Friday, January 11, 2013

भ्रमण गर्नुपर्ने एसियाका उत्कृष्ट शहरहरुको सूचीमा काठमाण्डौं पनि


यो वर्ष भ्रमण गर्नुपर्ने एसियाका उत्कृष्ट शहरहरुको सूचीमा काठमाण्डौं पनि परेको छ। भ्रमणका लागि सुझाव दिने प्रशिद्ध अमेरिकी वेभसाइट ट्रिपएडभाइजर डट कमले सन् २०१३ का लागि तयार पारेको एसियाली शहरहरुको सूचीमा काठमाण्डौं १० नम्बरमा परेको छ।
काठमाडौँ साँझपख 
ट्रिपएडभाइजरको भ्रमण सूचीमा परेको नेपालको राजधानी काठमाण्डौंका बारेमा उल्लेख गर्दा  ऐतिहासिक स्थल, प्रसिद्ध मठमन्दिर, तीर्थस्थल र मनमोहक गाउँले घेरिएको भनिएको छ।
‘त्यसमाथि तीनवटा दरबार स्क्वायर मात्र नभई पर्वतारोही र पदयात्रीलाई एकै थलोमा जमघट गराउने ठमेल पनि यहीँ छ’, ट्रिपएडभाइजरले तयार पारेको २५ वटा शहरको सूचीमा काठमाण्डौंको बयान यसरी गरिएको छ।
सूचीमा कम्बोडियाको सियाम रिप पहिलो स्थानमा छ। दोस्रो र तेस्रो स्थानमा चीनको बेइजिङ र साङघाइ परेका छन भने चौथोमा थाइल्याण्डको चियाङ माई, पाँचौमा माल्दिभ्सको माले, छैटौंमा भारतको गोआ, सातौंमा फिलिपिन्सको बोराके, आठौंमा चीनकै हङकङ र नवौंमा भियतामको हनोइ शहर परेका छन। साभार: नागरिक

राष्ट्रलाई जोगाउनका लागि कांग्रेसले कुर्सीको मोह त्याग्नुपर्छ: नेकांकेस सुजाता कोइराला


नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले मुलुकको अस्तित्वलाई जोगाइराख्नाका लागि कांग्रेसल नै त्याग गर्नुपर्ने कुरा बताउनुभएको छ। नेपाल शिक्षक संघ सुनसरीको सातौं जिल्ला अधिवेशनको उद्घाटनपछि आज सञ्चारकर्मीहरुसङ्ग कुरा गर्दै उहाँले प्रधानमन्त्रीको कुर्सीभन्दा मुलुक ठूलो भएकाले कुर्सीको मोह कांग्रेसले त्याग्नुपर्ने कुरा बताउनुभयो। 
मुलुकको स्वतन्त्रता फेरि एक पटक खतरामा परेको विचार व्यक्त गर्दै केन्द्रीय सदस्य कोइरालाले  नेपाली 'कांग्रेसले इगो राखेर वा जिद्दि गरेर हुँदैन, बरु यही सरकारमा गएर फाइदा लिन सक्नुपर्छ' भन्नुभयो। 
दलहरुबीच सहमति हुन नसकिरहेको अवस्थामा मुलुकमा विदेशी हस्तक्षेप लज्जाजनक ढंगले बढेको कुरा बताउँदै उहाँले राष्ट्रलाई जोगाउनका लागि कांग्रेस पार्टीले कुर्सीको मोह त्याग्नुपर्छ भन्नुभयो। कोइरालाले यस अघि नेपालको परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ। 


तर कांग्रेस महामन्त्री प्रकाशमान सिंहले भने शुक्रवार बनेपामा आयोजित नेपाल शिक्षक संघको सातौ जिल्ला अधिवेशनको उद्घाटनपछि बोल्दै वार्ताका माध्यमबाट निचोड ननिस्केपछि सहमतीय सरकार गठन गर्नका लागि राजनीतिक दबाबका लागि आन्दोलन एक मात्रै विकल्प रहेको दाबी गर्नुभएको छ।
तर, कांग्रेस महामन्त्री प्रकाशमान सिंहले भने शुक्रवार बनेपामा आयोजित नेपाल शिक्षक संघको सातौ जिल्ला अधिवेशनको उद्घाटनपछि बोल्दै वार्ताका माध्यमबाट निचोड ननिस्केपछि सहमतीय सरकार गठन गर्नका लागि राजनीतिक दबाबका लागि आन्दोलन एक मात्रै विकल्प रहेको दाबी गर्नुभएको छ।


