Monday, December 17, 2012

बाल-बालिकाको सुरक्षाका लागि अमेरिकाले थप कार्य गर्नुपर्ने: अमेरिकी राष्ट्रपति ओबामा


अमेरिकी राष्ट्रपति बराक ओबामाले बाल-बालिकाको सुरक्षाका लागि अमेरिकाले थप कार्य गर्नुपर्ने कुरा बताउनुभएको छ।  
गत शनिबार प्राथमिक विद्यालयमा गोलीकाण्ड भएको न्यु टाउनमा बोल्दै राष्ट्रपति ओबामाले यस प्रकारको बिजोग फेरि दोहरिन नदिनका लागि आफूले राष्ट्रपति कार्यालयको अधिकार प्रयोग गर्ने वचन दिनुभयो।

अमेरिका राष्ट्र उनीहरुको पींडामा सहभागी भएको कुरा ओबामाले बताउनु भयो। 
स्याण्डी हुक विद्यालयमा एकैजना बन्दुकधारीले गरेको आक्रमणमा परी बीसजना स्कुले केटाकेटी र छजना बयस्क महिला मारिए। आक्रमणकारीले अन्त्यमा आफैलाई पनि गोली हानेको बताइएको छ।  
तस्विर सौजन्य: बिबिसी 

पाकिस्तानको खैबर जातीय क्षेत्रको बजारमा कार बम बिस्फोटन: कम्तिमा सत्रजनाको मृत्यु


पाकिस्तानको उत्तर-पश्चिममा पर्ने खैबर जातीय क्षेत्रको बजारमा गराइएको कार बम बिस्फोटनमा परी कम्तिमा सत्रजना मारिनुका साथै दर्जनौं अन्य घाइते भएका छन्। 
खैबरको मुख्य शहर जमरुद्को एउटा बजारमा गराइएको सो बिस्फोटनमा परी मारिनेमध्ये महिला र केटा-केटी पनि रहेका छन। घाइतेहरुलाई पशावारको अस्पताल पुर्याइएको बताइएको छ। 
खैबरको जातीय प्रशासकको कार्यालय नजिकै गराइएको सो बिस्फोटनको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन।
तस्विर सौजन्य: बिबिसी 

हामीले धेरै धेरै गम्भीर जिम्मेवारी निर्बाह गर्नुछ: आबे


जापानको उदारवादी प्रजातान्त्रिक पार्टीका नेता शिन्जो आबेले आइतबारको निर्बाचनमा अत्यधिक बहुमत हासिल गरेको आफ्नो पार्टीका सामू गहन जिम्मेवारी आइपरेको बताउनुभएको छ।  उहाँको दलले (आफ्नो सहयोगी दलसहित) लगभग तीन सय स्थान जितेको छ, जुन संख्या जापानी संसद्को तल्लो सदनमा करिब दुइ तिहाई बहुमत हो। 

करिब पचास वर्षमा पहिलो पटक सत्तामा आएको सत्तारुढ जापान प्रजातान्त्रिक पार्टीले यति नराम्रो पराजयको सामना गरनुपरयो कि सो पार्टीका नेता एबम प्रधानमन्त्री योशिहिको नोदाले राजिनामा नै दिनुपर्यो। 
 
जापानको अर्थतन्त्र र चीनसङ्गको विवादमा कडा निर्णय लिनुपर्ने बेला प्रधानमन्त्री बन्नलाग्नुभएका आबेका सामु कडा चुनौती खडाभएको छ। 'हामीले अपेक्षा गरेभन्दा बढी स्थान हासिल गरेका छौं', आबेले भन्नुभयो, ' हामीले धेरै धेरै गम्भीर जिम्मेवारी निर्बाह गर्नुछ।' 

निर्वाचनको अन्तिम परिणाम आउन बाँकी रहे तापनि जापानी संचार माध्यमहरुले गरेको गणनाअनुसार आबेको दलले दुइ दया चौरानब्बे स्थान ल्याउने पक्का छ। 

न्यु कोमेइतो पार्टीले हासिल गरेको एकतीस स्थान जोड्दा आबेको गठबन्धनले चार सय असी स्थान भएको संसदमा दुइ तिहाई बहुमत हासिल गरेकोछ। 
तस्विर सौजन्य: बिबिसी 


बाबुराम भए पनि रामबाबु भए पनि हामी नेपाली जनतालाई के फरक पर्छ र?

