Sunday, December 30, 2012

युवतीको मृत्युप्रति भारतमा शोक व्यक्त: उनलाई न्याय दिलाउन माग


भारतको राजधानी नयाँ दिल्लीमा नगर बसमै सामूहिक बलात्कार गरिएकी तेइस वर्षीया औषधि विज्ञानकी छात्राको मृत्यु भएपछि राजधानी नयाँ दिल्लीका विभिन्न स्थानमा मानिसहरुले मैन-बत्ती बालेर मौन धारण गरेका छन। 

विशेष उपचारका लागि गत बिहिबार सिंगापुर लगिएकोमा शनिबार उनको मृत्यु भएको घोषणा माउन्ट एलिजाबेथ अस्पतालका कार्यकारी प्रमुख केल्भिन लोले गर्नुभएको थियो। 
ती युवतीको मृत्युप्रति शोक व्यक्त गर्न र उनलाई न्याय दिन माग गर्दै शनिबार  राजधानी दिल्लीका सडकमा हजारौं मानिसहरु भेला भए। 

सोह्र डिसेम्बरको यस घटनाका सन्दर्भमा छजनालाई गिरफ्तार गरिएको छ, र उनीहरु विरुद्ध हत्याको आरोप लगाइएको छ।
 तस्विर सौजन्य: बिबिसी 

No comments:

Post a Comment