तस्विर सौजन्य: इकान्तिपुर 

पाकिस्तानको क्वेटामा गराइएको शृंखलाबद्ध बम विष्फोटनमा परी मारिएकाहरुको स्मृतिमा तीन दिन शोक मनाउने घोषणा


पाकिस्तानको बलुचिस्तान प्रान्तको सदरमुकाम क्वेटामा हिजो गराइएको शृंखलाबद्ध बम विष्फोटनमा परी मारिएकाहरुको स्मृतिमा तीन दिन शोक मनाउने घोषणा गरिएको छ। 
शिया मुसलमानहरुको बाहुल्य रहेको क्षेत्रमा गराइएको सो विष्फोटनमा परी कम्तिमा एक सय दुइजना मारिनुका साथै एक सय बीसजनाभन्दा बढी मानिस घाइते भएका छन। 
बलुचिस्तानको बजार क्षेत्रमा शुरुमा गराइएको विष्फोटनमा परी एघारजनाको मत्यु भएको थियो भने त्यसको लगत्तै एउटा स्नुकर कक्षमा गराइएको दोश्रो विष्फोटनमा परि एकासीजना मारिएका थिए।
त्यहाँको बिद्रोही समूह- संयुक्त बलुच सेनाले पहिलो बम विष्फोट गराएको जिम्मेवारी स्वीकार गरेको छ भने दोश्रो विष्फोटनको जिम्मा सन्नी अतिवादी समूह- लस्करे झांवीले लिएको छ। तस्विर सौजन्य: बिबिसी 

नेपाल विद्युत प्राधिकरणको व्यवस्थापन पक्ष कहिले जिम्मेवार बन्नसक्ला?


नेपाल विद्युत प्राधिकरणको व्यवस्थापन पक्ष कहिले जिम्मेवार बन्नसक्ला? यो प्रश्न अहिले विद्युत उपभोगकर्ता अधिकांश नेपालीहरुले गर्नथालेका छन। यसको कारण के त भन्दा, नेपाल सरकारलाई सबैभन्दा बढी राजश्व बुझाउने संस्थामध्येको एक यस संस्थाको व्यवहारदेखि यसका ग्राहकहरु आजित भैसकेका छन। तथापि, नेपालको राजनीतिक संस्कारका कारण यस्ता मानिसहरु एक जुट हुनसकेका छैनन, जसका कारण यसको सम्पूर्णता जोगिएको छ (तथापि भक्तपुर, झिमरुक वरपरका केही सजग नागरिकले भने कुनै सङ्केत दिइसकेका छन् है)

यस विद्युत प्राधिकरणले बनाएको भार सम्प्रेषण तालिकाअनुसार मात्र नभई यसले मनपरी विद्युत आपूर्ति गर्ने र काट्ने गर्दा आफ्ना टेलिभिजन, कम्प्युटर जलेर भएको क्षति समेत सहन गर्न नेपाली ग्राहकहरु बाध्य छन।  यस देशका भ्रष्ट शासकहरुले एउटा ब्यापारी/साहुको गाडीले मान्छे किचेर मार्दा समेत नगन्य मूल्य चुकाएर मुक्त हुने व्यवस्था गरेका छन, तर सर्बसाधारण नागरिकले आफ्नो 'पेट काटेर' भए पनि सूचना र मनोरंजन हासिल गरौँ भनेर किनेको टेलिभिजन, कम्प्युटर जस्ता उपकरणहरु विद्युत प्राधिकरणको मनपरीतन्त्रका कारण जल्दा त्यसको क्षतिपूर्ति दिनुपर्ने कानून बनाउनआवश्यक ठानेका छैनन। 

यस संस्थाले यस्ता कर्मचारीहरु पालेको छ जसलाई या त समयसारिणी हेर्न आउँदैन, या फेरि तिनीहरु आफ्ना मालिकका सारै सोझो गर्छन। यसैले यिनीहरु आफ्नै संस्थाले बनाएको समय-तालिकाको पालना आफै गर्न सक्दैनन, विजुली मनपरी (पन्ध्र/पन्ध्र, बीसस/बीस मिनेटको अन्तरालमा समेत) निभाउने र बाल्ने गरिरहन्छन जसका कारण कतिले कति आर्थिक र मानसिक क्षति व्यहोर्नुपरेको छ, यिनलाई थाहा छैन, काननूनको अभावमा। 