प्रधानमन्त्री बाबुराम भट्टराईले 'तत्काल राजीनामा नदिने' अडान दोहर्‍याएपछि सोमबार हुने भनिएको सहमति तुहिएको छ अरे। आफै त कामचलाउ, त्यस्तो कामचलाउले कसरी राजिनामा दिने? त्यसमाथि पनि, अलिकति भए पनि राजनीतिक जिम्मेवारी बोध गर्नसक्ने व्यक्तित्व हो भने उसले आफूखुशी सत्ताबाट बाहिरिनै मिल्दैन। किनकि त्यसो गर्दा देशमा सत्ता रिक्तताको स्थिति आउँछ। त्यही सत्ता रिक्तताको स्थिति नआवस भन्ने अभिप्रायले नै कामचलाउको व्यवस्था गरिएको हो। नत्र भने, प्रधानमन्त्री बाहिर कतै जाँदा मन्त्रिमण्डलको बरिष्टतम मन्त्रीलाई प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोक्नुपर्ने आबश्यकता किन पर्थ्यो र? यौटा सामान्य सानो कार्यालयको हाकिम बाहिर जाँदा पनि अर्को अधिकारीलाई कायममुकायम दिएर जानुपर्ने व्यवस्था छ। 

भनेपछि, यहाँनेर को बुद्धिमान देखिन्छ? 'तत्काल राजिनामा' दिएर सत्ता रिक्तताको स्थिति सिर्जना गर्न नचाहने (कामचलाउले कसरी राजिनामा दिने?) प्रधानमन्त्री, कि सत्ता रिक्तताको स्थिति आए आवस, तिमी राजिनामा देउ(कामचलाउले कसरी राजिनामा दिने?), अनि हामी प्रधानमन्त्री बन्छौं भन्ने मान्छे? कसले सहमति गर्न चाहिरहेको छैन, कसले अर्घेल्याईं गरिरहेको छ, छुट्याउने जिम्मेवारी तपाईं आदरणीय पाठकहरुको। मैले त मेरो यो सानो दिमागले बुझेको कुरा स्थितिको अवस्थासहित जस्ताकोतस्तै राखिदिएको मात्रै हुँ।
जे होस्, जसका कारणले होस्, सहमति फेरि भाँडिएछ। प्रधानमन्त्रीले संविधान संशोधन गरी पुनः हुने संविधानसभा चुनावको मिति घोषणापछि मात्र राजीनामा दिने अडान लिएपछि सहमति अन्तिम समयमा भाँडियो रे। संविधान संशोधन गरी पुनः हुने संविधानसभा चुनावको मिति पनि  घोषणा नगर्ने, विघठित संविधान सभाले आजसम्म गरेका कामलाई निधिका रुपमा स्वीकार गर्ने व्यवस्थामा सहमति पनि नगर्ने, खालि तिमी राजिनामा देउ, म प्रधानमन्त्री बन्छु, अनि सबै काम म पछि गर्छु भन्ने? अरु सारा विषय-वस्तुलाई एकातिर पन्छाएर प्रधानमन्त्रीको राजीनामाको मात्र रट लगाइरहेकाहरुले कुर्ची पाएपछि यी सबै काम गर्छ भन्ने के ग्यारन्टी? आखिर प्रधानमन्त्रीकै कुर्चीकै लागि मात्र यो लुछाचुंडी हो भने त बाबुराम भए पनि रामबाबु भए पनि हामी नेपाली जनतालाई के फरक पर्छ र? 
प्रधानमन्त्रीले अडान नछाडेपछि विपक्षी दलहरुले प्रधानमन्त्रीलाई मनाउने जिम्मा एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई दिएका छन अरे। कुकुरको ध्यान हड्डीतिर भन्दा अन्त जान्छ र? माधव नेपालले पनि तिमी राजिनामा देउ, हामी प्रधानमन्त्री बन्छौं, अनि सहमति गरौंला भन्ने नै हो। अनि कसरी सहमति बन्छ? म केही पनि छोडदिन, तिमी मात्र केही छोड या पूरै छोड भनेर सहमति हुन्छ र? 

