लेषणले मन उतै तानिहाल्यो।
संविधान सभाको बिघटनदेखि राष्ट्रपति यादवले बाबुराम भट्टराईलाई 'तिमी कामचलाउ भयौ' भनेर जेठ सोह्र गते लेखेको पत्र, 'कामचलाउ प्रधानमन्त्रीको राजिनामा' (कहीं नभएको जात्रा हाँडीगाउँमा) माग्दै समय बिताइरहेको प्रशंग, दलहरुबीच सहमतिका कुरा आदिका बारेमा डा केसीको विश्लेषण स्पष्ट छ। तर, उहाँलाई सरकारको प्रमुख बनाइदियो भने यी कहिलेइ सहमति गर्न नचाहने, खालि अर्कामाथि दोष मात्र थुपारिराखने राजनीतिक दलहरुलाई सहमतिमा ल्याएर नयाँ निर्वाचन गराउन सक्नुहोला त भन्ने प्रश्नले भने मलाई सताइरह्यो।
पाकिस्तानको मस्तुंग जिल्लामा शिया तीर्थयात्रीहरु लिएर गैरहेका बसहरुमाथि बम आक्रमण: कम्तिमा सत्रजनाको मृत्यु
पाकिस्तानमा शिया मुसलमान तिर्थयात्रीहरु लिएर गैरहेका बसहरुमाथि गरिएको बम आक्रमणमा परी कम्तिमा सत्रजना मारिएका छन।
बलुचिस्तान प्रान्तको मस्तुंग जिल्लामा गरिएको सो आक्रमणमा परी घाइते हुनेहरुको संख्या बीसभन्दा बढी रहेको जानकारी स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।
पछिल्ला वर्षहरुमा पाकिस्तानमा साम्प्रदायिक हिंसाका घटनाहरुमा वृद्धी भैरहेको छ। गत महिना मात्र रावलपिन्डीमा गरिएको यस्तै प्रकारको आक्रमणमा परी तेइसजना शिया मुसलमान मारिएका थिए।
आज गरिएको आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले नलिएको बताइएको छ।
नक्सा सौजन्य: बिबिसी
के संघीय समाजवादी पार्टीले जनताका समस्या बुझ्नसक्ला: या फेरि यो पनि सत्ता साझेदारीको हिस्सा मात्र बन्ला?
यो देशमा राजनीतिक दलहरुको ओइरो लाग्ने क्रम अझै जारी छ। राजनीतिक दलगत सिद्धान्त भन्दा पनि व्यक्तिगत सिद्धान्तमा बेमेल देखिनासाथ दुइ/चारजनालाई फुटाएर आफ्नो पक्षमा ल्याई नयाँ दल गठन गर्ने र पार्टी अध्यक्ष बन्ने, परिआएका बेला सत्ता बनाउने र भत्काउने खेलमा सहभागी हुने, त्यसैका माध्यमबाट राजनीतिक फाइदा लिने नेपाली राजनीतिको परम्परा नै बनिसकेको छ। यसै परम्पराको परिणाम हो, नेपालमा शायद संसारका कतिपय मुलुकको तुलनामा सबैभन्दा बढी राजनीतिक दल छन्।