यी विद्युतका कर्मचारीहरु दिउँसो र राति त्यति सक्रिय देखिदैनन, तर विहान र बेलुकि मानिसहरुलाई विजुली नभईनहुने बेलामा भने विजुली काट्न र जोड्न बडो क्रियाशील देखिन्छन। अब हिजो बेलुकिकै कुरा गरौँ: नेपाली विद्युत प्राधिकरणले नेपाली ग्राहकहरुलाई बेलुकिपख अध्यारोमा बत्ती बाल्ने अधिकार दिएका दिनहरु बिहिबार र शुक्रबार मात्रै हुन। हिजो पाँच बजे विजुली आएर आठ बजे जानुपर्थ्यो। अरु दिन कहिलेइ दस बजे, कहिलेइ, नौ बजे, कहिलेइ आठ बजे त कहिलेइ सात बजे आउँछ। 

आज त समाचार हेर्न पाइने भो भनेर कस्सिएर टेलिभिजन अगाडि बसेको परिवारसहित, के बस्नु थियो ! पाँच बजेदेखि आठ बजेसम्म आधा/आधा, पौने/पौने घन्टाको अन्तरालमा चार चोटि लाइन काटियो, अनि आठ बजे निभाउनुपर्ने बेलामा गरी पाँच पटक। अहिले विहानकै कुरा गर्नुस: मेरो भार सम्प्रेषणको चार नं क्षेत्रमा आठ बजेर पच्चीस मिनेटमा विजुली काटियो अनि तुरुन्तै दिइयो,  फेरि आठ बजेर छब्बीस मिनेटमा काटियो अनि फेरि तुरुन्तै दिइयो।

किन यसरी बत्ती निभाएको भनी 'नो लाइट' शाखामा फोन गर्दा ट्रीप गएको भनेर सजिलो उत्तर दिन्छन। नेपालको सबैभन्दा बढी राजस्व बुझाउने नेपाल विद्युत प्राधिकरण जस्तो संस्थाले दिनमा कयौं पटक चिप्लिने यस्ता यन्त्रहरु बदल्न किन सक्दैन? या त यो नै यसको 'कमाइखाने भाँडो' हो?  

यस संस्थाको व्यवस्थापन पक्षमा अलिकती पनि व्यावशायिक इमान्दारी छ भने, पंचायत कालको राम्रो पक्षको अनुसरण गरोस, र मानिसहरु सुत्ने बेला (रातभरि) र सूर्यले उज्यालो दिने बेला (दिनभरि) बत्ति निभाएर पंचायत कालमा झैं विहान र बेलुकि (मानिसहरुलाई विजुली सबैभन्दा बढी चाहिने बेला) विजुली देओस। त्यति पनि गर्ने क्षमता छैन भने, कम्तिमा आफूले बनाएको भार सम्प्रेषण त;तालिकामा अडिग रहोस। हामी त्यसैमा बानी पर्दैछौं। 