Mali Gaiko Dahi Mitho Lok geet 2012 Yam And Tika

आज फेरि नेपालको हवाई क्षेत्रको उल्लङ्घन गर्यो कसैको लडाकु विमानले: बुझ्नेले नबुझिदिएपछि कसको के लाग्छ र!

आज फेरि नेपालको हवाई क्षेत्रको उल्लङ्घन गर्यो कसैको लडाकु विमानले। चीन र जापान दुबैले 'मेरो' भनी दावी गरिरहेको त्याओ यु (जापानी भाषामा सेन्ककु) द्वीप नजिकैबाट अस्ति भर्खरै चिनियाँ हवाई जहाज उडेको विरोधमा प्रतिकारस्वरुप जापानले त्यहाँ लडाकु विमान पठाएको थियो। तर नेपालसङ्ग त लडाकु विमान पनि छैन, के पठाउने! त्यसका अतिरिक्त, हामीसङ्ग त्यस्तो राडार पद्धति पनि छैन, जसले हाम्रो हवाई क्षेत्रको उल्लङ्घन भएको सङ्केत र जानकारी देवोस। भए पनि, शायद अहिलेको अवस्थामा हामी त्यसको उपयोग गर्दैनथ्यौंहोला। मरम्मतका लागि भनेर झिकिराखेको बोइंगको पांग्रो समेत बेचेर खाइदिने हामी नेपालीहरु मरम्मत र कमिसनको चक्करमा त्यो राडार पद्धति पनि बिग्रेको छ भनेर नचलाएर राखिदिन्थ्यौं, शायद। 

यस्तै अव्यवस्था र भ्रस्टाचारको भुमरीमा फसेकै कारण नेपालले विश्वमा बेइज्जती खप्नु परिरहेकोछ। तर पनि हामी चेत्दैनौ। किनकि हामी सबै व्यक्तिगत हिस्सा र लाभको चक्करमा फसेकछौँ। नेपाल टेलिकमले भित्र्याएको टोकन पद्धति यस्तै यौटा उदाहरण हुनसक्छ।
काठमाडौँको मध्ये-आकासलाई सेतो पारदर्शी धुवाँको मुस्लोले दुइ फ्याक पार्दै गएको त्यो आकृतिलाई मेरा आँखाले देखे। नेपालको ताल देखेर मेरो दील पनि त्यसैगरी दुइ फ्याकजस्तै भयो तर म केही गर्न सक्दिन। त्यस दृश्यलाई कैद गर्नका लागि मसङ्ग क्यामरा त छैन, अरु के गर्नसक्नु! नेपाल नागरिक उड्डयन प्राधिकरण वा विमानस्थल संचार बुर्जामा सोध्यो भने उठ्पट्याङ्ग जवाब दिएर टारीदिन्छन। 

नेपालमा प्रजातन्त्रको पुनर्स्थापनापछि यसरी पटक-पटक नेपाली हवाई क्षेत्रको उल्लङ्घन भैरहेको छ। तर हामीकहाँ कतै कोही बोल्दैन, मानौं कतै केही भएकै छैन। कतिपयलाई त थाहै छैन, त्यो लामो, सेतो धुवाँको धर्सो कसरी बन्यो भन्ने कुरा। अधिकांश सर्बसाधारण नेपालीका लागि त त्यो बादलको धर्सो मात्र हो। बुझ्नेले नबुझिदिएपछि कसको के लाग्छ र!