सामान्यतः टेलिभिजन हेरेर समय बिताउने अवसर मिल्दैनथ्यो। तर आज समय मिल्यो, त्यो पनि माउन्टेन टेलिभिजनको 'गहन विश्लेषण'- (उहाँहरु नेपालीमा यसो नभनिकन डेफ्त न्युस भन्न रुचाउनुहुन्छ) नामक कार्यक्रममा प्राध्यापक डा सुरेन्द्र केसीको प्रखर विश्लेषण सुन्नपाएँ। सारै आनन्दित भएँ।
तर यस आनन्दमा कता-कता ढुंगा लाग्नपुगेजस्तो भयो त्यति बेला, जति बेला त्यस्तो राम्रो विश्लेषणको बीचमा 'रिपोट'का नाममा समाचार 'विश्लेषण' सुन्न वाध्य पारियो, जसमा स्वर दिने पत्रकार वन्धु 'अध्यक्ष'लाई 'अदछे' भनेर उच्चारण गर्दै हुनुहुन्थ्यो। 'अध्यक्ष' र 'अदछे (क्ष)' बीचको भिन्नता छुट्ट्याउन नसक्ने मानिसलाई यस्तो 'गहन' विश्लेषणात्मक विषय-वस्तु किन पढ्न दियेकोहोला जस्तो लाग्यो। एकै छिनका लागि मन भ्रमित भए पनि डा सुरेन्द्र केसीको सटिक विश्लेषणले मन उतै तानिहाल्यो।
संविधान सभाको बिघटनदेखि राष्ट्रपति यादवले बाबुराम भट्टराईलाई 'तिमी कामचलाउ भयौ' भनेर जेठ सोह्र गते लेखेको पत्र, 'कामचलाउ प्रधानमन्त्रीको राजिनामा' (कहीं नभएको जात्रा हाँडीगाउँमा) माग्दै समय बिताइरहेको प्रशंग, दलहरुबीच सहमतिका कुरा आदिका बारेमा डा केसीको विश्लेषण स्पष्ट छ। तर, उहाँलाई सरकारको प्रमुख बनाइदियो भने यी कहिलेइ सहमति गर्न नचाहने, खालि अर्कामाथि दोष मात्र थुपारिराखने राजनीतिक दलहरुलाई सहमतिमा ल्याएर नयाँ निर्वाचन गराउन सक्नुहोला त भन्ने प्रश्नले भने मलाई सताइरह्यो।
No comments:
Post a Comment