माओवादीलाई तह लगाउन डलरवादीको गोप्य बैठक

subodh pyakurelकाठमाडौं, पुस २६– अग्रगामी सोच बोकेका नेपालका नेताहरुबाट राजनीतिको पहल कदमी कसरी छिन्ने भन्ने विषयमा विदेशी नागरिकले माथापच्चीसी गर्नु त अस्वाभाविक होइन । तर, आफूलाई प्रबुद्व व्याक्ति भन्न रुचाउने केही नेपाली नागरिकहरु नै त्यस विषयमा गम्भीर छलफलमा जुटे भन्ने सुन्दा जो कोहीलाई राष्ट्रप्रति चिन्ता जागेर आउँछ । अझ यस्ता विभिषणहरु को रहेछन् भन्ने जिज्ञासा त स्वाभाविकै रुपमा आउने भयो ।
तपाइँलाई पनि बढी कौतुहलतामा नराखौं, ती पात्र हुन् हिमाल साउथ एसियाको नाममा भारुको खेति गर्ने भनि आरोपित गर्ने कनकमणि दिक्षित, अमेरिकी जासुसी संस्थाको रुपमा दुर्नामी कमाएका इन्सेकका मालिक सुबोध प्याकुरेल र मानव अधिकारका नाममा विदेशी शक्तिको दलाली गरी डलर कमाउने चरण प्रसाई ।
kanak-mani-dixit(2)स्रोतका अनुसार अघिल्लो साता उनीहरुले स्यूचाटारस्थित इन्सेकको कार्यालयमा बसेर माओवादीलाई कसरी तह लगाउने भन्ने विषयमा छलफल गरेका थिए । स्रोत भन्छ, ‘माओवादीबाट जबसम्म नेपाली राजनीतिको पहलकदमी छिन्न सकिँदैन तबसम्म आफूहरु अनूकुल केहीपनि निर्णय गर्न नसकिने निश्कर्षमा उनीहरु पुगेका थिए ।’ विश्लेषकका अनुसार ती संस्थाले आफू अनुकूल भन्नुको अर्थ विस्तारवादी र साम्राज्यवादीको स्वार्थ अनुकुल भन्ने लाग्छ । उक्त छलफलमा कनकमणिले लुम्बिनीमा राष्ट्रसंघीय महासचिव आउने कार्यक्रम रोक्न आफूहरु सफल भएकाले माओवादीलाई किनारा लगाउन सकिने कुरामा आफू ढुक्क रहेको बताएका थिए । प्रसाईले भने ठूला संचारमाध्यमबाट माओवादी विरोधी समाचारहरु प्रकाशित–प्रशारित गराएर मुलुकभित्र बद्नाम गराउन सकेमात्र बाह्य हस्तक्षेप प्रभावकारी हुने भएकाले त्यसतर्फ ध्यान केन्द्रीत गर्नुपर्छ भन्ने विचार राखेका थिए । प्याकुलेलले चाहीँ पछिल्ला दिनहरुमा माओवादीमाथि चौतर्फी रुपमा गरिएको आक्रमणले ठूलो मात्रामा सफलता पाएकाले माओवादी इतरका सम्पूर्ण शक्तिहरुलाई गोलबद्ध पार्ने र आवश्यक स्रोत र साधन जुटाउन आफूले पहल गर्ने बताएका थिए ।
उता, एड्भोकेसी फोरम इन्टरनेसनल नामक धन्दा चलाइरहेकी मन्दिरा शर्माले चाहीँ लामाको लण्डनमा भएको गिरफ्तारीले माओवादी नेताहरुलाई समेत अत्याएको भन्दै Mandira Sharma - Nepalउक्त बैठकमा खुसियाली प्रकट गरेकी थिइन् । उनको भनाई थियो, ‘तपाईहरुले साथ दिनुपर्यो माओवादी तह लगाउन म एक्लै काफी छु ।’ उक्त बैठकबारे जनआह्वानले कनकमणि दिक्षितसँग जिज्ञासा राख्दा आफू विगत ६ दिनदेखि उपत्यका बाहिर रहेको र बिहीबारमात्र काठमाडौं आएको जनाउँदै त्यसप्रकारको बैठक भएको हुनसक्ने संकेत गरे । उनले भने, ‘बैठक भएको हुन सक्छ, तर मलाई भने थाहा भएन ।
(शुक्रबार प्रकाशित हुने जनआह्वान साप्ताहिकको सनसनीपूर्ण रिपोर्ट)
साभार: ग्रेट्वेअनलाइन डट कम 

फेरि अर्को प्रतिबद्धता, पूरा कहिलेइ नहुने प्रतिबद्धता


नेपाली 'प्रजातन्त्र'का मुख्य खेलाडीहरु- प्रमुख चार दलका शीर्ष नेताहरुले यही पुस मसान्तभित्र सहमति जुटाउने फेरि अर्को प्रतिबद्धता व्यक्त गरेका छन,  राष्ट्रपतिसमक्ष। आठौं पटक समय थप गरिसक्दा पनि दलहरु सहमतिमा पुग्न नसकेपछि अप्ठ्यारोमा परेका राष्ट्रपति यादबले आगामी उपायबारे छलफलका कागि मुख्य चार दलका शीर्ष नेताहरुलाई शीतल निवास बोलाउनुभएका बेला बिहीबार दिउँसो यी चार दलका नेताहरुले सो प्रतिबद्धता व्यक्त गरेका हुन।

एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरु सहभागि भएको छलफलमा राष्ट्रपतिले पटक-पटक समय दिदा पनि सहमति हुन नसकेकोमा असन्तुष्टी व्यक्त गर्नुभएको थियो।