तर दुर्भाग्य नेपालको र नेपालीको, कुनै पनि राजनीतिक दलले आजसम्म देश र जनताका मुद्दामा नगन्य मात्र आवाज उठाएको छ। कथमकदाचित उठाइहलेछ भने पनि, त्यो आवाज आफ्नो दलगत स्वार्थ पूर्तिसम्म मात्र अस्तित्वमा रहनेगरेको पाइएको छ। हेरौं, अशोक राईको नेतृत्वमा संघीय समाजवादी पार्टी घोषणा भएको एक महिनापछि आज घोषणा गरिएको जन-जाति अगुवाहरुको नेतृत्वमा गठित सामाजिक लोकतान्त्रिक पार्टीले जनतालाई के दिने आँट गर्छ। यो राजनीतिक दल पनि कतै आफ्ना झोलेहरुको पक्षपोषक नै बन्ने हो कि भन्ने कुरामा शंका गर्ने ठाउँ भने प्रशस्तै छ।
अशोक राईको नेतृत्वमा पार्टी बनाउन एकमत भए पनि सैद्धान्तिक विषयमा कुरा नमिलेको भन्दै अन्तिममा छुटि्टएका चैतन्य सुब्बा, पासाङ शेर्पा, कृष्ण भट्टचन, कुमार राईलगायतका राजनीतिक व्यक्तित्वद्वारा आज राजधानीको चाबहिलमा आयोजित कार्यक्रममा नयाँ पार्टीको घोषणा गरिएको छ।
सात सदसीय अध्यक्षमण्डल र एकाउन्न सदसीय कार्यसमिति गठन गरिएको यस राजनीतिक दलको अध्यक्षमण्डलमा सुब्बासहित पासाङ शेर्पा, बमकुमारी बुढामगर, कुमार राई, पासाङ शेर्पा, दलमर्दन कार्मी, निमाग्याल्जेन हृयोल्मो र ज्योति दनुबार रहनुभएको छ। सहमतिअनुसार, उहाँहरुले पालैपालो नेतृत्व गर्नुहुनेछ। घुम्दैफिर्दै रुम्जाटार भनेझै कुरा नेतृत्वकै देखिन्छ। तथापि, दलको घोषणा सभामा दिइएको जानकारीअनुसार 'संघीयता, बहुराष्ट्रवाद, आदिवासीवाद र सामाजिक न्याय यस दलको प्रमुख सिद्धान्त हुनेछ । आशा गरौँ, यस दल पनि सत्ता साझेदारीका मुद्दामा मात्रै नअल्झियी थोरै मात्र भए पनि जनताका समस्यामा जोरदार आवाज उठाउनतिर लाग्नेछ।
नेविसंघभित्र सर्वसत्तावाद लादिएको भन्दै असन्तुष्टि
काठमाडौं, पुस १५ - नेपाल विद्यार्थी संघका नेताहरुले संगठनभित्र सर्वसत्तावाद लादिएको भन्दै महामन्त्री प्रकाशमान सिंहसँग असन्तुष्टि जनाएका छन् ।
घोषित महाधिवेशन नहुने निश्चित हुँदा पनि पार्टीले सहजिकरण नगरेको भन्दै नेविसंघ पूर्वउपाध्यक्ष नैनसिंह महर नेतृत्वको टोलीले सिंहसँग आइतबार बिहान असन्तुष्टि जनाएका हुन् । 'हामी एमाओवादीले सर्वसत्तावाद लादेको भनिरहेका छौं,' महरले भने, 'तर नेविसंघभित्र पार्टीले उल्टै सर्वसत्तावाद लादेको कस्ले देख्ने ?'