राष्ट्रपति यादवले विगठित संविधान सभामा प्रतिनिधित्व गरेका सबै दलका प्रतिनिधिहरुलाई   छलफलका लागि शुक्रबार शीतल निवास बोलाउनुभएको छ।
देशमा कामचलाउ सरकार सत्तामा रहेको अवस्थामा, राष्ट्रपति यादवले अन्तरिम संविधानको धारा ३८ (१) बमोजिम राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहि लोपटक मंसिर ८ गते दलहरुलाई आह्वान गर्नुभएको थियो।   कार्टुन सौजन्य: नागरिक दैनिक

अर्काले गरेको मान्दैनौं, आफू गर्न चाहदैनौं- नेपाली नेता

दरबारियाहरुले आत्महत्या गर्न बाध्य पारिएका भीमसेन थापाकी श्रीमतीले सती जाँदा यस देशका मानिसमा कहिलेइ बुद्धी नआवस भनेर श्राप दिएकी थिइन भनेर दस कक्षाको इतिहासमा पढ्न पाइएको थियो। त्यतिबेला त यस्तो श्राप पनि लाग्छ र भन्नेजस्तो लाग्थ्यो। तर लाग्दोरहेछ, खासगरी, आफूलाई प्रजातन्त्रका योद्धा भन्न रुचाउने ठेकेदारहरुलाई। 
त्यस श्रापले यी 'प्रजातन्त्रवादीहरु'को दिमागमा यसरी जरो गाडेछ कि यिनीहरुको बुद्धी आफ्नै खुट्टामा ढुंगा हान्नेसम्म भ्रष्ट भैसकेछ। यिनीहरुको दिमागमा प्रजातन्त्र भन्ने शब्दको ठाउँमा 'साम, दाम, दण्ड, भेद' भन्ने शब्दहरुको समूहले मात्र बास गरेछ। त्यसैले यिनीहरु जसरी पनि प्रधानमन्त्रीको कुर्चीसम्म पुग्ने बाहेक अर्को कुरा सोच्नै नसक्ने भैसके। 
आफ्ना यस्ता कुकर्मका कारण जनतामाझ जान डराइरहेका यी राजनीतिक दलका नेताहरु कुर्चीमा पुगेर आफूखुशी समय बढाउँदै खान तयार देखिन्छन, तर रिक्त संवैधानिक पदहरुमा नियुक्ति गर्न चाहदैनन। 
निर्वाचनको घोषणा त गरे, तर त्यसलाई कार्य रूप दिन यिनीहरु तयार देखिदैनन। हुँदाहुँदा अब त निर्वाचन आयोग आयुक्त विहिन हुँदा समेत यिनीहरु ती खाली ठाउँ पूर्ति गर्नका लागि सहमति गर्न चाहदैनन। निर्वाचन आयोगका कार्यवाहक आयुक्त दोलखबहादुर गुरुङ र अर्का आयुक्त अयोधिप्रसाद यादवले बिहीबारदेखि अनिवार्य अवकास पाएपछि आयोग हिजोदेखि पदाधिकारी विहीन भएको छ। यसप्रति यिनलाई कुनै चासो छैन। चिन्ता छ त खालि अर्कालाई कसरी कुर्चीबाट हटाएर आफू त्यसमा बस्ने भन्ने कुराको! 
बेइमानीको पनि हद हुन्छ, देश चल्नुपर्दैन? अब निर्वाचन आयोगका आयुक्तहरुले खाने तलब-भत्ता पनि आफै खाने विचार गरेका छन कि राजनीतिक दलका नेताहरुले?  
तत्काल पदाधिकारी नियुक्ति र नीति निर्माणको काम शुरु भए आगामी जेठ महिनामा चुनाव गराउन सकिने निर्बाचन आयोगले जनाएको छ। तर यी खेलाडीहरु तत्काल त के, सात-सात महिनासम्म कुर्चीकै लडाइंमा व्यस्त देखिन्छन। यिनलाई अन्तर्राष्ट्रिय नियम, मान्यता, अभ्यास कुनै कुराको पनि मतलब छैन। मतलब छ त खालि बाबुरामलाई हटाएर आफू सत्तामा जाने चिन्ताको। त्यसैले, निर्वाचन आयोग जस्तै अन्य संवैधानिक निकायहरु, जस्तै महालेखा परीक्षकको कार्यालय, लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि प्रमुखविहीन भैसकेका छन, तर यिनीहरु योग्य मानिस नियुक्त गर्नुको साटो आफ्नो नजिकको समर्थकलाई नियुक्त गर्ने प्रतिस्पर्धामा जुटका छन्- अर्काले गरेको मान्दैनौं भन्छन, आफू गर्न चाहदैनन।