कांग्रेसले नेविसंघ महाधिवेशन माघ पहिलो साता गर्ने घोषणा गरे पनि क्याम्पस ईकाई, क्षेत्रीय र जिल्ला अधिवेशनहरु भएका छैनन् । 'क्याम्पस ईकाई अधिवेशन अब सम्भव छैन, सवै क्याम्पसमा जाडो बिदा भएको छ,' महरले भने, 'यो सरासर महाधिवेशन हुन नदिने षड्यन्त्र हो, पार्टीले पहलकदमी लिन सकेन ।'
असन्तुष्ट नेविसंघ नेताहरुले आफूखुशी गठन र विघटन गरेका ईकाई समिति खारेज गर्नुपर्ने माग गरेका छन् । उनीहरुले निर्वाचन समिति बनाउन, महाधिवेशन स्थलको घोषणा गर्न पनि माग गरेका छन् ।
महामन्त्री सिंहले सभापति सुशील कोइरालासँग छलफल गरी नेविसंघको विवाद मिलाउन पार्टीले भूमिका खेल्ने स्पष्ट पारे ।
साभार: इकान्तिपुर नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलालाई मस्तिष्काघात भएको पुष्टि
नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलालाई मस्तिष्काघात भएको पुष्टि भएको छ। विराटनगरमा बोल्दाबोल्दै बेहोस भएर ढल्नुभएका बाँस्तोलालाई सिलिगुढीमा उपचार गर्ने क्रममा त्यहाँका चिकित्सकहरुले मस्तिष्काघात भएको जानकारी दिएका हुन।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुले उहाँलाई हृदयघात भएको बताएका थिए ।
उच्च रक्तचापका कारण उहाँलाई मस्तिष्काघात भएको चिकित्सकले बताएका छन।
युवतीको मृत्युप्रति भारतमा शोक व्यक्त: उनलाई न्याय दिलाउन माग
भारतको राजधानी नयाँ दिल्लीमा नगर बसमै सामूहिक बलात्कार गरिएकी तेइस वर्षीया औषधि विज्ञानकी छात्राको मृत्यु भएपछि राजधानी नयाँ दिल्लीका विभिन्न स्थानमा मानिसहरुले मैन-बत्ती बालेर मौन धारण गरेका छन।
विशेष उपचारका लागि गत बिहिबार सिंगापुर लगिएकोमा शनिबार उनको मृत्यु भएको घोषणा माउन्ट एलिजाबेथ अस्पतालका कार्यकारी प्रमुख केल्भिन लोले गर्नुभएको थियो।
विशेष उपचारका लागि गत बिहिबार सिंगापुर लगिएकोमा शनिबार उनको मृत्यु भएको घोषणा माउन्ट एलिजाबेथ अस्पतालका कार्यकारी प्रमुख केल्भिन लोले गर्नुभएको थियो।
ती युवतीको मृत्युप्रति शोक व्यक्त गर्न र उनलाई न्याय दिन माग गर्दै शनिबार राजधानी दिल्लीका सडकमा हजारौं मानिसहरु भेला भए।
सोह्र डिसेम्बरको यस घटनाका सन्दर्भमा छजनालाई गिरफ्तार गरिएको छ, र उनीहरु विरुद्ध हत्याको आरोप लगाइएको छ।
तस्विर सौजन्य: बिबिसी
रसियाको एउटा यात्रुवाहक बिमान धावन मार्गबाट बाहिर गई दुर्घटनाग्रस्त-कम्तिमा चारजनाको मृत्यु
रसियाको एउटा यात्रुवाहक बिमान धावन मार्गबाट बाहिर गई मुख्य सडकमा दुर्घटनाग्रस्त हुँदा कम्तिमा चारजना मारिएका छन।
उडान नम्बर आरडब्ल्युजेड9268को तुपलेव-204 बिमान मस्कोको व्नुकव बिमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको जानकारी रुसी समाचार माध्यमहरुले दिएकाछन।
त्यस विमानमा रहेका आठदेखि बाह्रजना चालक दलका सदस्यमध्य दुइजना चालक, एकजना उडान इन्जिनीर र एउटी उडान कर्मचारी मारिएका छन भने चारजना नराम्ररी घाइते भएको जानकारी आकस्मिक सेवाका अधिकारीहरुले दिएका छन।
दुर्घटनाग्रस्त बिमानको पुच्छर र चालक दलका सदस्यहरु बस्ने भाग टुक्रिएको छ भने, तेलको ट्यांकी केही भएको छैन।
चेक गणतन्त्रबाट फर्केको सो दुर्घटनाको कारण बारे छानबिन गर्न रुसी राष्ट्रपति सेर्गेइ मेदवेजेबले आदेश दिनुभएको छ।
तस्विर सौजन्य: बिबिसी
Subscribe to:
Posts (Atom)